ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ
सरकार कालोसुचीमा, ठेकेदार कहिले ?

आठ बर्षमा पनि नसकिएको चिडियाखोला–चौराहा सडक

बुटवल बजार नै बिस्तापित ‘गराउने सडक’ को रूपमा पहिचान बनाएको बुटवलको मुख्य सडक निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेर काराबाही गर्न सकेको छैन । स्थानीय व्यवसायीहरूले क्षतिपूर्र्तिसहित कालोसूचीमा राख्न माग गर्दै आएको भएपनि सरकार भने ठेकेदार जोगाउन लागेको आरोप लाग्ने गरेको छ ।
१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

बुटवल, १५ कार्तिक । बुटवलको मुख्य केन्द्र भागमा रहेको बुटवल राजमार्ग चौराहा– चिडीयाखोला सम्मको मात्रै ३ किलोमिटर सडक निर्माण गर्न सुरुवात गरिएको ८ बर्ष वितिसकेको छ । सडक विस्तार गरी ग्रीन बुटवल बनाउने, नाली सहितका सफा र चौडा सडक साँच्चीकै बुटवलको सौन्दर्यमा अर्को ईट्टा थप्ने अपेक्षा सहित सरकारले सुरुवात गरेको यो सडक ८ बर्षमा सडकको आधारशिला मात्रै खडा भएको छ । सडक निर्माण संगै डिभाईडर, नाली, सहित सर्भिस लेन समेत निर्माण गर्ने भनेर जिम्मा लिएको ठेकेदार कम्पनी नै अहिले सम्पर्कविहिन भएको छ ।

गत जेठ महिना देखि सडक किनाराका नाली, सर्भिस लेन र मुख्य सडकको पिच समेत अलपत्र पारेर ठेकेदार कम्पनी अलपत्र परेको हो । वि.सं. २०७३ सालमा सडकको स्तरोन्नतीका लागि ठेक्का पाएको ‘बिरुवा कन्चजंगा जेबि’ ले बिभीन्न बाहानामा समयमा काम नगर्दा ८ बर्षमा जम्मा ४७ प्रतिशत मात्रै काम पुरा गरेको छ । ठेकेदार कम्पनीले अहिले मुख्य सडकको आधार (सवबेस) मात्रै कालोपत्रे गरेको छ भने नाली निर्माण पनि आंशिक रूपमा पुरा गरेको छ । अधिकांस स्थानमा निर्माण गरिएको नालीको ढक्कन लगाइएको छैन । जसको कारण कयौैं पटक मानिस तथा छाडा चौपाय समेत दुर्घटनामा परी घाईते हुने गरेका छन् । यस्तै सर्भिस लेन तर्फको ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन । आधारभुत काम मात्रै सकेर ठकेदार कम्पनी अहिले फरार भएको हो ।

 

मुख्य बजारको सडक निर्माण अलपत्र परेको कारण महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गलाई व्यापारीको मुख्य थलो बनाएर व्यवसाय सुरुवात गरेका व्यवसायीहरू भने सडककै कारण पलायन भएका छन् । बर्खायाममा हिलो र हिउँदमा धुलोको सिकार हुन परेपछि व्यवसायीहरूले अधिकांस व्यवसाय बन्द गरेका छन् । सडक छेउछाउको सडक किनारामा व्यवसायको लागि सटर भाडामा दिने घरधनीहरूको महिनौं देखि सटर घर भाडामा समेत गएको छैन ।

स्थानीय सरकार, स्थानीय व्यवसायीहरूले समेत सडक निर्माण समयमा नै पुरा गर्नको लागि पटक पटक दबाब दिएको भएपनि अहिले सम्म सडक निर्माण पुरा हुन सकेको छैन । गत जेठ महिना सम्ममा नाली सहितका केही काम गर्दै आएको निर्माण व्यवसायी कम्पनीले जेठ महिनादेखि यता भने छाडेर सम्पर्क विहीन भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । ‘जेठ महिना यता निर्माण कम्पनी सम्पर्कमा छैन, हामी प्रयास गरेका छौं,’–सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी ईन्जीयर महेश्वर लम्साल ले भने ।
वि.सं. २०७३ सालमा ३ किलोमिटर सडक बिस्तार गर्नको लागि कुल ४७ करोड लागत ठेक्का सम्झौता भएको थियो । तर उक्त रकम वृद्धि भएर अहिले ५३ करोड लागत पुगेको छ । समयमा नै निर्माण काम नसकिँदा राज्यको थप ६ करोड थप लागत बढेको हो ।

सडक डिभीजन कार्यालय बुटबलका सूचना अधिकारी ईन्जीनियर महेश्वर लम्सालले सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्चनजंघा जेबि गत जेठ महिनादेखि सम्पर्कबिहीन भएको बताउँछन् । उनले भने–‘पछिल्लो समय केही काम गरिरहेको थियो जेठ महिनादेखि निर्माण कार्य पुर्णरूपमा ठप्प छ ।’ गत असार महिनादेखि निर्माण कम्पनीको निर्माण म्याद समेत सकीएको कारण पुनः ठेक्कामा जानुपर्ने उनको भनाइ छ । अब निर्माणका लागि बाँकी रहेको अन्य कामका लागि पुनः ठेक्का लगाएर मात्रै काम पुरा हुने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । ८ बर्षमा निर्माण व्यवसायीले जम्मा ४७ प्रतिशत काम गरेको छ । बुटवलको बजार नै विस्तापित गराउने सडकको रूपमा पहिचान बनाएको बुटवलको मुख्य सडक निर्माण गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने माग जनस्तरबाट उठ्दै आएको छ । यद्यपी यसमा सरकारले ठोस निर्णय गर्न सकेको छैन ।

गत असार महिनामा म्याद सकीयो ठकेदार कम्पनीले सडक अलपत्र पारेर फरार भएको पनि ८ महिना बित्दा सम्म कालोसूचीमा राखेर कारबाही गर्नुको सरकार सरकारकै निकायले संरक्षण गर्दै आएको आरोप समेत लाग्ने गरेको छ । सडकले व्यवसायीहरूलाई सहज पहुँच स्थापना गर्नुपर्नेमा उल्टै व्यवसायी नै विस्तापित हुनुपर्ने अवस्था आएको कारण यसको निर्माण अबिलम्ब गर्नुपर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल बताउँछन् । उनी भन्छन्–‘सडक निर्माण पुरा गर्नको लागि अव सबैले मिलेर दबाब दिनुपर्ने बेला आएको छ, पहिला पनि दबाब दिएकै कारण केही काम भयो, अव थप दबाब दिनुपर्ने बेला आएको हो । अध्यक्ष अर्यालले अहिले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको मुख्य सडक नै मृत राजमार्ग जस्तो भएको भन्दै यसलाई जोगाउनको लागि सर्भिस लेनलाई पार्कीङ्गको रूपमा प्रयोग गर्न पाउने गरी व्यवस्था गरेमा व्यवसायीहरूले समेत व्यापार व्यवसाय हुने भएको कारण समस्या समाधान हुने बताए । उनले अहिले सम्म्को क्षतिपूर्ति सहित निर्माण अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्नुको विकल्प नभएको भन्दै स्थानीय सरकार, सम्बन्धित सरोकारवाला कार्यालयले यो काम अबिल्ब अगाडि बढाउनको लागि आग्रह समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?