ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

छत्रेश्वरीका ८ सय १२ घरधुरीमा पुग्ला त खानेपानी ?

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

सल्यान, १५ कार्तिक । उपभोक्ताको घरघरमा सुरक्षित खानेपानीको पहुँच पुर्याउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा यस वर्ष ६ वटा खानेपानी योजनाको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा २०८०।०८१ मा छत्रेश्वरी गाउँपालिकामा ६ वटा खानेपानी योजना र ४ वटा सौचालय निर्माणका योजना सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । यस वर्ष ६ वटा वडाका ८१२ घरधुरीमा सुद्ध, सफा र स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए । गाउँपालिकाको वास प्लान अनुसार यस वर्ष प्राथमिकिकरणमा परेका ५ वटा खानेपानी योजनाको पुनःनिर्माण, मर्मत र एउटा नयाँ लिफ्ट प्रणालीको योजना सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढिसकेको उनको भनाई छ ।

छत्रेश्वरी गाउँपालिकाले नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन यूनियनसंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) योजना अन्तर्गत खानेपानी तथा सरसफाई क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको वास ईकाईका अनुसार छत्रेश्वरीको वडा नम्बर १ मा दुधेलीगैरा खानेपानी योजना, वडा नम्बर २ मा पाङ्ग्रेखोला दमाचौर खानेपानी योजना, वडा नम्बर ३ मा बिउरेखोला दारिमज्यूला खानेपानी योजना, वडा नम्बर ४ मा ढुंगेखानी हाँरिचौर खानेपानी योजना र वडा नम्बर ६ मा छहरेखोला पानीखोला खानेपानी योजनाको मर्मत एवम् पुनःनिर्माणको काम हुने छ भने वडा नम्बर ५ मा ढोरलाचौर लिफ्ट खानेपानीको नयाँ योजना सम्पन्न हुनेछ ।

यस्तै ३ वटा सामुदायीक विद्यालय र एउटा सामुदायीक भवनमा वास सहितको सौचालय निर्माण हुने पनि गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । उनका अनुसार जानकी मावि वडा नम्बर ३, लक्ष्मी मावि वडा नम्बर ४, सामुदायीक भवन गरिपारे वडा नम्बर ५ र नवदुर्गा आवि वडा नम्बर ७ मा वास सौचालय निर्माण हुनेछ । लैंगीक समता, अपांगता तथा सामाजिक समावेशीकरणमैत्री संरचना निर्माण हुने संयोजक केसीले जानकारी दिए ।

३० चरणमा योजना सम्पन्न हुने जानकारी दिदै उनले यस वर्ष ८१२ घरधुरीमा एक घर, एक धारा पुर्याइने र पानी सुद्धिकरणका लागि प्रत्येक योजनामा ‘ईनलाईन क्लोरिनेशन’ राखिने उल्लेख गरे । सबै योजनाको उपभोक्ता समिति गठन भइसकेको छ भने समितिका पदाधिकारीहरूलाई अभिमुखिरण, योजना सञ्चालन हुने ६ वटै वडामा वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको केसीले जनाए । उपभोक्ता समितिलाई सरसफाई र स्वच्छता, लैंगीक समता, अपांगता तथा सामाजिक समावेशीकरण, घरबारी व्यवस्थापन, वालवालिकाको सरसफाई व्यवस्थापन लगाएतका विषयमा अभिमुखिकरण गरिएको छत्रेश्वरीको वास ईकाईले जनाएको छ ।
यस वर्ष सञ्चालन हुने केही योजनाको सर्वे, डिजाईनको काम सम्पन्न भइसकेको र केही योजनाहरूमा सर्वेको काम भइरहेको प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए । योजना सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ भन्ने यकिन गर्नका लागि लागत अनुमान तयार भइरहेको पनि उनले जनाए । उनका अनुसार यहि मंशिर महिना सम्ममा सम्पूर्ण योजनाको लागत अनुमान तयार भैसक्ने छ भने एउटा वास सौचालय निर्माणका लागि करिव १० लाख रकम खर्च हुने छ ।

खानेपानी योजनाहरूलाई पारदर्शी, दिगो बनाउन गाउँपालिकाको वास समितिबाट हुने अनुगमनलाई प्रभावकारी बनाइने गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । उनले वडा तथा वस्ती स्तरबाट पनि अनुगमन, योजनामा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
पालिकाको र सुस्वाको संयुक्त लगानीमा छत्रेश्वरीका नागरिकलाई शुद्ध खानेपानी, घरआँगन सफा, वातावरण संरक्षणका क्षेत्रमा देखिने गरी काम गर्ने गाउँपालिकाले जनाएको छ । वास प्लान अनुसार आगामी वर्ष फेरी अन्य स्थानका योजनाहरू सञ्चालन हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?