Butwal Today

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

१६ कार्तिक २०८०, बिहीबार
अ+
अ-

काठमाडौं, १६ कात्तिक ।

टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् । करण केसीले सर्वाधिक तीन विकेट लिए ।