ट्रेंडिंग:

>> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र

भारतले बनायो नक्कली रामग्राम स्तुप र देवदह, नागरिक समाजको आपत्ति

११ कार्तिक २०८०, शनिबार
११ कार्तिक २०८०, शनिबार

बुटवल, ११ कात्तिक । भारतले शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप र देवदह भारतमा नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । यस विषयमा तत्काल आवश्यक कदम चाल्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
भारतका अधिकारीहरु र भारतीय सञ्चारमाध्यमहरुले केही दिनदेखि रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेकोले तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जानकारी दिए। रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा अवस्थित छ । भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रामग्राम रहेको दाबी गरेको छ

नेपाल सरकारको प्राथमिकतामा नपर्दा नवलपरासीमा रहेको रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको दाबी गर्नु चिन्ताको विषय बनेको अध्यक्ष सैथवारले बताए ।
“विश्व सम्पदा सूचिमा सूचीकृतको प्रक्रियामा रहेको प्राचीन रामग्राम स्तुपको विकास, संरक्षण र प्रचारप्रसारमा सरकारको ध्यान नपुग्दा स्तुप ओझेलमा छ , स्तुपको विकास हुने पर्खाईमा रहैकै बेला पछिल्लो केही समयदेखि मित्र राष्ट्र भारतले नक्कली रामग्राम स्तुप खडा गरि रामग्राम स्तुप भारतीय भूमिमा रहेको प्रचारप्रसार गरिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,भारत सरकारको यस किसिमको दुष्प्रचारप्रति हाम्रो घोर आपत्ति रहेको छ”, उनले भने ।
यता देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले भारतले देवदह पनि भारतमा रहेको र डिसेम्बरदेखि उत्खनन् गर्ने भन्ने समाचार सञ्चारमाध्यममा आएकोप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए । यो विषयमा स्थानीय तहले भन्दा लुम्बिनी विकास कोष, पुरातत्व विभाग र संघीय तथा प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने नगर प्रमुख खरेलले बताए । ‘म विरामी पनि छु,उपचारका लागि पोखरा जाने तयारीमा छु, यसबारे यथार्थ बुझेर आधिकारिक धारणा सार्वजनिक गर्छौं तर स्थानीय तह भन्दा पनि यो विषयमा लुम्बिनी विकास कोष, पुरातत्व विभाग र संघीय सरकार तथा प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्छ’–खरेलले भने ।

रामग्राम स्तु्प, विश्वकै एक मात्र यस्तो स्तुप जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु अविछिन्न रुपमा राखिएको छ अर्थात बुद्धको परिनिर्वाण पछि राखिएको उहाँको अस्थिधातु अहिलेसम्म कसैले चलाउन सकेको छैन । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किमि टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने घांसे थुम्कोे नै रामग्राम स्तुप हो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नागरिक समाजले भारत सरकारसँग पहल गरि गलत प्रचार रोक्न माग गरेको हो । समाजले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवलाई समेत ध्यानाकर्षण गराउँदै यस विषयमा सम्बन्धीत निकायसँग समन्वय गरि पहल कदम लिन आग्रह गरेको अध्यक्ष सैथवारले बताए ।


जिल्ला समन्वय समिति प्रमुख यादवले लुम्बिनी विकास कोषका पदाधिकारी तथा भारत सरकारको उत्तर प्रदेश महाराजगन्जका अधिकारीहरुसँग आवश्यक समन्वय गर्ने बताए । रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरु बताउँछन् । सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तुप हो भन्ने प्रमाणित भयो ।
यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचामा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो ।
विश्वभरका बौद्धहरु यहाँ एकमात्र अस्थिधातु मौलिक रुपमा अस्थिधातु भएको पवित्र स्तुप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विदेशी तीर्थयात्रीहरु तथा काठमाडौंबाट तीर्थयात्रीहरु यहाँ आएर सामुहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् ।
स्तुपको रुपमा करिब १० फिट अग्लो तथा २३।५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ जसको छेउमा एउटा अजंगको रुख उम्रिएको छ । वरिपरी घुम्नलाई काठको फलेकको रयाम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ । यस बाहेक प्रवेश द्वारको दुबै तिर मेचहरु सहितको सानो बगैंचाहरु बनाइएको छ । दुई जना सुरक्षा गार्डले यस पुरातात्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छन्।
लुम्बिनीमा जन्मनुभएको भगवान बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उहाँको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो ।
बौद्ध ग्रन्थहरुको अनुसार उहाँको महापरिनिर्वाण भएपछि उनको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बिच ती अस्थिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिए । र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिए ।
त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्थिधातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो ।
पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तुपबाट अस्थिधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए ।
बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार सम्राट अशोकका दुतहरुले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरुले रक्षा गरेको कारण यहाँको अस्थि सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?