ट्रेंडिंग:

>> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने

मसलेदार र चिल्लो खानेकुरा नखान मृगौलाका बिरामीलाई चिकित्सकको सुझाव

४ कार्तिक २०८०, शनिबार
४ कार्तिक २०८०, शनिबार

नेपालगञ्ज, ४ असोज ।

दसैंलाई लक्षित गरी मृगौला पीडित बिरामीलाई शनिबार नेपालगञ्जमा निःशुल्क परामर्श तालिम दिईएको छ । नियमित रुपमा डायलासिस गराईरहेका बिरामीले दसैंमा खानपानमा बिशेष ध्यान दिनुपर्ने कुरालाई मध्यनजर गर्दै नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले परामर्श तालिम दिएको हो । कार्यक्रममा डाईटेसियन कुबेर गिरीले दसैंमा बनाईने मसलेदार र चिल्लो खानेकुराबाट सकेसम्म डायलासिस गराईरहेका मृगौलाका बिरामीलाई टाढै बस्न सुझाव दिए ।

उनले भने ‘हरेक स्वस्थ अथवा बिरामी मानिसको उमेर, शरिरको तौल र उचाई अनुसारको आवश्यक क्यालोरीको मात्रा फरक हुन्छ, चिकित्सकको सल्लाह अनुसार खाना खानुस् ।’ दैनिक आहारबिहारमा ध्यान दिने मृगौला पीडित विरामीहरु पनि लामो समय सम्म स्वस्थ मानिस सरह जीवन यापन गरिरहेको कैयौं उदाहरण दिएका थिए ।

यस्तै कार्यक्रममा लाइफलाइन जनरल हस्पिटलका प्रमुख डा.पारश श्रेष्ठले मृगौला पीडित बिरामीलाई खानपानसँगै निमोनिया, हेपाटाईटिस बी र फ्लू भ्याक्सिनका बारेमा जानकारी दिएका थिए । परामर्शको कमीका कारण कतिपय बिरामीहरु भ्याक्सिनको फाईदा र लगाउने समय थाहा नपाउँदा विभिन्न रोगको संक्रमणको जोखिम परिरहेको बताए । पछिल्लो समय विश्वमै मिर्गौलाका बिरामी अस्वाभाविक रुपमा बढ्दै गएको डाक्टर पारसले बताए । ‘खास गरी उच्च रक्तचाप र सुगरका कारण विश्वभरी मिर्गौलाका बिरामी बढ्दै गएका छन्’ उनले भने –‘दसैं तिहार पछि बाँकेका सबै वडामा उच्च रक्तचाप, सुगर र मृगौला परिक्षण अभियान पनि चलाउने योजनामा छौं ।’ भेरी अस्पताल नेपालगञ्ज, डायलासिस विभाग प्रमुख समेत रहेका डाक्टर पारशले बालबालिकादेखि युवा पुस्तासमेत मिर्गौला समस्यासंग जुधिरहेको जानकारी दिए । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मृगौला समस्या भयावह बन्दै गएको उनको भनाई छ ।

कार्यक्रममा चिकित्सकको परामर्श पछि मृगौलाका विरामीहरुले भेरी अस्पतालको सेवा सुविधाबारे गुनासो पोखेका थिए । करिब ६ बर्षदेखि डायलासिस सेवा लिइरहेका नेपालगञ्जका रबी श्रेष्ठले अस्पतालमा लिफ्टको ब्यवस्था नहुँदा मृगौलाका बिरामीहरुलाई डायलासिस कक्ष सम्म पुग्न अप्ठेरो भईरहेको बताए । उने भने –‘दैनिक रुपमा मृगौलाका बिरामी थपिदैछन्, डायलासिस मेसिन र जनशक्ति नहुँदा नयाँ बिरामीले पालो नपाएर तड्पिनुपर्ने अवस्था छ, तर हाम्रो गुनासोको सुनुवाई नै हुँदैन ।’ स्वाथ्य बिमा सेवा लिनलाई समेत झन्झट भएको बताउँदै उनले मृगौला पीडित विरामीलाई उपचार सेवा सहज बनाईदिन माग गरे ।

यस्तै अर्का बिरामी नरेश बहादुर माझीले नियमित डयलासिस गराईरहेका मृगौला पीडित विरामी मासिक रुपमा पाउँदै आएको भत्ता समयमा नपाउँदा उपचारमा समस्या भईरहेको गुनासो गरे ।

बिरामीहरुको गुनासो सम्बोधन गर्दै भेरी अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर संकेत रिसालले अस्पतालको अवस्था पहिलेको भन्दा सुधारोन्मुख भएपनि प्रयाप्त नरहेको स्वीकार गरे । लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको रेफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतलमा बिरामीको चाप पनि अत्यधिक रहेको बताए । डायलासिस मेसिन र जनशक्ति दुबै कमी रहेको स्वीकार गर्दै डाक्टर रिसालले भेरी अस्पतालको नयाँ भवन हस्तान्तरण भएमा धेरै कुरा सहज हुने बताए ।

हाल नेपालगञ्जको भेरी अस्पतालमा ६६ जना मृगौला पीडित विरामीले डायलासिस गराईरहेको अस्पतालले जनाएको छ । निशुल्क परामर्श तालिममा भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरको डायलासिस विभागमा कार्यरत नर्स तथा मृगौला पीडित बिरामीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?