ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बितेका जटिल पदचापहरू अहिलेको स्मृतिमा

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

भनिन्छ– निरन्तरता नै सफलताको आधार हो । आफूलाई पछाडि फर्केर हेर्दा मैले शुरु गरेका कुनै काममा पनि निरन्तरता रहन सकेन । सोह्र बर्षको कलिलो उमेर देखि ७० बर्षको बृद्धावस्थासम्म नेपालको बाम राजनीतिमा सकृय रहेपनि मलाई जाने बुझेका मान्छेले शुरुमा मेरो बारेमा राजनीतिको जुन ऊचाईमा पुग्नेछ भन्ने आशा गरेका थिए त्यस्तो नहुनुमा मेरो कुनैपनि कामले निरन्तरता नपाउनु नै हो । यो प्रसङ्ग ज्यादै रोचक छ । समयले साथ दिएपछि चर्चा गरौँला । यहाँ मात्र कलम सित सम्बन्धित बिषयको चर्चा गर्ने अनुमति चाहन्छु । मैले आफू १६ बर्षको हुँदा देखि बिभिन्न बिषयमा कलम चलाउन थालेको थिएँ । सम्बत २०२० देखि आजसम्म लेखिएका रचनाहरूमध्ये पाँचसय भन्दा धेरै बिभिन्न दैनिक, साप्ताहिक, मासिक र पार्टीका मुख पत्रहरूमा छापिएका होलान । पुस्तकका रूपमा २०४६ सालमा नेकपा मसालबाट राजिमा दिएपछि मैले राजिनामा किन दिएँ भन्ने र २०६९ सालमा गौतमबुद्ध कपिलवस्तु, लुम्बिनी तथा प्रस्तावित बिश्व शान्ति शहरको अत्यन्तै साना पुस्तिका बाहेक अरू छापिएका छैनन् ।

‘मैले क्रान्तिको दियो निभ्न दियौ’ शिर्षकको कविता पहिलोपटक बनारसमा पढ्दा २०२० सालमा लेखेर वनारसमा पढने नेपाली विद्यार्थीहरूको छात्र संगठनले आयोजाना गरेको साहित्यिक कार्यक्रममा सुनाएँ । कविता क्रान्तिकारी थियो, प्रस्तुति झन चर्को । कविताको समर्थनमा धेरैबेर ताली बजेको भएपनि नेपाली छात्रसंघले प्रकाशित गर्ने मुखपत्र छात्र प्रवाहमा अलि चर्को भयो भन्दै छाप्न नसकेको कुरा बोधराज काफ्लेबाट थाहा भयो । गुल्मी उत्साहबर्धनी समितिले रिडीको हाईस्कूलमा आयोजना गरेको साहित्यिक कार्यक्रममा सुनाएको कविता पनि बैधानिकताको समस्या देखाउदै मुखपत्र बिहानीपखमा नछापी बिनयकुमार कसजूले दुई बर्षपछि वनारसमै पठाईदिए । २०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव तुल्सीलाल अमात्यले भारतको दिल्लीबाट प्रकासित गरेको पत्रिका जागृतीमा ‘राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति सफल पारौं’ भन्ने लेख छापियो । त्यही नै मैले लेखेको पहिलो लेख थियो । त्यसपछि मैले कविता लेख्न छाडेर निबन्धात्मक लेखहरू लेख्न थालेँ । महासचिव टि एलको अभिभावकत्वमा काम गर्दै जाँदा कलम पनि राम्रै सित बग्न थालेको थियो तर म बीचमै छोडेर काठमाण्डूतिर हानिएँ ।

