ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

महासचिव गुटेरेसले डेढ घण्टा लुम्बिनीमा बिताउने

१३ कार्तिक २०८०, सोमबार
१३ कार्तिक २०८०, सोमबार

बुटवल, १३ कात्तिक ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ ।

विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित भएका छन् ।

महासचिव गुटेरेस मङ्गलबार बिहान करिब ९ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी विकास कोषले महासचिव गुटेरेस हिँड्ने सडकलाई कालोपत्र गर्नेदेखि सरसफाइलाई विशेष ध्यान दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित लुम्बिनी आउन लाग्नुभएका महासचिव गुटेरेसको स्वागतका लागि सरसफाइ, सौन्दयीकरणदेखि सुरक्षासम्मको तयारी अन्तिम चरणमा पुगेको विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले जानकारी दिए । महासचिव गुटेरेसको भ्रमणलाई स्मरणीय बनाउन लुम्बिनी विकास कोषसहित रुपन्देहीका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका पदाधिकारीले आपसी समन्वयमा तयारी गरिरहेका छन् ।

उपाध्यक्ष लामाले महासचिव गुटेरेसको स्वागत र सम्मानमा कुनै कमी नआउने बताउनुभयो । “राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण हुँदा सबै महासचिव लुम्बिनी आउने प्रचलन रहँदै आएको छ”, उनले भने, “नेपालका प्रधानमन्त्रीले लुम्बिनीमा आएर महासचिवलाई स्वागत गर्न लागेको यो पहिलो हो, त्यसैले पनि यो भ्रमणलाई विशेष महत्त्व दिएर हामीले हाम्रोतर्फबाट सबै तयारी गरिरहेका छौँ ।”

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष गोविन्द ज्ञवालीले राष्ट्रसङ्घका महासचिवको भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रचारप्रसार हुने भएकाले लुम्बिनीको पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताए । उनले महासचिवको लुम्बिनी भ्रमणबाट बुद्धका शान्तिको सन्देश संसारभर फैल्याउन थप प्रभावकारी हुने भन्दै खुसी व्यक्त गरे ।

महासचिवको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीतिहरू तय गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखसहित कोषका पदाधिकारीको उपस्थितिमा सुरक्षा रणनीति बनाइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले महासचिव गुटेरेसको सुरक्षाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था बलियो बनाइएको बताए । उनले समग्र रुपन्देही जिल्ला र भ्रमण हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको पनि बताए ।

महासचिवको भ्रमणको सुरक्षा व्यवस्थाका लागि तीनवटै सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको र सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरी व्यवस्थापन गरिएकोसमेत प्रजिअ अर्यालले जानकारी दिए ।

महासचिव गुटेरेसले करिब डेढ घण्टा लुम्बिनीमा बिताउने कार्यक्रम तय गरिएको छ । डेढ घण्टाको अवधिमा उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै अशोक स्तम्भ अघिबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराउने कार्यक्रम रहेको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसङ्घका छैटौँ महासचिव हुन् । राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन् । राष्ट्रसङ्घका महासचिवका रुपमा थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको सुरुआत भएको मानिन्छ ।

जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले राष्ट्रसङ्घका तत्कालीन महासचिव थान्तकै आग्रहमा सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार गरेका हुन् । संयुक्त राष्ट्रसङ्घका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।

यस्तै राष्ट्रसङ्घको महासचिवका रुपमा सन् १९८१ मा कर्ट वाल्डहिमले, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ मा लुम्बिनीको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?