Butwal Today

इजरायली आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु

१३ कार्तिक २०८०, सोमबार
अ+
अ-

काठमाडौं,१३ कार्तिक ।   गाजामा इजरायली आक्रमणबाट ८ हजार ५ सय
प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
अल जजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।
इजरायल– हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् ।
सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएको छ ।
गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।