ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

दशैंकै मुखमा हावाहुरीको बितण्डा

३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

धान भित्राउँदै दशैं मनाउने किसानहरूको बर्षौदेखिको परम्परा हो । यो बर्ष भने धान भित्राउने बेलैमा हावाहुरीले किसानको सपनामाथि बज्रपात गरेको छ । सोमबार राती आएको हावाहुरीको बितण्डा कुनै एक प्रदेश वा क्षेत्रमा भन्दापनि देशैभरी फैलियो । जसका कारण मानो रोपेर मुरी उब्जाउने किसानको सपनामाथि आघात पुगेको छ । त्यसै त अहिले धान खेती गर्न सजिलो छैन । अनेक परिश्रम गरेर धान थन्क्याउने बेला परेको वर्षाले किसानको ठूलो क्षति भएको छ । पहिले दशैं नलाग्दै वर्षा थामिन्थ्यो । दसैं मनाएपछि बाली भित्राउने चटारो हुन्थ्यो । चरामुसा लागे पनि यसरी काटेर सुकाएको धानको पाँजा नै भिजाउने गरी पानी पर्दैनथियो । तर, केही वर्षयता जलवायु परिवर्तनका कारण बेला न कुबेलाको पानीले धान बाली बिगार्न थालेको छ । दुई बर्षअघि पनि यस्तै अविरल बर्षाले लाखौं किसानको धान खेतमा बिउ उम्रिने अवस्था आएको थियो । हावाहुरीसंगैको पानीले धानको पाँजा नै डुब्दा किसानमाथि असह्य पीडा थपिएको छ । यस प्रकारका कारणले आयातमा निर्भरता बर्सेनि बढाउँदै लगेको छ । केही वर्षसम्म अन्न निर्यात गर्ने मुलुक समग्रमा मात्र होइन ‘अन्नको भण्डार’ मानिने नेपालको तराईमा समेत चामल आयात गर्नुपर्ने अवस्था छ । यो कृषि प्रधान देश नेपालका लागि लज्जाजनक कुरा हो ।

त्यसै त किसानका लागि बेमौसमी बर्षा हरेकपटक समस्या बन्दै आएको छ । त्यसमाथि समयमै मल नपाउँदा किसानले उल्टो सास्ती खेप्नुपरेको छ । उत्पादनमा कमी हुने चिन्तामाझ किसानले बल्लतल्ल रोपेको धान स्याहार्ने बेलामा आएको पानीले उत्पादनमा समेत असर पुग्ने भएको छ । धान ढलेको छ । यस्तो अवस्थामा सरकारले दिने अनुदान किसानका लागि अर्थहीन हुँदैगएको छ । दुई बर्ष अघि पनि किसानको धान ढल्दा राहतको कुरा उठ्यो । सरकारले किसानलाई राहत दिने भन्यो । किसानको आँखामा छारो हाल्ने काम भयो । अहिलेपनि सरकारले धेरै क्षति भएको किसानको लागि राहतको आश्वासन दिएको छ तर आश्वासनले किसानको चुलो बल्ने अवस्था छैन । जलवायु परिवर्तनका कारण अहिले बेमौसमी बर्षाको समस्या उत्पन्न भएको छ । कुनै प्राकृतिक कारणले बाली नोक्सान भएपनि किसानलाई क्षति नहुने एउटा उपाय कृषि बिमालाई व्यापक र सहज बनाउनेतर्फ पहल जरुरी छ । यसैगरी मौसम विज्ञानमा भएको प्रगतिले धेरै हदसम्म मौसम पूर्वानुमान गर्न सकिने भएको छ । तर, बेलैमा किसानसम्म जानकारी पुग्ने संयन्त्र र अभ्यास छैन । मौसमको सही सूचना सकेसम्म चाँडै किसानसम्म पुग्ने व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ । राज्यले अब धान खेतीमा क्षति भएका किसानको लागि केही गरोस् । हरेक पटक नयाँ सरकार बन्ने वित्तिकै किसानका लागि ठूला ठूला आश्वासनका पोका आउँछन, बदलामा किसानले राहत पनि पाउन नसक्ने अवस्था छ । अब किसानलाई उत्पादन बढाउन अभिप्रेरित गर्न ठोस सहयोगको खाँचो छ । यसतर्फ नेपाल सरकारका साथै प्रदेश र स्थानीय पालिकाहरूले पनि सोच्ने बेला आएको छ । सरकारले किसानको सुरक्षा गर्ने हो भने बाली बिमा गर्ने व्यवस्था गरोस् । यसपटक तत्काल धानमा भएको क्षतिको विवरण संकलन गरेर किसानलाई भएको नोक्सानीको सरकारले क्षतिपूर्ति दिने व्यवस्था मिलाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?