ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

देविनगरमा उद्योग ब्यापार संघको सचिवालय भवन शिलान्याश

११ कार्तिक २०८०, शनिबार
११ कार्तिक २०८०, शनिबार

बुटवल,११ कात्तिक । उद्योग ब्यापार संघ बुटवलको सचिवालय भवन शिलान्याश भएको छ । बुटवल–११ देवीनगरमा वडा कार्यालय भवनको पछाडि बुटवल उपमहानगरले दिएको २ कठ्ठा जग्गामा बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले सचिवालय भवन शिलान्याश गरेका हुन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले उपमहानगरले बुटवलमा क्रियाशील सबै व्यवसायिक संघसंस्थालाई समान दृष्टिले हरेको र सबै संस्थाहरुसंग सहकार्य गरेर बुटवलको आर्थिक विकास र बजार चलायमान बनाउन चाहेको बताए । उद्योगी व्यवसायीका संस्थाहरु स्थापित र बलियो भए मात्र बुटवल बजार गुल्जार हुने र बुटवलको विकासमा योगदान पुग्ने भएकाले उपमहानगरले यस्ता संस्थाहरुसंग सदैव हातेमालो गरेर अघि बढ्ने बताए ।
संघका अध्यक्ष गोबिन्दराज गैरेले सचिवालय भवनका लागि जग्गा उपलब्ध गराएकामा उपमहानगरपालिका र वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्दै एक वर्षभित्र दुईतले भवन तयार गर्ने बताए । तल्लो तला सभा हल र माथिल्लो तलामा कार्यालय रहने गरी बन्ने भवनको लागत डेढ करोडदेखि २ करोड हुने जानकारी गराउंदै गैरेले भवन बनाउन सबैसंग आर्थिक,भौतिक र नैतिक सहयोगको अपेक्षा गरेको बताए । अध्यक्ष गैरेले आगामी २०८२ सालमा बुटवल मण्डपमा औद्योगिक ब्यापार मेला सञ्चालनको पालो रहेको समेत जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम पराजुलीले बुटवलका मुख्य ४ व्यवसायिक संस्था मध्ये कान्छो भएपनि संघले अन्य पुराना संस्था सरह सामाजिक योगदान गरेको बताउंदै संघको भवन निर्माणमा महासंघबाट आर्थिक सहयोगको पहल गर्ने बताए ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलका अन्य ३ व्यवसायिक संस्थाका भवन बनिसकेका तर यो संस्थाको भवन बन्ने क्रममा रहेकाले सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे, महासचिव पदम जीसी लगायतले आआफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?