Butwal Today

विश्वकप टी-२० छनोटः मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

१४ कार्तिक २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ, १४ कात्तिक ।

आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलमा घरेलु टोली नेपालले पहिले मलेसियाविरुद्ध फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ। नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। नेपालले समुह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।

मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन।