ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

जनशक्ति उत्पादन र स्वास्थ्य सेवा स्तरवृद्धि गर्दैछौं।

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

आजभन्दा २५ वर्षअगाडि २०५५ सालमा यस क्षेत्रमै महिला तथा प्रसूति सेवा सम्बन्धि विशिष्टीकृत सेवाको अभाव रहेको र बालबालिकालाई लक्षित स्वास्थ्य संस्था नभएको अवस्थामा यस अस्पतालको स्थापना हुनु ऐतिहासिक निर्णय थियो । यस अस्पतालको सञ्चालन, विकास र सम्बद्र्धनमा बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको समान उत्तरदायित्व र जिम्मेवारी रहेको छ । नेपालले सार्वजनिक–निजी साझेदारी अवधारणा अपनाउनु भन्दा पहिल्यै नमूनाको रूपमा यस अस्पतालको स्थापना भई सञ्चालनको २५औं वर्ष सफलतापूर्वक पूरा गरेको छ । अब हामीले यस अस्पताललाई एकसाथ दुई क्षेत्रमा अगाडि बढाउँदैछौं । अस्पतालको सेवालाई थप स्तरीय बनाउँदै स्वास्थ्य सेवाका साथसाथै जनशक्ति उत्पादन गर्नेतर्फ पनि हामीहरू अगाडि बढेका छौं । यस अस्पतालको स्तरवृद्धि गरी महिला र बालबालिकाका लागि सुविधासम्पन्न विशिष्टीकृत अस्पताल बनाइनेछ ।

१ सय शैयामा थप २ सय शैया थप गरी ३ सय शैयामा पु¥याउँदैछौं । यसले यो क्षेत्रमै महिला तथा बालबालिकाको स्वास्थ्य उपचारमा सहजता ल्याउनेछ । अर्को हामीलाई चाहिने जनशक्ति हामी यहीँ उत्पादन गर्दैछौं । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तरगत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गरेका छौं । अहिले भर्नाको प्रक्रिया शुरु भएको छ । यसले हामीलाई आवश्यक जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

वर्तमानमा १ सय शैयाको क्षमतामा सञ्चालित यस अस्पतालले बिरामीहरूको चाप र आवश्यकतालाई मध्यनजर गर्दै यसलाई ३ सय शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि गत जेठ २०८० मा नेपालबाट ६ सदस्यीय टोलीले जापानमै पुगेर थप २०० शैया थप हुने गरी समझदारी गरेअनुसार अस्पताल भवनको निर्माण हुँदैछ । यसमा आम्दा इन्टरनेशनलले सबैभन्दा बढी दायित्व बहन गर्ने भएको छ । अस्पतालका लागि पुस्तकालय निर्माण गर्दैछौं । म बुटवल उपमहानगरपालिकामा नगरप्रमुख निर्वाचित भएदेखि नै यस अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गरी राज्यले प्रदान गरेको सुविधा उपलब्ध गराउने प्रयास गरेको थिएँ । बुटवल उपमहानगरपालिकाको अनुदानमा यसै वर्षभित्र आमा सुरक्षा कार्यक्रम सञ्चालन हुनेछ । यसले बुटवलबासीलाई मात्रै नभई यस क्षेत्रकै प्रसुति सेवा लिनेको संख्या वृद्धि हुनेछ । अस्पतालको सेवालाई अझै स्तरीय बनाउन र अस्पताल प्रशासनलाई चुस्त दुरुस्त राख्नका लागि पनि केही प्रयासहरू भइरहेका छन् । यो अस्पताल बुटवल र बुटवलबासीको चाहनाअनुसार बुटवल उपमहानगरपालिका, आम्दा इन्टरनेशनल, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको समझदारीमा निरन्तर स्वास्थ्य सेवा र शैक्षिक जनशक्ति उत्पादनमा अगाडि बढ्नेछ ।

स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकाले पनि यस अस्पताललाई यस क्षेत्रको गरिमाका रूपमा लिएको छ । यस अस्पताललाई महिला तथा बालबालिकाको विशिष्टीकृत अस्पताल र आवश्यक जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा अगाडि बढाएका छौं ।
स्थापनाको २५ वर्ष पूरा गरेको यस अवसरमा म यो अस्पताल स्थापनाको अगुवाई गर्ने तत्कालीन बुटवल नगरपालिकाका मेयर स्व. सूर्य प्रसाद प्रधान, आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरू सुगानामी तथा बुटवल उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्षप्रति सम्मान तथा आभार प्रकट गर्दछु । यस्तै, अस्पताललाई ३ सय शैयामा स्तरोन्नति गर्नका लागि प्रतिबद्ध भई २०७९ असोज १० मा बुटवलमा र गत जेठ २०८०मा जापानमा भएको बैठकमा हस्ताक्षर गर्नुहुने आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरू सुगानामीलाई आभार प्रकट गर्दछु । स्थापनाको प्रारम्भिक चरणको प्रयासबाट यो अवस्थासम्म ल्याइपु¥याउनका लागि सधै सकारात्मक भूमिका निर्वाह गर्ने आम्दा नेपालका अध्यक्षहरू तथा पदाधिकारीहरू, बुटवलका समाजसेवीहरू, जनप्रतिनिधिहरू, यहाँका बासिन्दा र सबै अगुवाहरू प्रति सम्मान प्रकट गर्दछु । यो अस्पताललाई महिला र बालबालिकाको स्वास्थ्य उपचारमा अनवरत खटिनुहुने स्वास्थ्यकर्मीहरूप्रति सम्मान प्रकट गर्दछु । अस्पताललाई हालै प्रमाणपत्र तह नर्सिंङ, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी गरी तीन वटा शैक्षिक कार्यक्रम स्वीकृति दिएकोमा नेपाल सरकार चिकित्सा सेवा आयोग र सीटीइभीटीलाई धन्यवाद व्यक्त गर्दछु ।

अस्पतालको २५औं वार्षिकोत्सवका अवसरमा स्थापनाकालीन कार्यसमिति पदाधिकारीहरू, नेपाली तथा जापानी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरू, यस अस्पताललाई माया गरी संरक्षण प्रदान गर्ने बुटवल–७ का जनप्रतिनिधि एवं समुदायबासीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु ।
अन्त्यमा, यो अस्पताललाई अझै उत्कृष्ट बनाउनका लागि सबैक्षेत्रको साथ र सहयोग आवश्यक छ । अस्पतालको सेवाको गुणस्तर र दायरा आगामी दिनमा अझ परिष्कृत गर्दै यसले लुम्बिनी क्षेत्रमा मात्र नभई राष्ट्रिय स्तरमै पहिचान प्राप्त गर्नेमा सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दछु ।

(सिद्धार्थ बाल तथा महिला अस्पतालको २५ वर्ष पूरा गरेको अवसरमा आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका अध्यक्ष तथा स्थानीय व्यवस्थापन समिति, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको विशेष शुभकामना सन्देश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?