Butwal Today

८ करोड बक्यौता बुझाउन तानसेन नगर सरकारलाई प्राधिकरणको ताकेता

१५ कार्तिक २०८०, बुधबार
अ+
अ-

पाल्पा, १५ कात्तिक ।

नेपाल विद्युत प्राधिकरण ग्राहक वितरण शाखाले तानसेन नगर सरकारलाई बक्यौता महसुल बुझाउन ताकेता गरेको छ । झण्डै दुई दशक देखि नगर सरकारले प्राधिकरणलाई सडक बत्ती बापतको ८ करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले भुक्तानी गर्न ताकेता गरेको हो ।

प्रधिकरणका पाल्पा प्रमुख दिलिप मरासिनीले करिब १८ बर्षदेखि तानसेन नगरपालिकाले सडक बत्ती बापतको रकम नबुझाएको बताउँदै रकम ठूलो भएकाले संघीय सरकारले नै माथिल्लो तहबाट निकास दिनका लागि काम भईरहेको बताए ।

तानसेन नगर सरकारका प्रवक्ता यादवसिं कार्कीले बिद्युत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकार गर्दै नगर सरकारले भुक्तानी गर्न नसक्ने बताए । संघीय सरकारबाट नै यो समस्या समाधान गर्नुपर्ने बताए ।

प्राधिकरणका शाखा प्रमुख मरासिनीका अनुसार जिल्लामा औद्योगिक र ब्यक्तिगत तर्फ बक्यौता छैन ।