Butwal Today

एसीसी यू- १९ प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र जापान भिड्दै

४ कार्तिक २०८०, शनिबार
अ+
अ-

काठमाडौँ, ४ कात्तिक  ।

मलेसियामा जारी एसीसी यू- १९ प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शनिबार) नेपाल र जापान भिड्दैछन्।

मलेसियाको वाइएसडी क्रिकेट ओभल बाँगीमा हुने खेल बिहान सवा ७ बजेदेखि सुरु हुनेछ। नेपाल नेपाल समूह ‘ए’ र जापान समूह ‘बी’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका हुन्।

समूह चरणमा नेपालले इरानलाई २ सय ७४ रन दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो।

समूह चरणको अन्तिम खेलमा साउदी अरेवियालाई ३ सय १ रनले हराउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो।

उता समूह ‘डी’ मा रहेको जापानले भने हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रन, इन्डोनएसियालाई ९ विकेटले हराएको थियो।

मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ६ रनले हराउँदै समूह  विजेताको रुपमा नेपाल सँगको भेट पक्का गरेको थियो।

आजै हुने दोस्रो सेमिफाइन खेलमा समूह ‘बी’ को विजेता युएई र समूह ‘सी’  को विजेता सिंगापुर भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे हुनेछ।

प्रिमियर कपको फाइनल मंगलबार हुनेछ।

फाइनल पुग्ने दुई तथा तेस्रो स्थानमा रहने एक गरि तीन टोलीले आगामी डिसेम्बरमा हुने एसिया कपमा स्थान बनाउनेछन्।