ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

गुटेरेसको लुम्बिनी भ्रमणको उत्साह

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार विहान भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । गुटेरेसको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा उत्साह बढेको छ । संयुक्त राष्ट्रसंघका महासचिवको बेलाबेलामा हुँदै आएको लुम्बिनी भ्रमणले लुम्बिनीको विकास र पर्यटन क्षेत्रको सम्वद्र्धनमा महत्वपूर्ण सहयोग पुग्दै आएको छ । यसपटक लामो समयपछि भएको संयुक्त राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनीका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन । गुटरेसको भ्रमणले लुम्बिनीको प्रचार प्रसारमात्र होइन लुम्बिनीको अन्तर्राष्ट्रिय विकासमा पनि ठूलो सहयोग पुग्ने कुरामा दुईमत छैन । त्यसै त मुलुकको आर्थिक अवस्था संकटकै अवस्थामा रहेको बेला पर्यटन क्षेत्रले अर्थतन्त्रलाई सुदृढ गर्न भूमिका खेल्ने छ । निश्चित रूपमा नेपालको पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन उद्योग तथा व्यवसाय फस्टाउँदा बहुमूल्य वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ । पर्यटनले वैदेशिक मुद्राको बाटो मात्र खोल्दैन, अर्थतन्त्रका आयामहरूलाई चलायमान बनाउँछ । मुलुकभित्रै रोजगारी सिर्जना गर्छ । स्थानीय उत्पादनले बजार पाउँछ भने मौलिक कला र संस्कृति संरक्षणमा समेत ठूलो सघाउँ पु–याउँछ । तसर्थ मंगलबार भएको गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको पर्यटन क्षेत्रमा आशामात्र होइन, मुलुककै अर्थतन्त्र सबल बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास गरिएको छ ।

त्यसै त विगतको कोरोना संकटका कारण नेपालको पर्यटन क्षेत्र अहिलेपनि पुरानै अवस्थाामा फर्किन सकेको छैन । त्यसमाथि बेला बेलामा हुने आर्थिक संकटले पर्यटन क्षेत्र संकटमा पर्दै आएको छ । महासचिव गुटेरेसको भ्रमणकै पूर्व सन्ध्यामा दशैंको सेरोफेरोमा पर्यटन क्षेत्र लयमा आउने केही आधार देखिएका छन । आन्तरिक पर्यटनको संभावना उजागर भैरहेको छ । मुलुकका केही महत्वपूर्ण पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ । त्यसले केही उत्साह सिर्जना गरिरहेको बेला मंगलवारको संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले स्थानीय पर्यटन व्यवसायीमा उत्साह बढ्नु महत्वपूर्ण कुरा हो । त्यसो त पर्यटन उद्योग, व्यवसायको प्रवद्र्धनमा नेपाल सरकारको उच्च प्राथमिकता रहेको छ । विगत तीन वर्षयता कोरोना (कोभिड–१९) महामारीका कारण नेपाललगायत समग्रमा विश्व पर्यटन व्यवसाय नै निकै नाजुक अवस्थामा पुग्यो । पर्यटनको पुनरुत्थानका निम्ति केही महत्वपूर्ण प्रयास अति आवश्यक भइसकेको सबैले महसुस गरेकै विषय हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार दशमलव तीन प्रतिशत रहेको थियोे ।

पछिल्लोसमय केही गिरावट आएको छ र अव यसमा आशातीत सुधार मात्रै होइन यो तथ्याँकमा रेकर्ड ब्रेक हुने आशा गरिएको छ । नेपालमा दस लाखभन्दा बढी मानिस प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा पर्यटन उद्योगमा आश्रित छन् । कोरोना महामारीसँगै नेपाली अर्थतन्त्रका हरेक हिस्सामा पर्यटन उद्योगको योगदान घट्दै गएको देखिनु राम्रो होइन । पछिल्लोसमय सरकारले समेत पर्यटन उद्योगलाई गति दिन सात बुँदे कार्ययोजना जारी गरेको हो । नयाँ कार्य योजना अनुरूप सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रूपमा मनाउन थालिएको छ । यसले पनि मुर्झाएको पर्यटनलाई ब्युँताउने प्रयास गर्नेछ भन्दा अत्युक्ति हुँदैन । नेपाल भ्रमण दशक मनाउने कार्ययोजना आफैँमा सकारात्मक एवं महत्वपूर्ण छ । यो कार्यक्रम सफल बनाउँदा नेपालको पर्यटनले व्यापक गति लिनेछ । यद्यपि सफल भ्रमण दशक त्यसै पूरा हुँदैन । त्यसका निम्ति पर्यटनका आयाम विस्तार गर्नुपर्ने हुन्छ । गुटेरेसको लुम्बिनी भ्रमण त्यसको एक कडी बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?