ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

मन्दिको मारमा ‘खसीबोका किसान’

३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), ३ कार्तिक । “विगतका बर्षमा चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल हुन्थ्यो । तर पछिल्लो समय आर्थिक मन्दीले बजार थला परेको छ । बजार मात्र नभएर आम नागरिकको जनजीवन समेत प्रभावित बन्दै गएको छ । त्यस्तै करिब ५ बर्ष पहिलेका दशैँमा खसी बजार चाडपर्वको बेला एकदमै उत्साहित हुने गरेको गर्दथ्यो तर यसपालि दशैँ मनाउने समेत पिरलो भएको छ” ; स्थानीय राकेश थारु बताउँछन् ।

एकाबिहानै दशैँ खर्च जोहो गर्न भनि आफ्नै घरका २ वटा बोको उनी बुद्धभूमि नगरपालिकाबाट चन्द्रौटा खसी बजारमा बिक्रीका लागि मंगलबार ल्याएका थिए । तिनी बोकालाई २० हजारमा बिक्रीका मूल्य निर्धारण गरेका थिए । तर उनले तोकेको बजार मूल्य नपाएपछि २ वटै बोकालाई १३ हजारमा बेचेर उनी घर फर्किए । स्थानीयस्तरमा उत्पादन भएका वस्तुले मूल्य नपाउँदा कृषक चिन्तीत बनेका छन् ।
मन्दीले झनै थलिएको बखत नेपाली उत्पादनका खसीबोकाले बजार अवस्था जरजर रहेको छ । त्यसमा नेपाल–भारत खुला सीमानाका कारण चोर नाकाबाट खसीबोका दिनहुँ नेपाल भित्रिने गरेको स्थानीय बताउँछन् । स्रोतका अनुसार यसरी अवैध रूपमा खसीबोका चोरी निकासी गरि भित्रिँदा समेत सरकारले त्यसमा कडाइ गर्न नसकेको कारण झनै बजार अवस्था खस्किएको आँकलन गर्ने गरिएको छ ।
कपिलवस्तुको मुख्य व्यापारिक केन्द्र रहेको चन्द्रौटा बजारका स्थानीय बाख्रा व्यवसायीले अवैध खसीबोकाको बिगबिगीले स्थानीय बाख्रा व्यवसायीको पेशामा ठूलो चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शिवराज नगरपालिका वडा नम्बर–५ अवस्थित नन्दकली बाख्रा फर्मका सञ्चालक ज्ञानेन्द्र लामिछानेले स्थानीय व्यवसायीले उत्पादन गरेका खसीबोकालाई चाडपर्वले नछोएको बताउँदै बिक्री भएपनि उचित मूल्य नपाएको गुनासो गरे । उत्पादन भएका वस्तुलाई बाध्यताले काठमाडौं पुयाउँदा बढी भाडा लगायत खर्चिलो हुने हुँदा लगानी समेत उठाउन चुनौती थपिएको उनी बताउँछन् ।
तराईका विभिन्न नेपाल–भारत सिमा नाकाबाट नेपालमा भारी मात्रामा भित्रिएको हुँदा स्वदेशी खसीबोकाले उचित मूल्य पाउन सकिरहेका छैनन् । पछिल्लो समय दिनहुँ तस्करको चोरी निकासीले नेपालमै उत्पादित खसीबोका बाख्रामा गरिएको लगानीसमेत निकाल्न चुनौती देखिन्छ । चाडपर्व लक्षित गरि पछिल्लो समय खासीबोका तस्करहरूको गिरोह नै सक्रिय रहेको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार तस्करहरू भारतबाट अवैध नाकाबाट नेपाल भित्रयाएपछि दर्ता भएका फर्मको नाममा विल लगायतको कागजपत्र बनाई काठमाडौं लगायतको शहरमा निर्यत गर्ने गरेका छन् ।

पाँच बर्षदेखि खसीबोका व्यापार गर्दै आएका अर्घाखाँचीका टेक बहादुर खत्रीले चाडपर्वको समय पनि खसीबोकाको व्यापार उत्साहजनक नभएको बताए । विगतको तुल्नात्मकरूपमा ७० प्रतिशत व्यापारमा कमी भएको बताउँदै काठमाडौँ लगायतको शहरको मूल्यको आधारमा गाउँगाउँबाट खरिद गर्दा बजारमा ल्याएर बिक्री गर्दा निकै असहज भएको उनले उल्लेख गरे । कपिलवस्तुको चार नम्बर दरखासबाट चन्द्रौटा खसी किन्न आएका निशा श्रेष्ठ मंगलबार एकाविहानै चन्द्रौटा घरमा पालन बसीबोका खरिद गर्न आएकी बताइन् । यस क्षेत्रकै ठूलो खसी बजारमा गई आफ्नो क्षमता र रुचि अनुसारको खसीबोका खरिद गर्न समेत सहज भएकोले आफू चन्दौटा बजार आएकी बताउँछिन् ।
यस्तै चन्द्रौटा पशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष अब्दुल कुद्दुसले प्रत्येक मंगलबार बिहान बजार लाग्ने गरेको बताए । यस बजारमा खसीबोका सस्तो पाइने भएकोले अहिले दशैँ नजिकिएकोले बजारमा घुइँचो समेत बढेको जनाउँदै विगतको तुलनमा न्यून रहेको बताए । बिक्रीका लागि वस्तु बढी आएपनि उपभोक्ता कम आएका कारण बिक्र कम भएको उनले जिकिर गरे । दाङ, प्युठान, अर्घाखाँची, रूपन्देही र नवलपरासी लगायतको जिल्लाहरूबाट उपभोक्ता तथा व्यापारी खरिदबिक्रीका लागि आउने गरेको कुद्दुसले बताए । स्थानीय विभिन्न जिल्लाबाट खरिदबिक्रीका लागि मानिस आउने गरेको भए पनि विगतभन्दा अहिले दशैँमा त्यति चहलपहल नभएको उनले जिकिर गरे ।

व्यवसायीले मर्कामा परेको गुनासोप्रति उनले स्थानीय कृषकलाई प्राथमिकतमा राखेर बजार व्यवस्थापन गरेको बताउँदै चोरीतस्करीका खसीबोका हाटबजारमा नआएको अध्यक्ष कुद्दुसको भनाइ छ । खरिद गरेको उपभोक्ताबाट प्रति जिउ ५० का दरले रवाना काट्ने गरेकोे बताए । जग्गा लिजमा लिइ विगत दुई दशकदेखि पशु हाटबजार लाग्दै आएको कुद्दुसले बताए । सरकारले मापदण्ड अनुसार खसीबोका बजारीकरणको उचित व्यवस्थापन गर्न नसक्दा स्वदेशी व्यापारी र बाख्रा फर्म व्यवसायी मर्कामा पर्दै आएका छन् । नेपाल–भारतको खुल्ला सिमा नाकाकारण भारतबाट अवैधरूपमा खसीबोका नेपालमा आयत हुँदा किसानहरू मर्कामा परेको गुनासो बढ्दो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?