ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

सार्वजनिक जग्गा हडप्ने प्रयास : स्थानीयको विरोधपछि उपमहानगरले लगायो निर्माणमा रोक

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

बुटवल, १५ कात्तिक ।

सार्वजनिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ चौरालीपथका स्थानीय विरोधमा उत्रिएका छन् ।

चौराली पथमा रहेको नक्सा नं. ९ क कित्ता नं. ४६८६ क्षेत्रफल साढे ४ धुर जग्गा नापीको मूल नक्सा र फाइल नक्सा दुवै भिडाई पुर्वतर्फ बनेका संरचनाहरुलाई आधार मानेर नापजाँच गर्दा १८ धुर जग्गा बचेको र उक्त जग्गालाई व्यक्तिले हडप्न खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नाँपजाँच गरेर बाँकी रहेको जग्गा स्वतः सार्वजनिक भएको र उक्त जग्गा चौराली पथबासीले तारबार गरी संरक्षण गरेको अवस्थामा महानवमीको दिन साढे ४ धुर जग्गा भएका जग्गाधनीले १८ धुर जग्गा समेत हडप्न खोजेको आरोप लगाएका छन् ।

‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानियले विरोध गरेका छन् । ‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानीय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कात्तिक ६ गते विहान डोजर लगाएर संरचना भत्काएका थिए ।

उक्त जग्गा सार्वजनिक जग्गा भएपनि व्यक्तिले हडप्ने हुँदा संरक्षण गर्ने भन्दै त्यहाँ शिवालयको मन्दिर निर्माण गरिएको थियो । सोही संरचनामा कात्तिक ६ गते विहान सवा ६ बजे डेढ सय बढीको संख्यामा स्काभेटर लगेर पुगेको समूहले मन्दिरको संरचनामा डोजर चलाएको स्थानीयको भनाई छ । देवीनगर चौरालीपथको पश्चितर्फ रहेको ‘सार्वजनिक जग्गा’लाई आफ्नो दाबी गर्दै बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर लगाएको चौराली पथका अध्यक्ष लोकप्रसाद पङ्गेनीले बताए ।

स्थानीयको चन्दाबाट निर्माण भएको मन्दिरमा डोजर लगाएर सरचना नष्ट गर्दा २० लाख बढीको क्षति भएको उनको भनाइ छ । अध्यक्ष पङ्गेनीका अनुसार लु १ ख ४३४२ नम्बरको जेसिबी ल्याएर मन्दिरको संरचनामाथि चलाइएको थियो । स्थानीयको विरोधपछि बुटवल उपमहानगरपालिकाले उक्त जग्गामा घर बनाउन तत्कालका लागि रोक लगाएको छ ।

स्थानीयले उक्त जग्गा हडप्न नदिन र संरक्षण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत निवेदन दिएको स्थानीय रामलाल भुसालले जानकारी दिए ।

यसअघिका जग्गा धनी लालबहादुर पुनले पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको उल्लेख गरे ।

भिमबहादुर र बालकृष्णले दाबी गरेजस्तो उनीहरुले जग्गाको कित्ता नम्बर नै छुट्टिएकाले दाबी गर्न नमिल्ने उल्लेख गरे । सार्वजनिक जग्गा भएकै कारण लामो समयदेखि टोलबासीले संरक्षण गरेर राखेको अवस्थामा एक्कासी डोजर चलाएर लाखौं रकम क्षति गर्नु निन्दनीय भएको स्थानीय पर्शुराम अर्यालले बताए ।

दशैं मनाउन मानिसहरु गाउँ गएको मौका छोपी नवमीका दिन कोही नभएको मौका छोपी एकाविहानै मन्दिरको संरचना भत्काइएको उनले बताए ।

दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहादुरले भने आफ्नो जग्गा रङ्गशाला मार्गसँग जोडिएको भन्दै पश्चितर्फको जग्गा दाबी गर्दै आएका छन् ।

ब्लु प्रिन्टमा समेत कित्ता छुट्याउनु अघि रहेको कित्ता नम्बर ५७० नम्बरको जग्गा रङ्गशाला मार्गसँगै जोडिएको हुँदा आफूहरुको जग्गाको पश्चिम मोहडा भएको दाबी गरे । उनले आफूहरुले घर निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास पनि प्राप्त गरिसकेको र पटक–संरचना हटाउन आग्रह गर्दा पनि नहटाएपछि डोजर लगाउन बाध्य भएको उल्लेख गरे ।

जग्गा विवाद बारे बुटवल उपमहानगर–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नापजाँच गरेर मात्रै टुङ्गो लगाइने बताए । ‘बुटवल उपमहानगरले तिहारपछि मात्रै नापजाँच सुरु गर्छ सोही अनुसार कसको जग्गा कुन हो भन्ने टुङ्गो लाग्छ त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ’–क्षेत्रीले भने । हाललाई उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको उनले बताए । सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो ।

सो स्थानमा स्थानीयले मन्दिर निर्माण गरी प्रतीक्षालय समेत बनाएका थिए । तर उक्त प्रतीक्षालयसहितका संरचना सोही जग्गासँग सीमा जोडिएका जग्गाधनीले महानवमीको दिन डोजर लगाएर भत्काएका थिए । जग्गाधनी बालकृष्ण विश्वकर्माका भिनाजु नाता पर्ने सुन्दर गहतराजले स्थानीयले सार्वजनिक दावी गरेको जग्गा बालकृष्णकै भएको र त्यसको यथेष्ट प्रमाण आफूहरुसँग सुरक्षित रहेको दावी गरे ।

२०७७ फागुन ११ गते सर्वेक्षक त्रिदेव बुढाथोकी र अमिन अमृत खाम्चाले जग्गा नापजाँच गरी बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा प्रतिवेदन बुझाउँदै उक्त फिल्डमा जग्गा बढी भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?