लोकसेवा आयोगका परिक्षा त्यतिबेला पनि निष्पक्ष नै हुने गर्दथे । आजपनि निष्पक्ष नै हुने गरेका छन । यो बाहेक हाम्रा समयमा सरकारी वा संस्थानहरूमा जागीर पाउन नाताबाद, फरियाबाद, कृपाबाद र चाकडीबाद चल्दथियो, आज पैसाबाद चल्छ । लोकसेवा आयोगको काममा धेरै बिलम्ब हुने गर्दा मन्त्रालय, बिभाग र मातहतका कार्यालयहरूमा पनि धेरै पदहरू खाली हुँदा अस्थाई कर्मचारीका लागी धेरै बिज्ञापनहरू भैरहन्थे । साथै बैक तथा संस्थानहरूले पनि कर्मचारी भर्ना सम्बन्धि बिज्ञापन प्रशस्त गरेका हुन्थे । तर, ती सबै पदहरूमा नाताबादी, फरियाबादी, कृपाबादी र चाकडीबादीहरूले मात्रै मौका पाउँथे । नाताबाद, फरियाबाद, कृपाबाद र चाकडीबादमा पहुँच नहुनेहरूले केही अपबाद बाहेक अरूले जागीर नपाएर भूगोलपार्कमा टाँसेको गोरखापत्रमा प्रकाशित बिज्ञापन पढेर एक दिन न एक दिन जागीर पाउने आशामा काठमाण्डूका फोहर गल्लीमा घुम्दै दिन बिताएका हुन्थे । म पनि त्यही बेरोजगार युवाहरूको भीडमा समाबेश हुन पुगँे ।

जागिरका लागि सोर्स–फोर्स लगाउन र कसैको चाकरीमा जान मेरो स्वाभिमानले दिएन र त्यसरी भूगोल पार्कमा टाँसेको गोरखापत्रका बिज्ञापन पढेर दिन काटेर मात्रै पनि जागिर नपाईने भयो । त्यसपछि बिकल्प खोज्दै जाँदा बेरोजगार युवाहरूको संगठन बनाएर आन्दोलन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर केही आफू जस्तै जागिरको खोजीमा काठमाण्डू पुगेर बेरोजगार भएका युवाहरूसित सल्लाह गर्दा कुरा मिल्यो । मैले बेरोजगार युवाहरूको बिधान र घोषणापत्र पनि तयार गरेँ । त्यसपछि मैले ती घोषणापत्र र बिधानलाई एकपटक हेरेर सल्लाह दिन अनुरोध गर्दै प्रयागलाल दाईलाई दिएँ । प्रयागलाल टंकप्रसाद आचार्यको पार्टीको नेता भएपनि उनलाई गुल्मेली कम्युनिष्टहरूले धेरै सम्मान गर्दथिए । मसित पनि धेरै राम्रो सम्बन्ध थियो । उनले मलाई टङ्कप्रसाद आचार्यको घरमै लगेर भेटपनि गराएका थिए । प्रयागलाल दाईले बेरोजगार युवाहरूको घोषणापत्र र बिधान पढेपछि “यी दस्ताबेजहरू ज्यादै महत्वपूर्ण हुँदाहुँदै पनि हाललाई तपाईले आँटेको काम सम्भव छैन दुःख पाएरपनि काठमाण्डूमा बसेर नेपाललाई राम्रोसित बुझेर काममा हात हाल्दा राम्रो होला भन्दै आफूले भोगेका केही कष्टका कुरा सुनाए । लोक सेवा आयोगको लिखित परिक्षा जतिपटक पास गरे पनि मौखिक परिक्षामा सधै फालिदिए । आर्थिक संकट उस्तै । भोकै बस्ने अवस्था आएपछि आफ्नै गाउँठाउँको माननीय भनेर केही पैसा सापट माग्न गोकर्णराज शास्त्रीकहाँ पुगेँ । गोकर्णराज शास्त्रीले १० रूपैयाँ लैजा भनेपछि खाली हात फर्केँ तर काठमाण्डू छाडिन । प्रयागलाल दाइका सबै कुरा सुनेपछि म कलम बन्द गरेर भेटघाट र छलफलमा सकृय भएर दिन बिताउन थालेँ । भेटघाटकै क्रममा मेरो शक्ति लम्सालसित चिनाजानी भयो । शक्ति लम्साल, गोविन्द बियोगी, प्रकाशक तथा सम्पादक रहेको मातृभूमि साप्ताहिक पत्रिकामा कार्यकारी सम्पादक रहेछन । त्यो समयमा नेपालमा तीनओटा पत्रिकाले तीनवटा पञ्चायत इतर राजनीतिक धारको प्रतिनिधित्व गर्दा रहेछन । मातृभूमि साप्ताहिकले बाम राजनीतिक धारको, रमेश पाण्डेको सम्पादनमा प्रकाशित हुने नयाँ सन्देशले प्रजातान्त्रिक धार र मदनमणि दिक्षितको सम्पादनमा प्रकाशित हुने साप्ताहिक समिक्षाले रसियन धारको राजनीतिको प्रतिनिधित्व गरिरहेका हुन्थे । यी बाहेक हिरण्यलाल श्रेष्ठको सम्पादनमा डेली डायरी लगायतका केही अरू पत्रिका पनि प्रकाशित हुने गर्थे तर ती पत्रिकाहरूको खासै प्रभाव थिएन । बामपन्थी बिचारधारका नाताले शक्ति लम्साल सित मेरो र उनको जीवनपर्यन्त राम्रो सम्बन्ध रह्यो ।

धेरैजसो हामी काठमाण्डूको तीनधारा पाठशालासित जोडिएको मात्रृभूमि साप्ताहिक पत्रिकाको अफिसमा बस्ने गर्दथियौँ । शक्ति लम्साललाई मैले दाई भन्न थालेको थिएँ । शक्तिले मलाई कलम पनि चलाउन पर्छ, कलम चलाउन छाड्न हुन्न भनेर प्रेरणा दिई रहनुहुन्थ्यो तर दुई बर्षसम्म नचलाएको कलम, दुईवटा बाक्य पनि लेख्न गाह्रो हुनथाल्यो । २०३० सालतिरको कुरा हो– गुल्मी जिल्लामा भोकमरी प¥यो । मैले गुल्मी जिल्लामा जनता भोकमरीले मर्दैछन, पञ्चे नेताहरू काठमाण्डूका मदिरा पसलमा रमाउँदैछन शीर्षकमा बल्लबल्ल पन्ध्रबीस लाईन लेखेर शक्ति दाईछिम पुगेँ । शक्ति दाईले मेरे लेख पढेपछि त्यसलाई समाचार बनाउने सल्लाह दिएर समाचार लेख्दा कसरी लेखने र कुन बिषयलाई महत्व दिने जस्ता कुरा पनि सिकाए । त्यसपछि मैले लगातार १० बर्षसम्म एउटा स्वतन्त्र सम्वाददाताका हैसियतले समाचार मात्रै लेख्दै आएँ । मैले तयार पारेका समाचारहरूको झुकाव बाम हुने गर्दा बामपन्थी बिचार र जनवादी आन्दोलनमा समर्थन भएका पत्रिकाले जस्ताको तस्तै छाप्ने गर्न थाले । मेरो ब्याकरण कमजोर भएकोले सम्पादकहरूले भाषाको शुद्धाशुद्धी मात्रै हेर्ने गर्दथे । २०४० सालमा म लाई पुनः पार्टीमा पूर्णकालीन भएर अखिल भारत नेपाली बामपन्थी युवक मोर्चाको संस्थापक अध्यक्षको जिम्मेवारीका साथ भारत प्रबासमा जानुप¥यो । रोजीरोटीको खोजीमा भारत प्रवासमा गएका युवाहरूलाई नेपालको जनवादी आन्दोलनमा जोड्ने उद्देश्यले स्थापना गरिएको मोर्चालाई