ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

कछुवा गतिमा औद्योगिक ग्राम

१० कार्तिक २०८०, शुक्रबार
१० कार्तिक २०८०, शुक्रबार

पाल्पा, १० कात्तिक ।

तानसेन नगरपालिकाद्द कुन्सरेका नुरदेव पौडेल आफ्नो गाउँमा औद्योगिक ग्राम हुनका लागि आवश्यक पूर्वाधार निर्माणको काम अगाडि बढ्दा निकै खुसी देखिन्थे । पूर्वाधार निर्माणको प्रारभ्भिक काम अगाडि बढेको लामो समय सम्म रित्तो चौर मात्र देख्दा उनी खिन्न र निराश छन् ।

पाँच वर्ष अगाडि संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको अवधारणा अनुरुप तानसेन नगर सरकारले औद्योगिक ग्राम निर्माणको कार्य बढाएको हो । सरकारले औद्यौगिक ग्रामका लागि प्रस्तावित गरिएको रकम उपलब्ध गराउन नसक्दा अलपत्र अवस्थामा देख्दा औद्योगिक ग्राम निर्माण कार्य पूरा होला भन्नेमा आशंका उत्पन्न भएकाले निराश भएको उनी बताउँछन् ।

तत्कालीन समयमा स्थानीय सरकारले आवश्यक जमिनको व्यवस्था मिलाए गर्ने अवधारणा अनुरुप एक सय एक रोपनी क्षेत्रफलमा फैलिएको खुल्ला जमिन तानसेन नगर सरकारले उपलब्ध गराएको थियो । नगर सरकारले औद्यौगिक ग्राम निर्माणका लागि आवश्यक जमिन उपलब्ध गराएको ठाउँलाई इट्टाको पर्खालले मात्र घेरिएको छ । यस्तो दृश्यले संघीय सरकारलाई नै गिज्याए जस्तो भएको स्थानीयहरु बताउँछन् ।

एउटै स्थानमा घरेलु तथा कुटीर उद्योगको संचालन गरी बजारीकरण सहज होस् भनेरै औद्योगिक ग्रामको परिकल्पना गरिएको हो । संघीय सरकारले प्रस्तावित गरेको एक स्थानीय तह एक औद्योगिक ग्रामको परिकल्पना अनुरुप जिल्लामा रामपुर नगर र तानसेन नगरमा मात्र औद्योगिक ग्रामको निर्माणको सुरुवात गरिएको छ । तानसेन नगर र रामपुर नगरले औद्योगिक ग्राममा मात्र आवश्यक जमिन उपलब्ध गराएका कारण प्रारम्भिक पूर्वाधार निर्माणको कार्य मात्र भएको बताइएको छ ।
रामपुर नगर सरकारका प्रमुख रमण बहादुर थापाका अनुसार ३० प्रतिशत मात्र कार्य प्रगति भएको छ । यसैगरी गत वर्ष प्राप्त बजेटले औद्योगिक ग्रामका लागि प्रस्तावित जमिनमा इट्टाको पर्खाल मात्र बजेट आएको र यस वर्ष केही रकम आएको नगर सरकारका प्रवक्ता यादव सिह कार्की बताउँछन् । “सरकारले प्रस्तावित गर्न प्रर्याप्त मात्रमा बजेट उपलब्ध नगराउने प्रवृत्ति बढेका कारण संघीय सरकारका योजनाले पूर्णता पाउन नसकेको हो”– प्रवक्ता कार्कीले भने ।

औद्योगिक ग्राम निर्माणको लागि हाल सम्म निस्दी, पुर्वखोला, रम्भा, वगनासकाली, रैनादेवी, तिनाउ गाउँपालिकाले जमिन प्रस्तावित गर्न सकेका छैनन् । रिब्दीकोट गाउँपालिकाले मात्र जमिन प्रस्तावित गरेको छ ।

हचुवाको भरमा निर्णय

हचुवाको भरमा निर्णय भएका कारण जमिनको छनोट हुन सकेको छैन । घरेलु तथा कुटिर उद्योगको प्रचुर संभावना बोकेको यस जिल्लामा औद्योगिक ग्रामले कुटिर उद्योग अन्तर्गको लामो इतिहास बोकेको वगनासे साँचो, तामाका भाँडा, उद्योग सहित फलामका कृषि औजार बनाउने, उद्योग राष्ट्रियस्तरमै ख्याती कमाउन सफल भएको करुवा उद्योग जस्ता उद्योग एकै स्थानमा उत्पादन हुँदा बजारीकरणका लागि सहज हुने परिकल्पना गरिएको तानसेन नगर सरकारका पुर्व प्रमुख अशोक कुमार शाही बताउँछन् ।

