ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

लुम्बिनीमा बक्स लङगडी प्रतियोगिता

धार्मिक र सास्कृतिक महत्व बोकेको खेल बक्स लङगडीलाई एशियन र ओलम्पिकमा समापेश गर्ने लक्ष्यसहित खेल र खेलाडी उत्पादनमा लागेको दाबी ।
१४ कार्तिक २०८०, मंगलवार
१४ कार्तिक २०८०, मंगलवार

बुटवल, १४ कार्तिक । खोखो र कपर्दी खेलसंग मिल्ने सामुहिक खेल बक्स लङगडीको विकास र प्रचारप्रसार गर्ने उदेश्यका साथ लुम्बिनीमा प्रतियोगिता गरिएको छ । एशियन बक्स लङ्गडी फेडेरेसनको सहयोगमा बक्स लङगडी फेडेरेसन अफ नेपालको आयोजनामा प्रथम यु —१२ र यु—१८ महिला/पुरुष अन्तराष्ट्रिय प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तरगत बक्स लङगडी खेलमा भारतिय टिम विजयी भयो । नेपाली टिमलाई २५/१७ ले पराजित गर्दै भारतीय टिम बिजयी भएको हो । यसैगरि कबड्डी प्रतियोगितामा नेपाली टिम १३/८ अंकले भारतलाई हराएको छ ।

एक समारोहका बिच राष्ट्रिय रेफ्रि तथा खेल प्रशिक्षक दिनेश आचार्यले खेलको उद्घाटन गर्दै नया खेलहरु चिनाउने र सिकाउने रुपमा प्रतियोगिता महत्वपूर्ण भएको बताए । धार्मिक हिसाबमा पुरानो र भारतमा खेलिदै आएको खेललाई विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको उनले बताए । सामुहिक खेलका रुपमा सानो खेलमैदान, सरल नियम र सहज तरिकाबाट खेल्न सकिने हुदा छोटोसमयमा आर्कषणका रुपमा पहिचान हुने उनले बताए । ‘विद्यालयस्तरमा यो खेल खेलाउदा बालबालिकामा शारिरीक र मानसिक विकासमा मद्यत मिल्छ ।’—उनले भने ।

कार्यक्रममा बक्स लङगडी फेडेरेसन अफ ईण्डियाका उपाध्यक्ष विएसए राजुले भारतका विभिन्न प्रान्तसहित १० देशमा यो खेल खेलिदै आएको बताए । नेपाल केही वर्ष पहिले यो खेल भित्रिएको भन्दै संगठन बिस्तार र खेलाडी उत्पादनमा आफुहरुले सहयोग र सहकार्यमा जोड दिने बताए । एशियन र ओलम्पिक गेम्ससम्म लग्ने गरि तयारीमा लागेको उनले बताए ।

कार्यक्रममा बक्स लङगडी फेडेरेसन अफ एशियाका कोषाध्यक्ष नरेन्द्र अहिर, बक्स लङगडी फेडेरेसन अफ नेपालका सचिव रोहित कुमार कुर्मीले आगामी दिनमा खेल विकासमा सहकार्य गर्दै अघि बढ्ने बताए ।

यसरी खेलिन्छ बक्स लङगडी
बक्स लङगडी खेल सामुहिक खेल हो । भगवान कृष्णको पालादेखी यो खेल खेलिदै आएको बक्स लङगडी फेडेरेसन अफ एशियाका सचिव मारुती हजारेले बताए । ‘धार्मिक र पौराणिक महत्व बोकेको खेल हो ।’—उनले भने । त्यो बेला एकअर्कामा छुने (पकडापकडी) खेल्ने खेल चलन थियो । भगवान कृष्ण र अपाङता भएको अर्को साथी पकडापकडी खेल्ने गर्थे । यही क्रममा अपाङता भएको साथीसंगै खेल्थे । यस्तोमा भगवान कृष्णले साथीको चित्त नदुखोस भनेर आफु एक खुट्टामा उभिएर लङ्गडी खेल खेलेको कथन छ । बिस्तारै यो खेललाई नया र आधुनिक स्वरुपमा ढालिएको हो ।

उत्तर भारतमा लङगडी खेलाडीलाई कुकुराजु, अरोनी वा जेमासासा भनिन्छ । समग्र भारतमा भने कुन्तियला र दक्षिण भारतमा भने लङ्गडी भनिन्छ । यो स्क्वायर मैदानमा खेलिन्छ । जुन उमेर समुह अनुसार फरकफरक मैदानको साईज हुन्छ । १२ वर्ष मुनिका खेलाडीहरु (३५ केजीभन्दा कम) तौल समुहलाई ८ बाई ८ मिटरको साइजको मैदानमा पाच मिनेट समयावधीको खेल खेलाइन्छ । यसैगरि १४ वर्षमुनि (४० केजी) तौल समुहका खेलाडीहरुलाई १० बाई १० मिटरको मैदानमा पाच मिनेटको खेलाईन्छ । १६ वर्ष मुनि उमेर (५० केजी) तौल र १८ वर्ष मुनि ( ६० केजी) तौल समुहलाई ११ बाई ११ मिटरको मैदानमा ७ मिनेट खेल खेलाईन्छ । यसैगरि खुल्ला तर्फ भने ११ बाई ११ मिटरको मैदानमा ९ मिनेट खेल खेलाईन्छ । खेलमा दुई पक्ष हुन्छन । प्रत्येक टिमले तोकिएको समयावधीमा ४ राउण्डमा खेल खेल्छ । एक पटकमा ३ जनाका दरले खेलाडीहरुलाई विपक्षी टिमको एक जना लङ्गडी खेलाडीले भगाउछ । तोकिएको समयावधिमा लङगडी खेलाडीले छुन सफल भए खेलाडी आउट हुन्छ । मैदानको बाहिरी स्क्वायरमा १ मिटर खाली राखिन्छ जहा भाग्ने खेलाडी जान पाउदैन । पहिले दाहिले खुट्टा र दोेस्रो पटक देब्रे खुट्टाले लङगडी गरिन्छ । तोकिएको समयावधीमा अंक बढी ल्याउने विजेता घोषित हुन्छ । हाल यो खेल १० वटा देशहरुमा खेलिन्छ ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?