ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

धारा नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

नेपालगञ्ज, १६ कार्तिक । नेपालगन्जमा संचालन हुँदै आएको धारा नेपालगन्ज म्याराथनको नवौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ९ गते शनिबार हुने नवौं धारा नेपालगन्ज म्याराथनमा यसवर्ष पनि अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर सञ्चालन गरिने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

क्रियटिभ ह्याण्ड्सले बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टीएस ठकुरीले म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै गराइने बताए । नेपालगञ्ज म्याराथनलाई थप आकर्षक बनाउन बिभिन्न क्षेत्रका दर्जन बढि सफल ब्यक्तित्वहरुको उपस्थितिमा एकदिने कनक्लेभ आयोजना गरिने उनले बताए । यस्तै म्याराथनको रिपोर्टिङका बिषयमा सञ्चारकर्मीहरुसँग पनि एक दिने अभिमुखीकरण कार्यक्रम गरिने अध्यक्ष ठाकुरीले बताए ।

क्रियटिभ स्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौ धारा नेपालगन्ज म्याराथनका लागि २०६० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला राखिएको ठकुरीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले धारा नेपालगन्ज म्याराथनले खेलजगतमा नयाँ आयाम ल्याएको बताए । उनले नेपालगन्ज म्याराथन प्रदेश खेलकुदको एक सम्पत्ति बनेको उल्लेख गर्दै यस्को प्रवर्धन र विकासको लागि प्रदेशले वार्षीक क्यालेण्डरमा समावेश गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने ’नेपालगञ्ज म्याथन लुम्बिनी प्रदेशको गौरवको प्रतियोगिता हो, यसलाई प्रदेश सरकारले अब अपनत्व लिन्छ ।’ गत बर्षदेखि सुरु भएको लुम्बिनी म्याथन र नेपालगञ्ज म्याथन प्रतियोगितालाई प्रदेश सरकारले अपनत्व लिने बताउँदै सदस्य सचिव भट्टले पहिलो प्राथमिकतामा नेपालगञ्ज रहेको दाबी गरे । प्रदेश सरकारले गर्नुपर्ने कार्य नेपालगन्जमा एक संस्थाले गरिरहेको बताउँदै उनले त्यसकालागि म्याराथनका संस्थापक टीएस ठकुरी प्रति उच्च सम्मान प्रकट गरे ।

आयोजकका अनुसार यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरि विभिन्न १४ वटा विधामा प्रतिस्पर्धा समावेश गरिएको छ । स्कूलस्तरीयमा बाह्य जिल्ला र स्कूलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ । जसमा विभिन्न बिद्यालयबाट अति बिपन्न परिवारका ३ सय बिद्यार्थीहरुको लागि अमेरिकाको भर्जिनियामा बसोबास गर्ने नेपालीहरुले सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन ४२.१९५ किमी, महिलातर्फ हाफ म्याराथन २१ किमी, १० किमी पुरुष र महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन ८ देखि १२ वर्ष उमेर समुह, ५ किमी कर्पोरेट रन ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा वाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५ किमी) सञ्चालन गरिनेछ ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश एम्स वाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औ सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गरेको आयोजकको दाबी छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ५ मंसिर २०६३ को स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज स्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चौक र कोहलपुर चौराहामा क्रियटिभ ह्याण्ड्सले दीप प्रज्वलन समेत गर्दै आएको छ । पत्रकार सम्मेलनमा म्याराथनका मुख्य प्रायोजक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड, अर्का प्रायोजक चम्पालाल बोथरा लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?