ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

टि-२० क्रिकेटमा नेपाल र ओमान : निरन्तर जितको खोजीमा नेपाल

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

बर्दघाट, १५ कात्तिक ।

टि ट्वान्टी विश्वकप क्रिकेट एशिया छनौट प्रतियोगिताको अन्तिम लिग म्याच नेपाल र ओमनविच बिहीबार हुँदैछ । त्रिवि क्रिकेट ग्राउण्डमा विहान ९ बजे सुरु हुने खेलमा नेपाल र ओमन समूहको शीर्षस्थानको लागि भिड्दैछन् ।

नेपाल र ओमन टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि ४ पटक आमने सामने भएका छन् । हालसम्म यी दुइ देशविच सम्पन्न ४ अन्तर्राष्ट्रिय खेलमध्ये नेपाल ओमनमाथि हावी हुँदै आएको छ । नेपालले ३ जित हात पार्दा ओमनले १ जित मात्र हात पारेको छ । २०१९ मा ओमनमा भएको नेपाल, आयरल्याण्ड, युएइ, हङकङ र ओमान सम्मिलित पेन्टाङगुलर सिरिजमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको थियो ।

सन २०२२ मा सम्पन्न नेपाल, युएइ, आयरल्याण्ड र ओमन सम्मिलित क्वाडरेङ्गुलर सिरिजको खेलमा नेपालले ओमनलाई ६ विकेटले पराजित गर्दै ओमनमाथि पहिलो जित निकालेको थियो । नेपाल र ओमन सन २०२२ मा पनि विश्वकप क्वालिफायर्स खेलमा आमने सामने भएका थिए । क्वालिफायर्सको पहिलो खेलमा ओमनलाई नेपालले ३६ रनले पराजित गरेको थियो ।

ओमनसँग नेपालले अन्तिम खेल २०२२ मा विश्वकप क्वालिफायर्सको दोश्रो खेल खेलेको थियो जसमा नेपालले ९ विकेटको फराकिलो अन्तरले ओमानलाई पाखा लगाएको थियो । ओमान र नेपाल पुनः विश्वकप क्वालिफायर्समा आमनेसामने भएका छन् । पछिल्लो ५ खेललाई विश्लेषण गर्दा नेपालले केही दिनअघि नेपालमा सम्पन्न नेपाल, हङकङ र युएइ सम्मिलित ट्राइसिरिजमा २ जित एक हार र विश्वकप छनौटमा लगातार २ खेल जित्दै ४ जित र १ हार ब्यहोरेको छ भने ओमानले गत सेप्टेम्बरमा सम्पन्न गल्फ क्रिकेट टि ट्वान्टी च्याम्पीयनसिपका ३ खेल र विश्वकप छनौटका २ खेल गरी लगातार ५ जित आफ्नो पक्षमा पारेको छ ।

जारी प्रतियोगितामा समूह ए मा रहेका नेपाल, ओमन, मलेसिया र सिँगापुरविच २—२ खेल सम्पन्न भइसकेका छन । जसमा नेपाल र ओमन दुबै टोलीले २—२ खेल आफ्नो पक्षमा पार्दै समान ४—४ अँक बटुल्दै एक खेल खेल्नुअघि नै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन । समान ४ अँक भएता पनि ओमान १.३५० नेट रनरेटका साथ शीर्षस्थानमा रहेको छ भने नेपाल १.३२२ नेट रनरेटका साथ दोश्रो स्थानमा रहेको छ । बिहीबार हुने खेलमा विजेताले समूहमा शीर्षस्थान ओगट्दै सेमिफाइनलमा समूह वि को उप विजेता (युएइ, हङकङ वा बहराइन मध्ये एकसँग सेमीफाइनल खेल्ने छ । अँक तालिकाको समीकरण अनुसार समुह ए को विजेता समुह वि को उपविजेता सँग र समुह ए को उप विजेता समुह वि को विजेतासँग सेमीफाइनलमा भिड्नेछन । एशिया छनौट प्रतियोगिताका फाइनल प्रवेशी टोलीले सन २०२४ मा वेष्ट इन्डिज र अमेरिकाले सँयुक्त रुपमा आयोजना गर्ने टि ट्वान्टी विश्वकपमा प्रवेश पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?