ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

सडक दुर्घटनाले दशा बन्यो सुचनको दसैं

धादिङबाट दशै मान्न प्यूठान घर हिंडेका उनी अहिले तिलोत्तमास्थित क्रिमशन अस्पतालको बेडमा उपचार गराइरहेका छन् ।
७ कार्तिक २०८०, मंगलवार
७ कार्तिक २०८०, मंगलवार

बुटवल, ६ कात्तिक ।

घर चाँडो पुगेर दसंै मनाउन आतुर प्यूठानका सुचन खड्का शुक्रबार दिउँसो सडक दुर्घटनामा परे । वर्ष दिनमा परिवार, साथीभाईसंग एक हप्ताको रमाईलो गर्ने सपना अधुरो भयो । बाईकमा धादिङबाट आउँदै गरेका उनी बर्दघाट नजिक चिसापानीको खाल्टोमा परे । धादिङ आँखुखोला हाईड्रो पावर कम्पनीमा संगै काम गर्ने रुपन्देहीका हिरन्जन चौधरीले चलाएको मोटरसाईकल खाल्टोमा परेर दुबै जना घाईते भए । छिटो घर पुग्ने आशामा हिंडेका प्यूठानका सुचन खड्का तिलोत्तमा नगरपालिकास्थित क्रिमशन अस्पतालको बेडमा छन् । चालक निरन्जनको खुट्टा र शरीरका विभिन्न भागमा सामान्य चोट छ ।

उता सुचनको भने दाहिने खुट्टाको घुडाभन्दा मुनी ३ ठाउँमा भाँचिएको छ । शुक्रबार साँझ अस्पताल भर्ना भएका उनको आइतबार अपरेसन भएको छ । दुईदुई पटक समय थप गरेर पनि कामले तीब्रता लिन नसकेको बुटवल–नारायणगढ सडकको काम समयमा पूरा नहँुदा यहाँ दिनहुँजसो दुर्घटना हुने गरेको छ । कतिपय ठाउँमा सडकमा पानी जम्ने र ठुला खाल्टोहरु परेको छ । नयाँ चालकहरुलाई यस्तो खाल्टाहरुले झुक्काउने गरेको छ । शुक्रबार उनीहरु दुबैजना यस्तै भयो । धादिङबाट आएको उनीहरुले बिग्रिएको बाटोका सही मापन गर्न नसक्दा दुर्घटनामा परेका हुन् । एनएन पल्सर चलाएर आएका उनीहरुको चिसापानीमा दुर्घटना पछि उद्दार गरी अस्पतालसम्म ल्याईएका थिए । दसैको मुखमा आएर अस्पताल बस्नुपर्दा निक्कै दुख भएको खड्का बताउँछन् । गाउँबाट आफन्तहरुलाई दुर्घटनाको जानकारी दिएर दसै अस्पतालमा मनाउने भएका छन् । दुर्घटनामा परेका अर्का साथी भने प्राथमिक उपचारपछि साथीको उपचारमा सहयोग गरिरहेका छन् ।

चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतीको ठेक्का लिएर समयमा सडक निर्माण गर्न नसक्दा बुटवल—नारायणगढ सडक खण्डमा धुलो र खाल्टा खुल्टी मात्रै छ । यहाँ यात्रा गर्ने यात्रु र राजमार्ग आसपासका स्थानीयले सास्ती खेपिरहेका छन । राजमार्ग स्तरोन्नतीको काम सुरु हुनुपूर्व बुटवल—बर्दघाट ३८ किलोमिटर यात्रा गर्न निजी सवारीलाई करिव ४५ मिनेट समय खर्च हुनेमा अहिले कम्तीमा साढे १ घण्टा छुट्याउनुपर्छ । बुटवल–बर्दघाट सडक करिव १ घण्टामा पुग्ने सवारी २ घण्टामा पनि पुग्न मुश्किल हुने गरेको छ । कल्भर्ट, पुल निर्माण भन्दै बनाइएका डाइभर्सनहरु पुल कल्भर्ट निर्माण पश्चात पनि खाल्डो पुरिएका छैनन् । कतिपय ठाउँमा डाइभर्सन नै कायम छ । पछिल्लो समय सडकका कारण यात्रुको चाप समेत घटेको सवारी धनी बताउँछन् । सडक निर्माण सुरु हुनु भन्दा अघि यात्रुहरु सामान्यतः बसमै यात्रा गर्ने गर्दथे तर अहिले मध्यम वर्गीय यात्रुहरु धुलो र खाल्डा सडकबाट राहत पाउन केही बढी रकम खर्चेर साना गाडी भाडामै लिएर भएपनि बैकल्पिक बाटो प्रयोग गर्ने गर्छन् । ठेकेदार कम्पनीले समयमै सडक विस्तारको काम सम्पन्न नगर्दा सवारी मात्र होइन राजमार्ग दायाँवायाँका स्थानीय पनि आजित भएका छ ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल दैनिकजसो बुटवल–नारायणगढ सडक खण्डमा चल्ने सवारी साधनहरुमा ईन्धन खपत बढी, पाटपुर्जा विग्रने समस्या धेरै हुने गरेको बताए ।
समयमा बाटो निर्माण नहँुदा साढे २ घण्टामा पुग्ने धेरैजसो सवारी साधनहरु ६ घण्टा लाग्ने अवस्थाकै कारण ईन्धन दोब्बर खपत हुने अवस्था आईपरेको बताउँछन् । अर्कोतर्फ बाटोमा भएका खाल्टाखुल्टीको कारण सवारीका पाटपुर्जा बढी भाँचिने, टायरहरु पड्किने जस्ता समस्या ब्यवसायीहरुको रहेको उनले बताए । सवारी बनाउन बढी खर्च आउने अझ खुला सीमाका कारण नक्कली पाटपुर्जा भित्रिने र यसले ठुलो धनजनको क्षति भैरहेको उनले गुनासो गरे । ‘बाटो बनाउन जति बजेट लागेको छ त्यो भन्दा बढी ब्यवसायीहरुको सवारी बनाउन पार्टपुर्जा र तेलमा खर्च भएको छ’—उनले भने ।

नेपाल सरकारको यस कुरामा बेलैमा ध्यान जानुपर्ने र विकास निर्माणको काममा जनतालाई झन सास्ती र दुख खेप्नुपर्ने परिस्थिति अन्त्य गर्न उनले आग्रह गरे । दुई महिनाअघि बाटोको खाल्टाखुल्टीमा परेर बुटवल–बर्दघाट चल्ने गाउँनगर माइक्रो सवारी समेत दुर्घटना हुन पुगेको उनले बताए । ‘आर्थिक र मानवीय क्षति हुनु भनेको दुखद हो’—उनले भने । सार्वजनिक सवारी साधन प्रयोग गर्ने मध्यम र न्यून वर्गका मानिसहरुलाई बाध्यकारी परिथितिले हवाईजहाजबाट यात्रा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

वि.सं. २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी बुटवलमा सडकको शिलान्यास गरेका थिए । निर्धारित समय सिमा सकिएर थप गरिएको एक वर्ष समेत सकिन आँट्दा दाउन्ने पश्चिम खण्डमा कार्य प्रगति मात्र २८ प्रतिशत रहेको थियो । ठूला, मझौला पुल र कल्भर्ट निर्माणको कामसँगै माटो भर्ने, विद्युत, टेलिफोन पोल स्थानान्तरण गर्ने र खानेपानी पाइपलाई ब्यवस्थापन गर्ने काम सँगसँगै भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?