Butwal Today

नरपानीमा कार्तिक २१ गतेबाट वार्ड स्तरिय भलिवल प्रतियोगिता

१७ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

बुटवल, १७ कार्तिक । “नरपानी, सुपा देउराली, जगत यस क्षेत्रको सान, कला सस्कृती र पर्यटन सहित स्वास्थका लागि खेलकुद अभियान “ भन्ने नारासहित सन्धिखर्क —६ को नरपानीमा भलिवल प्रतियोगिता हुने भएको छ । गंगासरोवर युवा क्लवको आयोजनामा कार्तिक २१ गतेबाट प्राकृतिक सुन्दरताले भरिएको पर्यटकिय स्थल नरपानी भेलिचौर डांडामा वडा स्तरिय भलिवल प्रतियोगिता २०८० हुने भएको हो ।

आयोजक क्लवका अध्यक्ष अरुण रायमाझीले नेपाली हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर भलिबल प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४५ हजार १ सय ५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३५ हजार १ सय ५ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि तृतीय टिमलाई नगद २० हजार, १ सय ५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ विभिन्न खेलप्रेमीहरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागेको उनले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य वसन्त भुसाल (अमर निर्माण सेवा सन्धिखर्क –१), द्वितीय पुरस्कार राशी सौजन्य राम बहादुर थापा (अमेरिका), तृतीय पुरस्कार सौजन्य देउराली क्याम्प फायर रिसोर्ट नरपानी प्रो खिम बहादुर थापाले गरेका छन । प्रतियोगितामा भाग लिन टिम दर्ता शुल्क २ हजार रुपैया राखिएको छ । समूह दर्ता कार्तिक १८ गते देखि २१ गते तोकिएको क्लबका सचिव हिमकान्त पाण्डेले बताए ।