ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

डी.भी.चिट्ठाको नतिजापछि

चिरकालदेखि स्वतन्त्र रही आएको हामी, स्वतन्त्रताको त्यही इतिहासले दिने स्वाभिमानको खोक्रो बोक्रो ओढेर शताब्दीयौंदेखि चिरनिद्रामा सुतिरहेका छौं ।
४ कार्तिक २०८०, शनिबार
४ कार्तिक २०८०, शनिबार

दुई साता अघितिर पछिल्लो व्याचको एम.बी.बी.एस. परीक्षाको नतिजा आयो । त्यस अघि बी.ई.को नतिजा आएको थियो । यी नतिजापछि सम्वत् २०८० को दशैं आएको छ । वर्षौको मिहिनेतको वावजुद परीक्षामा अनुतीर्ण हुनेहरू त दुःखी हुने नै भए । तर परीक्षामा राम्रै अंक लिएर पास हुनेहरूलाई पनि म दुःखी नै देखिरहेको छु । तिनका आँखामा म अनन्त आशंका र भय देखिरहेको छु । तिनका अनुहारमा म त्यही भयले सिर्जना गरेको अनन्त जिज्ञासा र अनिश्चयको प्रतिविम्वि देखिरहेको छु ।

स्नातक पास गरेका नवयुवाहरू मेडिकल र इन्जिनियरिङ काउन्सिलको लाइसेन्स परीक्षाको तयारी गरिरहेका छन् । तर तिनको आँखामा उर्लिनु पर्ने जोशको नदी पूरै गायव छ । स्नातोकोत्तर पास गरिसकेका परिपक्व युवाहरूका आँखामा पनि जीवनबोधको गहिराई अनुपस्थित छ ।
यस्तो किन भएको छ भने मुलुकमा ती आफ्नो भविष्य देखिरहेका छैनन् । सरकारले लोकसेवा मार्फत रिक्रुटमेन्ट लिन छाडेको वर्षौ भइसक्यो । छात्रवृत्तिमा पढ्न पाएकाहरूले सरकारी शर्तहरू पूरा गर्न कठिन छ भन्दछन् । बेरोजगारीको बढोत्तरी उल्लेखनीय छ । स्वास्थ्यकर्मी र पेशाकर्मीहरूले दिनहुँ जसो कुटाई खाइरहेका छन् । विकृति, विसंगति र भ्रष्टचारले रजगज गरिरहेको छ । राम शाह पथबाट न्यायले उहिल्यै कुलेलम ठोकिसकेको छ । त्यसैले तिनका आँखामा दोधारमा अल्झिएका अस्थिर सपनाहरू छन् । आशंका र भय छन् । चरम निराशा र पीडाबोध छन् ।

ती सबै अस्थिर सपनाहरू, आशंका, भय र चरम निराशा अनि पीडाबोध हरेक वर्ष जस्तै यस वर्ष पनि अमेरिकी डी.भी. चिट्ठाको लामो लाइनमा उभिएर पोखिएको छ । अमेरिका पुग्न आज सिंगो र सग्लो युवा पिंढी किन मरिहत्ते गरिरहेको छ ? अमेरिका आज किन नानीरुको सपनाको गन्तव्य भएको छ ? किनभने तिनले देखिरहेका छन्–अयोग्य शासकहरूले अनवरत दुरभिसन्धि गरिरहेको देश हो यो । दुर्जनहरूले रजगज गरिरहेको देश हो यो ।

के छ अमेरिकामा त्यस्तो ? के हो अमेरिका ?

पृथ्वीनारायण शाहको पाला ताका ब्रिटीश साम्राज्यको दासतामा छट्पपटिइरहेको दुखिया देश न थियो अमेरिका ! दुई सय ४९ वर्ष अघि नै नेपाल राज्यको भौगोलिक जग बसिसक्दा अमेरिका स्वतन्त्रताको लडाई लड्दै थियो र सन् १७७६ मा मात्रै दासताबाट मुक्त भएको थियो ।
सयौं वर्षको देशीविदेशी गुलामी सहेर छिमेकी चीन स्वतन्त्र भएको जम्माजम्मी ७४ वर्ष भयो । शताब्दीयौं अनेकन साम्राज्यहरूको दासतामा पिल्सिएर अंग्रेज साम्राज्यको दासताबाट छिमेकी भारत मुक्त भएको जम्माजम्मी ७६ वर्ष भयो । हामी भने भाग्यमानी थियौं । हामीले विदेशी दासता सहनु परेन । त्यस्तो दासताका विरुद्ध लड्नु परेन ।
अमेरिकी स्वतन्त्रताको अढाई शताब्दी र चिनीया तथा भारतीय स्वतन्त्रताको पौने शताब्दीको अवधिमा तिनले गरेका काम र प्रगति भने आश्चार्यजनक देखिन्छन् । तिनले भौतिक विकास र पूर्वाधारमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । सुचना प्रविधिको उच्चतम विकासले ती अन्तरिक्ष युगमा पुगिसकेका छन् ।

