ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

ढकमक्क सयपत्रीमा भविष्य खोज्दै

एक दशकको इजरायलको बसाइँपछि स्वदेश फर्किएका युवा उद्यमी सन्तोष पन्थले ३ विघा बढि जग्गा भाडामा लिएर व्यवसायिक पुष्पखेती गरिरहेका छन् ।
१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), १७ कार्तिक । यतिबेला सन्तोष पन्थ फूल खेतीमा व्यस्त देखिन्छन् । सयपत्री फूलको अहिले बेग्लै महत्व छ । सयपत्री फूल आफैमा सुन्दर र सुगन्धित वस्तु हो । जसले हरेक मानव जातीको आकर्षण खिचेको हुन्छ । त्यसैलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरका एक ३७ बर्षिय एक युवा सयपत्री फूलसँगै रमाउँदै आएका छन् । तिहारमा दिदीबहिनीले टिका लगाइदिँदा सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहि आएको छ ।

२०६३ सालमा विदेश छिरेका उनी दश बर्ष अनुभव लिए । वैदेशिक बसाईपछि स्वादेशमै गएर केहि गर्नुपर्छ भन्ने सोँचले उनी घर फर्किए । एक दशकको इजरायलको बसाईपछि स्वादेश फर्किएका युवा हुन् उनी । त्यसपछि शिवराज नगरपालिका–५, नौडिहवामा ३ बिगहा जग्गा लिजमा लिए । ऋगदेव कृषि फर्म नामक फर्म दर्ता उनले गराए । बाँझो जमिनलाई चिर्दै करिब २० हजार रूपैया लगानीको जोहो गरि काठमाडौं र चितवन शहरबाट फूलको बीउ ल्याइ तरकारी र फूल खेतीपातीको सुरुवात गरे । अहिले उनको फर्ममा एक यादवको १ बच्चासहित तीन जना परिवार बस्ने गर्छन् । अहिले सयपत्री फूलले पन्थको बारी यतिबेला ढकमक्क रंगीचंगी भएको छ ।

दश बर्षे विदेशको बसाइले उनलाई कृषि खेतीपातीप्रति उत्साह थपिएको उनी बताउँछन् । परिवारको सकारात्मक साथ र सहयोगले प्रोत्साहित हुँदै केही महिनादेखि अहिले कृषि फर्म पुनः सञ्चालनमा ल्याएको पन्थले बताए । यसअघि उनले पार्टनरसिपमा लगानी गरेका थिए । केहि समयपछि आपसी तालमेल नमिल्दा फर्म प्रभावित भएको हुन् । घरपरिवारसँग बसेर स्वदेशमै केही गर्नुपर्छ भन्ने योजनाका साथ फेरि पनि पन्थ अगाडि बढेका छन् ।

उनले भने, “फूल उत्पादन गर्न सके बिक्री वितरणमा समस्या छैन । सरकारले विदेशी आयत कम गरि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने वातावरण मिलाउनुपर्छ ।“ फूलखेती आफ्नो पहिलो अनुभव रहेको बताउँदै बजारमा राम्रो माग रहेको समेत पन्थले उल्लेख गरे । वर्षिक करिब एक लाख जग्गा भाडा तिर्दै आएका उनी कामदार नराखी आफै साझा बिहान माटोसँग खेल्दै आएका छन् ।
नेपाली बजारमा फूलको एकदमै राम्रो माग रहेको बताउँदै फूल उत्पादन गर्न सके स्वादेशमै मनग्ये आम्दानी हुने उनले बताए । अहिले फूलको उपभोग गर्ने विवाह, भाइटिका र पूजा अराधना लगायतको सिजन रहेकोले बढि खपत हुने गरेको सन्तोष बताउँछन् । तिहार नजिकिदैँ गर्दा फूलको माग बढेको छ । यतिबेला घरबाटै फुलको माला बुनेर बेच्ने तयारी रहेको उनले जिकिर गरे ।

उनका अनुसार बजारमा माग अत्याधिक बढेको छ । उनको घरबाटै फूल बिक्री हुने गरेको छ । उपभोक्ता घरमै आउँदा प्रतिकेजी ६ सयका दरले बिक्री गर्ने गरेका छन् । ठूलो परिणामको कोल्ड स्टोर भएपनि आफ्नो क्षेत्रमा नहँुदा असहज भएको गुनासो छ । ठूलो स्टोरमा राख्दा लागत बढी पर्न जान्छ । यता सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिसमा रोक लगाएको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएपछि फूल व्यापारी हर्षित भएका छन् । नेपाल सरकार सूचना जारी गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएकाकारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिसमा रोक लगाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?