कन्याकुमारीदेखि काश्मीरसम्म फैलिएको बिशाल भारतमा छरिएर बसेका पचासौ लाख नेपाली युवाहरू बीचमा पु¥याउने काम ज्यादै ठूलो चूनौतिपूर्ण थियो । प्रचार प्रसार गर्नका लागि सर्वप्रथम एउटा मुखपत्र निकाल्ने बिचार आयो । अखिल भारत नेपाली बामपन्थी युवक मोर्चाको उद्देश्य केवल भारतमा छरिएर बसेका नेपाली युवाहरूका बीचमा मात्रै काम गर्ने नभै अन्य देशका भाइचारा सङ्गठनहरूसित पनि सम्पर्क जोडने रहेको कारणले अङ्ग्रेजी भाषामा पनि मुखपत्र प्रकाशन गर्नुपर्ने देखियो । युवक मोर्चाको नेपालीमा युवकमोर्चा’ र अङ्ग्रेजीमा ’रिभ्युलेसनरी यूथ नामका मुखपत्र निकाल्ने निर्णय पनि भयो । अब प्रकाशन सामाग्री र आर्थिक ब्यवस्थापनको समस्या आयो । आर्थिकको समस्या दिल्लीका साथीहरूले जिम्मा लिए । अब मेरो लागि ज्यादै ठूलो चुनौति बन्यो– प्रकाशन सामाग्री । मोनबिक्रम सिंह ‘रिम’ को बैठकमा भाग लिन पेरिसका लागि उडीसकेकाले सरसल्लाह मोहन बैद्यसित गर्नुपर्ने भयो । मोहन बैद्यले युबक मोर्चाको अध्यक्षका नाताले युवक मोर्चाको प्रकाशक तथा सम्पादक सबै तपाई हो, प्रकाशन सामाग्री सबै तपाईले तयार पार्नुपर्छ भन्दै हिरयाणा तिर लागे । दिल्लीमा बस्ने ठाऊँ पनि छैन, खाने ब्यवस्था पनि छैन । खानाका लागि मात्रै साथीहरूका डेरामा घुम्दा प्रकाशन सामाग्री तयार गर्न गाह्रो भयो । साँझको खाना त जुन साथीको डेरामा बास बस्न गयो त्यही पाईन्थ्यो । बिहान आठ बज्दा नबज्दै दिल्लीका साथीहरू आ– आफ्ना ड्यूटीमा जान तयार हुन्थे । बिहानको नास्ता साथीहरू सित गरेर म पनि आफ्नो झोला बोकेर पार्कतिर लाग्दथिएँ । कुनै कुनै साथीहरूले कहिलेकाहीँ जेब खर्च भनेर पाँच दश रूपैया पनि दिने गर्दथे । त्यही जेब खर्च भनेर दिएको पैसाले चार पाँच दिनसम्म दिउसोको खाना ठेलामा बेच्न राखेको छोलेबटोरे खाएर गुजारा हुन्थ्यो । कहिलेकाहीँ त्यही छोलेबटोरे खाने पैसा पनि नभएर ठेलामा बेच्न राखेको दश पैसाको पानी पिएर मात्रै पनि दिन जान्थ्यो । त्यो एउटा पाटो थियो भने अर्को पाटो युवक मोर्चाका लागि धेरै महत्वपूर्ण सामाग्री प्रत्येक दिन बिभिन्न पार्कमा घुम्दा भेटाएँ । ती पार्कहरू मेरा लागि महाविश्वविद्यालय साबित भए । ती पार्कहरूमा यत्रतत्र सुतेका, पुलिसको आँखा छल्दै तास खेल्दै गरेका, रक्सीले मात्तिएर आपसमा झगडा गर्दै गरेका नेपालीहरू सन्दर्भ सामाग्री साबित भए । लिन सके ज्ञान त जाहाँ पनि र जेजस्तो अवस्थामा पनि मिल्दो रहेछ भन्ने ती पार्क उदाहरण भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?