सात समुद्रपारिको अमेरिका तथा दुबै छिमेकी चीन र भारतले नेपालको भूमिलाई रणनैतिक दृष्टिले हेरिरहेका छन् । राष्ट्रिय स्वार्थका लागि विकासका नाममा तिनले हाम्रा अघि अनेक प्रस्ताव राखिरहेका छन् । अनेक परियोजना लिएर आएका छन् । गरिबी निवारणका नाममा तिनले हामीसँग अनेक शर्तहरू राखिरहेका छन् । हामी भने लामो समयदेखि तिनका नजरमा याचक मात्रै भएका छौँ ।
चिरकालदेखि स्वतन्त्र रही आएको हामी, स्वतन्त्रताको त्यही इतिहासले दिने स्वाभिमानको खोक्रो बोक्रो ओढेर शताब्दीयौंदेखि चिरनिद्रामा सुतिरहेका छौं । कुनै पनि साम्राज्यको दास हुनु नपरेको गौरवबोधले छाती जति चौडा गरे पनि आत्मसम्मानपूर्वक बाँच्ने हाम्रो आधार भने दूरसम्म देखिदैन । हामीलार्ई मागेरै माघ कटाउने बानी लागेको छ ।

मुगलान वा खाडीमा पसिना बगाएर कफिनमा बन्द भई आउने दुखियाहरूको दुःख र पीडाको के कुरा ! तिनका क्षत्विक्षत् सपनाको के कुरा ! तिनले कमाएको रेमिट्यान्समा लात्तीको पार लाएर सत्ताको जुवा खेलिरहेका राजनीतिक खेलाडीरुको के कुरा !
यहाँ त स्वार्थहरूको तानातानमा सपनाको व्यापार भइरहेको छ । हाम्रा नानीहरूलाई अष्ट्रेलियाको सपना देखाइएको छ र ती देखिरहेका छन् । हाम्रा युवाहरूलाई अमेरिकाको सपना देखाइएको छ र ती देखिरहेका छन् । पाखुरीमा पाइन हुने सबै नौजवानहरूलाई सात समुद्रपारिको सपना देखाइएको छ र ती देखिरहेका छन् ।

किन हाम्रा नौजवानहरू सुदूरको सपना देख्न बाध्य छ ? किन ती आफ्नै माटोको सपना देख्नबाट वञ्चित छ ? किन ती आफ्नै देशलाई कर्मभूमि बनाउने सपना देख्ने हिम्मत गरिरहेको छैन ?
सपनाको व्यापार गर्न यहाँ बाहिरबाट कोही आएको छैन । सपनाको दलाल व्यापारी यहींका नेताहरू हुन् । राजनीतिक दलहरू छन् । न्यायधीशहरू हुन् । उच्चपदस्थ अधिकारीहरू हुन् । विचौलियाहरू हुन् । मानव तस्करहरू हुन् ।
यहाँ सपनाको दलाल व्यापारी भएर सबैभन्दा धेरै धन कमाउने कोही छन् भने नेताहरू छन् । दलहरू छन् । न्यायधीशहरू छन् । उच्चपदस्थ अधिकारीहरू छन् । विचौलियाहरू छन् ।

देशमा अनवरत सत्ताको खाल जमिरहेछ । राजनीति गन्दे जुवा भएको छ । श्री ३ महाराजाले इतिहासमा फुकुवा गरेको टुँडिखेल भएको छ सङ्घीयता । र, त्यो टुँडिखेलमा अनवरत जुवा चलिरहेको छ । देश त हेर्दाहेर्दै विचौलियाहरूको कर्मभूमि भएको छ । ठग र दलालहरूको स्वर्ग भएको छ । तस्कर र काला बजारीहरूको मैदान भएको छ । अनि न हरेक वर्षजस्तै यो वर्ष पनि पढे लेखेका नवयुवाहरू अमेरिकाको डी.भी. चिट्ठा भरेर नतिजा कुरिरहेका छन् । डी.भी. चिट्ठाको नतिजाले केही सय नेपालीहरूलाई सपनाको देशमा पु¥याउने छ । र, लाखौं युवाहरूलाई भने थप निरास पार्नेछ । ती लाखौं युवाहरू अन्ततः घरखेत दलाललाई बन्धकी राखेर लिएको रिन र पासपोर्ट सुम्पेर खाडीको भिसा कुरिरहेका हुने छन् ।

इतिहासमा कहिल्यै गुलाम नभएकाहरूका सन्ततिहरू भने निरन्तर गुलाम भइरहने छन् । आफ्नै पीडाबोधको गुलाम !आफ्नै सुदूर सपनाको गुलाम ! राजनीतिको गुलाम ! गरिबीको गुलाम । गुलामीको गुलाम ! अब केही तगर्नै पर्छ । गुलाम सन्ततिहरूले पुर्पुरो ठोकिरहेको दृश्य हेर्दै निरन्तर सत्ताको खालमा जमिरहेको राजनीतिलाई सही बाटोमा ल्याउन केही त गर्नै पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?