Butwal Today

निजी विद्यालयको अभिभावकत्व सरकारले लिनुपर्छ : मन्त्री गुप्ता

४ कार्तिक २०८०, शनिबार
अ+
अ-

कपिलवस्तु,४ कात्तिक । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले निजी विद्यालयको अभिभावकत्व सरकारले लिनुपर्ने बताएका छन् । प्याब्सल लुम्बिनी प्रदेश समितिले कपिलवस्तुमा गरेको कार्यक्रममा उनले संस्थागत विद्यालयको नियमन गर्दै शिक्षा क्षेत्रमा अरबौं लगानी गरी महत्वपूर्ण योगदान पु¥याएका निजी विद्यालयप्रति राज्यले पनि अभिभावकत्वको जिम्मेवारी लिनु पर्ने बताएका हुन् ।

संस्थागत विद्यालयहरु शिक्षामा मेरुदण्ड सावित भएको थुप्रै सुचकहरुबाट पुष्टी भएको भन्दै मन्त्री गुप्ताले निजी शैक्षिक संस्थाहरुप्रति सकारात्मक धारणा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरी पाण्डे, प्याब्सन लुम्बिनी सल्लाहाकार महेन्द्र अधिकारी, प्याब्सन प्रदेश उपाध्यक्ष केशव सापकोटा, चेम्बर अफ कमर्स केन्द्रीय सदस्य महादेव पोखरेल, प्याब्सन नवलपरासी अध्यक्ष गुरुदत्त पौडेल, प्याब्सन कपिलबस्तुका अध्यक्ष सुन्दर पाण्डे, प्याब्सन दाङ्गका अध्यक्ष मधु सुदन के.सी., रोटरी क्लब कपिलबस्तुका अध्यक्ष विष्णु माया अर्याल, संजिवनी सामुदायिक अस्पताल चन्द्रौटाका अध्यक्ष टोपलाल पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले बताए ।