ट्रेंडिंग:

>> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन

चौरालीपथ जग्गा विवादः आफू अन्यायमा परेको जग्गाधनीको दावी

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

बुटवल, १६ कात्तिक ।

देविनगरको रंगशाला मार्ग र चौराली पथको दोहोरो मोहडा रहेको ५७० कित्ता नम्बरको १८ धुर जग्गा अहिले बिबादमा आएको छ । जग्गाधनी लालबहादुर पुनले सो कित्ता नम्बरबाट कित्ताकाट गरेका आठ कित्ता गराई बिक्री गरेका थिए । टुक्र्याएर बिक्री गर्दा पश्चिमतर्फ १८ धुर जग्गा छुट आफ्नो बनाउने बहानामा अहिले विवाद उत्पन्न भएको हो ।

कागजपत्रको आधारमा पश्चिमतर्फको जग्गा खरिद गर्ने दुई जना जग्गाधनी दोहोरो मोहडाको जग्गा आफनो हुनुपर्ने माग राखिरहँदा स्थानीय बासिन्दाहरु भने पश्चिमतर्फ बढी जग्गा सार्वजनिक भएको भन्दै सामाजिक कार्यमा लगाउन पाउनुपर्ने माग अघि सारेका छन् । कागज बढी देखिएको जग्गा दुबै पक्ष आफ्नो बनाउने दाउमा अहिले विवादले ठुलो रुप लिदै गएको छ ।

बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११, चौराली पथका स्थानीयहरु सार्वजनिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै पत्रकार सम्मेलन गरे । चौराली पथमा रहेको नक्सा नं. ९ क कित्ता नं. ४६८६ क्षेत्रफल साढे ४ धुर जग्गा नापीको मूल नक्सा र फाइल नक्सा दुवै भिडाई पुर्वतर्फ बनेका संरचनाहरुलाई आधार मानेर नापजाँच गर्दा १८ धुर जग्गा बचेको र उक्त जग्गालाई व्यक्तिले हडप्न खोजेको स्थानीयहरुको आरोप छ ।

नाँपजाँच गरेर बाँकी रहेको जग्गा स्वतः सार्वजनिक भएको र उक्त जग्गा चौराली पथबासीले तारबार गरी संरक्षण गरेको अवस्थामा महानवमीको दिन साढे ४ धुर जग्गा भएका जग्गाधनीले १८ धुर जग्गा समेत हडप्न खोजेको आरोप लगाएका छन् । यसअघिका जग्गाधनी लालबहादुर पुनले पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको उल्लेख गरेका छन् । जग्गाधनी पुनले २०७९÷०३÷०८ गते निवेदन दिएको २७ कट्टा ५ धुर जग्गा अलगअलग टुक्रा गराई बिक्री गरेको र सो अवस्थामा केही जग्गा छुट भएकोमा त्यो जग्गा स्थानिय टोलमार्फत बालवृद्घ चौराली पथ निर्माण गर्न दिने बताएका छन् ।

यता जग्गाधनि बालकृष्ण विकले विहिबार पत्रकार सम्मेलन गरी आफु बैदेशिक रोजगारीको क्रममा भिनाजुको सहयोगमा किनेको जग्गामा केही स्थानीयहरुले विवाद सृजना गरेको दाबी गर्छन् । ब्यक्तिको नाममा रहेको जग्गा तारजाली गर्ने र संरचना बनाउनेसम्मको काम गरेको उनको दुखेसो छ । दशैमा घर आउँदा आवश्यक कागजी प्रक्रिया पुरा गरेर नवमीको दिन साईत हेरेर निर्माण शुरु गर्न लाग्दा केही ब्यक्तिहरुले अवरोध गरेको उनले बताए ।

ब्लु प्रिन्टमा समेत कित्ता छुट्याउनु अघि रहेको कित्ता नम्बर ५७० नम्बरको जग्गा रङ्गशाला मार्गसँगै जोडिएको र पश्चिम दोहोरो मोहडा कागजमा उल्लेख भएअनुसार भोगचलन गर्न पाउनुपर्ने उनको दाबी छ । ‘पुर्जामा लेखिएभन्दा एक ईन्च बढी चाहिदैन’— उनले भने । दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहादुरको नाममा रहेको जग्गा ब्लु प्रिन्टमा पश्चिमतर्फ रंगशाला पथ जोडिने ५१ फुटे सडकमा रहेको छ । घर निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास प्राप्त गरिसकेको र पटक–संरचना हटाउन आग्रह गर्दा पनि नहटाएपछि डोजर लगाउन बाध्य भएको बताए ।

अर्का जग्गाधनी भिम बहादुर अधिकारीले चौराली पथस्थित रंगशाला सडकमा पर्ने ५१ फुटे बाटो भएको स्थानमा जग्गा खरिद गरेको दाबी गर्छन् । कागजबाट नै सबै समाधान गर्न सकिने उनको तर्क छ । वडा हुँदै नगरपालिका कार्यालयमा न्यायिक समितिबाट छलफल भएको उनले बताए । भुमाफियाबाट जग्गा बचाउन तारबार गरेको स्थानीयहरुको तर्क दिईरहदा ब्यक्तिको जग्गा र सार्वजनिक जग्गा विवाद नटुगिएको बेला तारजाली नगर्न पालिकाबाट समेत निर्देशन भएको उनले बताए ।

स्थानीय टोलबासीले जग्गा यकिन नगरी शिवालय मन्दिरको संरचना बनाएका थिए । सो संरचना डोजर लगाएर भत्काएपछि स्थानीय बिरोधमा उत्रिए । ‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानीय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कात्तिक ६ गते विहान डोजर लगाएर संरचना भत्काएको उनीहरुको दाबी छ । देवीनगर चौरालीपथको पश्चितर्फ रहेको ‘सार्वजनिक जग्गा’लाई आफ्नो दाबी गर्दै बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर लगाएको चौराली पथका अध्यक्ष लोकप्रसाद पङ्गेनीले बताए ।

स्थानीयको चन्दाबाट निर्माण भएको मन्दिरमा डोजर लगाएर सरचना नष्ट गर्दा २० लाख बढीको क्षति भएको उनको भनाइ छ । अध्यक्ष पङ्गेनीका अनुसार लु १ ख ४३४२ नम्बरको जेसिबी ल्याएर मन्दिरको संरचनामाथि चलाइएको थियो । स्थानीयको विरोधपछि बुटवल उपमहानगरपालिकाले उक्त जग्गामा घर बनाउन तत्कालका लागि रोक लगाएको छ । स्थानीयले उक्त जग्गा हडप्न नदिन र संरक्षण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत निवेदन दिएको स्थानीय रामलाल भुसालले जानकारी दिए ।

जग्गा विवाद बारे बुटवल उपमहानगर–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नापजाँच गरेर मात्रै टुङ्गो लगाइने बताए । ‘बुटवल उपमहानगरले तिहारपछि मात्रै नापजाँच सुरु गर्छ सोही अनुसार कसको जग्गा कुन हो भन्ने टुङ्गो लाग्छ त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ’–क्षेत्रीले भने । हाललाई उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको उनले बताए । सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो । सो स्थानमा स्थानीयले मन्दिर निर्माण गरी प्रतीक्षालय समेत बनाएका थिए । तर उक्त प्रतीक्षालयसहितका संरचना सोही जग्गासँग सीमा जोडिएका जग्गाधनीले महानवमीको दिन डोजर लगाएर भत्काएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?