Butwal Today

दाङमा अस्पतालको शौचालय जाने बहानामा कैदी फरार

१३ कार्तिक २०८०, सोमबार
अ+
अ-

दाङ,१३ कात्तिक ।   चोरी अभियोगमा पक्राउ परेका एक जना कैदी फरार भएका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार रहेको पुष्टी गरे। उनले फरार कैदीको खोजी कार्य तीब्र पारीएको जानकारी दिए। हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका गरेपछि खकार परिक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो।

पाँच जना सुरक्षाकर्मीसहित अस्पताल लगिएका कैदी भागेपछि उनको खोजी तीब्र पारिएको र अहिलेसम्म फेला पर्न सकेका छैनन्। प्रहरीले चोरी अभियोगमा ती व्यक्तिलाई अस्ति साझ नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?