Butwal Today

सन्दीप लामिछानेलाई समेट्दै टी-२० विश्वकप छनोट खेल्ने टोलीको घोषणा

११ कार्तिक २०८०, शनिबार
अ+
अ-

 काठमाडौँ, ११ कात्तिक ।

लेग स्पिनर सन्दीप लामिछानेलाई समेट्दै आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ। टी २० विश्वकप एसिया क्षेत्र छनोट खेल आगामी सोमबार देखि सुरु हुँदैछ।

यसअघि परिवारलाइ समय दिने भन्दै लामिछानेले  त्रिकोणात्मक टी-२० आई सिरिज खेलेका थिएनन्। टोलीको अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन्।

यसअघि त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल भने बाहिरिएका छन्।

टी-२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखी २० गते सम्म हुनेछ। खेलहरु मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछन्।

नेपाल रहेको समूह ‘ए’ मा  सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपाल २०१४ पछि पहिलो पटक टी-२० विश्वकप खेल्ने योजनामा छ।

यी हुन्ने पालको टोलीमा समेटिएका खेलाडी

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?