ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः मदन भण्डारी स्पोर्टस एकेडेमीले टिम छनोट गर्दै

५ कार्तिक २०८०, आइतबार
५ कार्तिक २०८०, आइतबार

बुटवल, ५ कात्तिक ।

पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिताको लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो विभागीय टिमको छनोट प्रक्रिया अगाडि बढाएको छ ।

शक्ति क्रिकेट एकेडेमी पडसरीमा एक कार्यक्रमको आयोजना गरी छनोट कार्य अगाडि बढाइएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा रातो र निलो टिम र सात प्रदेशका टिम र विभागीय ३ टिम गरी १२ समूहको सहभागिता रहने बताइएको छ ।

एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीका क्रिकेट विभाग सचिव गणेश गौडेल, केन्द्रीय सदस्य सुनिल कुँवर, रितु श्रीवास्तवलगायतले प्रतियोगितामा सहभागिताबारे आ–आफ्नो धारणा राखेका थिए ।

छनोट कार्यक्रममा विभिन्न जिल्लाबाट करिब १३० जना खेलाडीहरूको सहभागिता रहेको थियोे । छनोट कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले वर्तमान अवस्थामा अनेक सम्भावना हुँदाहुँदै पनि राज्यको उदासीनताको कारण खेलाडीहरू विदेश पलायन भएको हँुदा राज्य गम्भीर हुन आग्रह गरे । फरक प्रसङ्गमा कुरा गर्दै आचार्यले जबसम्म खेलाडीहरूमा लगानी गर्न सकिदैन तबसम्म राष्ट्र अन्तर्राष्ट्रिय स्तरमा चिनिन नसक्ने दाबी गर्दै आफुहरूले एकेडेमीबाट राष्ट्रव्यापी रूपमा विभिन्न खेलकुद गतिविधि गर्दै आएको बताए ।

छनोट प्रतियोगितामा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले पोखरामा हुने खेलको लागि आफुहरू दसैं लगत्तै खेलाडीहरूलाई चार समूहमा विभाजन गरी उत्कृष्टताको आधारमा अब्बल टिम निर्माण गरी बन्द प्रशिक्षण समेत दिने बताए ।

खेलमा प्रथम पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले बताए । आइसिसीको नियम अनुसार खेलाइने उक्त प्रतियोगितामा म्यान अफ द सिरिजले नगद रु ३० हजार रूपैयाँ, बेस्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?