ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

आम्दा अस्पताललाई मेडिकल कलेज बनाउन सहयोग हुन्छ : प्रधानमन्त्री

बैंक ब्याज दर १० प्रतिशत भन्दा माथि नहुने गरी छिट्टै घोषणा
१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

बुटवल, १६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले बुटवलको आम्दा अस्पताललाई मेडिकल कलेज बनाउन सरकारको तर्फबाट सक्दो सहयोग पुर्‍याइने बताएका छन् ।
बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समरोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको भन्दै स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८ सय शैया निशुल्क उपलब्ध गराइएको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले बैंक ब्याज दर १० प्रतिशत भन्दा माथि नहुने गरी सरकारले छिट्टै घोषणा गर्ने बताएका छन् । उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए ।
‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’–प्रधानमन्त्री दाहालले भने–‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषय सरकारको प्राथमिकतामा रहेकोछ, तिहार पछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ।’ जग्गा कित्ताकाट फुकुवाले घर जग्गा कारोबार बढ्न थालेको, पर्यटक आगमन यसपटक इतिहासमै धेरै भएकाले अर्थतन्त्र चलायमान हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाई छ । आफ्नो भारत र चीन भ्रमणका प्रतिफल छिट्टै देखिने पनि उनले उल्लेख गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानबारे प्रश्न उठाउने हक कसैमा नभएको तर्क गर्दै उनले यस विषयमा प्रमुख दलहरुबीच एक खालको समझदारी बनेकाले एक दुई दिन भित्र राष्ट्रका नाममा अपील गरिने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीले
सो अवसरमा प्रधानमन्त्री दाहालले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा थप २०० शैया भवनको शिलान्यास गरेका छन् । हाल एक सय शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शैयाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।
वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो । अस्पतालले यसै वर्षदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रमाणपत्र तह नसिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।
अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित गरेको छ । समारोहमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी, आम्दा इन्टरनेसनलका अध्यक्ष, आम्दा नेपालका अध्यक्ष डा. अनिलकुमार दास, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,बसटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, अस्पतालका मेडिकल सुपरिटेनदेन्त डा. राजेन्द्र बस्याल लगायतले आम्दा अस्पताललाई महिला र बालबालिकाको उपचारमा नमूना र सर्वसुलभ अस्पतालको रुपमा विकास गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?