उद्योगलाई आधुनिकीकरण र युवालाई उद्यमी बनाउने स्थानीय तहमै रोजगारीको वातावरण सृजना गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो । “हाम्रो जिल्लाको तह सवालमा सबै स्थानीय तहमा सबै आवश्यकता होइन सबैमा संभावना पनि थिएन । पाल्पाका लागि दुइ वटा नगरपालिका तानसेन र रामपुरमा मात्र आवश्यक हो । अन्यत्र आवश्यकता पनि होइन संभावना पनि छैन”–उनले भने ।

सरकारले हचुवाका भरमा मात्र अध्ययनबिना निर्णय गर्दा उत्पन्न हुने समस्या यस्तै हो । पाल्पाको सवालमा वगनासमा निर्णय गरिएको फलामको साँचो यतिखेर तयार गर्ने व्यक्ति नै छैनन् । यसलाई पुनर्जीवितका लागि तालिम हो अहिलेको आवश्यकता । उद्योगीहरु व्यावसायिक भएपछि बल्ल औद्योगिक ग्रामको आवश्यकता हो । फलामको कृषि औजार निर्माण गरिने प्रकृया अहिले सम्म पुरानै पद्दति नै भएका कारण उद्योगका लागि आवश्यक इन्धनको रुपमा प्रयोग हुने कोइलाको समस्याका कारण नयाँ पुस्ता फलाम तताउने कार्यमा उत्साहित हुन नसक्दा यस्ता उद्योगलाई पुराना पुस्ताले जसोतसो धानेका छन् । दाउराको कोइलाको विकल्पमा अन्य कोइला र बिजुलीको माध्यमबाट उद्योग सञ्चालनतर्फ जिल्लाका कुनै पनि स्थानीय सरकारले पहल नै नगरेको माथागढी गाउँपालिका रहबासका स्थानीय पुराना उद्यमी नर बहादुर विश्वकर्मा बताउँछन् । औद्योगिक ग्राम तयार भए पनि हामीलाई इन्धनको समस्याले सताउन छाड्दैन । “पहिला इन्धनको समस्या समाधान गर्नुपर्ने थियो । यही हो हचुवाको निर्णय भनेको”–उनले भने ।

सरकारमा बस्नेले जनताको आवश्यकता भन्दा दलीय स्वार्थ अनुरुप र त्यसलाई चुनावी मुद्दा बनाउने प्रवृत्तिका कारण समस्या उत्पन्न भएका छन् । हल्का रुपमा लिएर निर्णय गरिन्छ । समस्या कहाँ के मा छ पहिचान नगर्ने प्रवृत्ति छ यस्ता कारणले गर्दा । यहाँबाट माटोको भाँडा बनाउने, तामाका भाँडा बनाउने, काष्ठकला, बाँसबाट निर्मित सामग्री जस्ता उद्योगहरु आज एकादेशको कथा जस्तै भएका छन् । सिपको विकास नै अहिलेको प्रमुख आवश्यकता भएको पुराना उद्यमीहरु बताउँछन् ।

विद्युतको समस्या

नेपाल विद्युत प्राविधिकरणद्वारा वितरित राष्ट्रिय प्रसारणको लाइनबाट निस्दी गाउँपालिकाका ६० प्रतिशत जनता बन्चित छन् । रैनादेवी गाउँपालिकाका ७ प्रतिशत जनता समेत विद्युत उपभोगबाट बन्चित छन् । यसैगरी विद्युतको अनिश्चितता, छिन छिनमा विद्युत अवरुद्ध हुने पाल्पाको पहिचान नै बनेको छ । रामपुर नगर, बुटवल पावर कम्पनीद्वारा उत्पादित विद्युतमा निर्भर रहेको छ । सरकारी स्वामित्वको विद्युत सेवा पुग्न अझ ३० वर्ष रामपुर नगरले पर्खनु पर्दछ । औद्योगिक ग्रामका लागि आवश्यक पर्ने विद्युत बुटवल पावर कम्पनीले पु¥याउन नसक्ने स्थानीयहरुको दावी रहेको छ ।

तानसेन नगरले प्रस्तावित गरेको स्थानमा समेत विद्युतको पहँुच सहज भएपनि भोलिका दिनमा विद्युत नियमित हुन नसक्दा उद्यमीहरु प्रताडित हुने दिनहरु आउने स्थानीयहरु बताउँछन् । उद्योगका लागि पहिले त विद्युत नै हो । विद्युतको दिगो व्यवस्थापन हुन नसक्दा उद्योगहरु फस्टाउन सक्दैनन् । विद्युत, सडक, सञ्चार, यातायात, सुरक्षा जस्ता वस्तु आधारभूत आवश्यकता हुन् तर यहाँ यस्ता आधारभूत आवश्यकताको तयारीविना औद्योगिक ग्रामको काम अगाडि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?