ट्रेंडिंग:

>> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन

गैंडाकोटको नमूना विद्यालयः जहाँ पुस्तक बोक्नु पर्दैन

१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

नवलपुर, १७ कात्तिक ।

नवलपुरको गैंडाकोटमा नमुना माध्यमिक विद्यालय छ जहाँ विद्यालय जाँदा विद्यार्थीले किताब बोक्नु पर्दैन । गैँडाकोट ८ स्थित यस विद्यालयले फरक अभ्यास सुरु गरेको छ ।

प्रायः विद्यालय जाँदै बालबालिकाले सकी नसकी पुस्तक, कापी, कलम, खाजा, पानी र झोला बोकेको देखिन्छ । बालबालिकालाई भारी बोकाउन हुँदैन भनिए पनि बालबालिकाहरु गह्रौ झोला बोकेर विद्यालय जान बाध्य हुन्छन् । त्यस्तो अवस्था आउन नदिन कालिका नमुना माध्यमिक विद्यालयले किताब बोक्न नपर्ने गरी व्यवस्था मिलाएको छ ।

सुरुवाती अवस्थामा विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा बुक कर्नर बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरेका छन् । अहिले विद्यार्थी झोलामा कापी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् । खाजा विद्यालयमा नै उपलब्ध हुन्छ । यसले विद्यार्थीलाई निकै सजिलो बनाएको छ । कक्षा २ का विद्यार्थी दिनेश बोहोराले पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको सुनाए । उनले भने, “अहिले कापी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।”

वैशाखबाट विद्यालयले यस्तो सुबिधा विद्यार्थीहरुलाई उपलब्ध गराउँदै आएको छ । पहिले झोला गह्रुङ्गो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् । कक्षा २ कि विद्यार्थी वर्षा भुसाल पनि विद्यालयको सुबिधाले खुसी व्यक्त गरिन् । शिक्षकले किताब नल्याउन र स्कूलकै किताब पढ्न भनेपनि वर्षाले कहिलेकाँही किताब लिएर आउने गरेको बताइन् । उनले भनिन्, “स्कुलमै किताब छ तर कहिलेकाहीँ एक–दुइ वटा किताब ल्याउँछौं । तर हामीले कक्षामा नै किताब पाउँछौँ ।”

कक्षा ३ का आदित्य गौतमले आफ्नै कक्षामा भएको बुक कर्नरबाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको सुनाए । आदित्यले यसरी पढ्न पाउँदा सजिलो भएको सुनाउँदै भने, “किताव घरमा छुट्यो भन्न पनि पर्दैन, स्कूलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ । आफैँ किताव निकाल्छु अनि साथीसँग मिलेर पढ्छौँ ।”

बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तकको उपलब्धता गराउने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले बताए । उनले बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको बताए । उनले अलिकति आर्थिक भार भएको बताए । अझ अर्को शैक्षिक सत्रदेखि सहज हुने प्रधानाध्यापक कँडेलको विश्वास छ । अहिले विद्यार्थीको घरमा एक सेट पुस्तक छ भने उनीहरुले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक सत्रमा २ विद्यार्थीका लागि १ सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई १ सेट पुस्तक उपलब्ध गराउने तयारी गरेको छ । प्रधानाध्यापक कँडेल भने, “हामीले पहिले सोही कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउनका लागि अभिभावकसँग सल्लाह पनि गरेका छौँ । अब अर्को शैक्षिक शत्रदेखि सहज हुन्छ । हामीले ३ कक्षासम्म मात्र नभइ अब ५ कक्षासम्म पनि त्यही प्रक्रियामा जाने योजना बनाउँदै छौँ ।”

विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गह्रुङ्गो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले भने राहत पाएका छन् । साना उमेरका बालबालिकाहरुका लागि कालिका नमुना मध्यमिक विद्यालयले कार्यान्वयनमा ल्याएको यो अवधारणा अरुका लागि पनि अनुरकणीय योग्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?