ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

फेरिएको दसैं यात्रा

विगतका बर्षहरूमा एउटै मात्रै विकल्पको रूपमा रहेको सर्वजनिक सवारी साधन बसको विकल्पमा अहिले निजीस्तरमा सयौंको संख्यामा सवारी साधन थपिएका कारण मानिसको यात्रा त्यतातिर मोडिएको छ ।
४ कार्तिक २०८०, शनिबार
४ कार्तिक २०८०, शनिबार

बुटवल, ४ कार्तिक । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ का नारायण अर्याल आफ्नो जन्मघर दशैंमा जानको लागि बुटवल बसपार्क गए । अघिल्लो दिन नै टिकट लिन गएका उनले टिकट लिदै गर्दा एक जना साथीको फोन आयो । ‘गाउँसम्म जाने गरी स्कारपियो रिर्जभ भा छ, जाने भा यतै आउ’ उनले सन्धिखर्कसम्मको बसको टिकट काट्न छाडेर साथीसंगको स्कारपियोमा यात्रा बदले । शुक्रबार उनीहरू विहानै रिजर्भ गरिएको गाडीमा दशैं यात्रा गाउँतर्फ बढाए ।

गुल्मी जानको लागि बसपार्कमा पुगेकी रिता आचार्य पनि काठमाण्डौबाट आफन्तीले रिर्जभ गरेर ल्याएको बलेरोमा जन्मघर गईन । यी केही उदहारण मात्रै हुन । सार्वजनिक यातायातामा पनि दशैं तिहार लगायतका चार्डपर्व मनाउनको लागि जाने जो कोहीले पनि सहज रूपमा टिकट पाएका छन् । सहज रूपमा बसको टिकट नपाए, हाईस, त्यो पनि नभएमा ट्याक्सी समेत तयार छन् ।

केही बर्ष पहिला यो क्षेत्रबाट पहाडी जिल्लाहरूमाा जाने खासगरी गुल्मी, अर्घाखँची, पाल्पा लगायत प्यूठान लगायतका जिल्लामा जाने यात्रुहरूको लागि पश्चम नेपाल बस व्यवसायी समिति(हालप्रालि) को मात्रै थियो । तर अहिले भने यसको बिकल्पमा गाउँ गाउँमा व्यवसायी संघ संस्था थपिएका छन् । जिल्ला जिल्लामा यातायात प्रालिहरू रहेका छन् । जसकारण पनि मानिसहरूले पछिल्लो समयमा सहज रूपमा यात्रा गर्न सफल भएका हुन । बसको विकल्पमा हायस तथा जीप र जीपको विकल्पमा अहिले ट्याक्सी समेत गाउँ गाउँमा सहज रूपमा यात्रा गरिरहेका हुन । सार्वजनिक यातायातको भन्दा बढी पैसा तिर्न सक्नेले रूपमा यात्रा गरिरहेका छन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधीराम खरेलका अनुसार काठमाण्डौबाट यो क्षेत्र र पहाडी जिल्लाको लागि अहिले १०० वटा बस थप गरिएको छ । काठमाडौंबाट गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाको लागि मात्रै ७२ वटा बस थप गरिएको हो । यसको अलवा काठमाण्डौदेखि बुटवल, भैरहवाको लागि त यात्रुको चाँप अनुसार बस थप गर्दै यात्रु ओर्सादै गरिएको जानकारी दिए । उनले भने–‘अहिले बस गाडीको समस्या छैन ,हामी जती पनि थप्न तयार छौ ।’ सोही अनुसार थपीएर आएका छन् ।

शुक्रबारको दिन काठमाडौंबाट यो क्षेत्रमा आउने पश्चिम नेपाल प्रालि संगको आवद्ध बसहरूको संख्या सयौंको संख्यामा रहेको उनले जानकारी दिए । काठमाणडौ यात्रु लिन जाने बस पहाडी जिल्लाबाट जानेको लागि तेल भाडाको रूपमा १०,००० हजार उपलब्ध गराउने गरिएको छ ।
खासगरी सदरमुकाम सम्म बस मार्फत जाने जो कोही यात्रुहरूको लागि अहिले गाउँ गाउँमा सहज रूपमा बाटोको सुविधा विस्तार भएको कारण ट्याक्सी र जीपको समेत सुविधा पाएका छन् । अर्घाखाँची जिल्ला देशमै सबैभन्दा पहिला सबै गाविसमा मोटरबाटो पुग्ने जिल्ला हो । यसका अधिकांस पालिका, गाउँमा अहिले ट्याक्सी सेवा विस्तार भएको छ । जिल्ला प्रसासन कार्यालयले ट्याक्सीको भाडादर नै निर्धारण गरेर तोकेको छ जिल्लामा अहिले सयको हाराहारीमा ट्याक्सी रहेका छन् ।

गुल्मीमा जिल्लामा नि गुल्मी यातायात प्रालि, रेसुंगा यातायात प्रालि, मालिका यातायात प्रालि लगायतका आवद्ध भएका ट्याक्सी, जीप सञ्चालनमा रहेका छन् । अर्घाखाँचीमा सुपा देउराली यातायातात प्रालि, देउराली यातातात, लंका यातायता लगायतका प्रालि थप भएर सञ्चालनमा रहेका छन् ।

यस्तै पाल्पामा पाल्पा यातायात प्रालि, श्रीनगर यातायात लगायतका यातायात प्रालि सञ्चालित छन् । कपिलवस्तुमा रहेको बुद्धभुमी यातायता प्रालि, बाणगंगा यातायता प्रालि लगायतका कपिलवस्तु यातायताले समेत अर्घाखाँची, दाङ प्यूठान जिल्लामा समेत सेवा प्रदान गर्दै आएका छन् ।जसको कारण यात्रुहरूको दशैं यात्रा समेत सहज हुने गरेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?