Butwal Today

कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भ्रमको खेती : पोखरेल

८ कार्तिक २०८०, बुधबार
अ+
अ-

बुटवल,८ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी ओलीमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार भएको दावी गरेका छन् ।

व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीले कम्वोडियाको टेलिकममा अर्बौं रकम लगानी गरेका छन् भनेर गरिरहेको प्रचारप्रति लक्षित गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे, अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन् । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो भन्दै उनले भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं लेखेका छन् ।