ट्रेंडिंग:

>> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

सल्यानको दमाचौरमा पाँचौ दशैं विषेश खेलकुद र सांस्कृतिक कार्यक्रम

२ कार्तिक २०८०, बिहीबार
२ कार्तिक २०८०, बिहीबार

सल्यान,२ कात्तिक । सल्यानको दमाचौरमा पाँचौ दशै विषेश खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ को प्रतिभाशाली युवा क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत विहिबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खेलकुद प्रतियोगितासंगै गाउँपालिकाले संचालन गरेको करांते खेलको समेत उद्घाटन गरेका छन् । सो अवसरमा कराँतेको स्पाईक प्रदर्शन गरिएको थियो ।

चार दिन सम्म संचालन हुने कार्यक्रममा टोल स्तरिय खुला भलिवल प्रतियोगिता र साविक दमाचौर गाविसका वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको प्रतिभासाली युवा क्लबका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिए । खेलकुद प्रतियोगिता उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले स्वस्थ, अनुशासित, लगनशील जनशक्ति उत्पादन र मनोरञ्जनका लागि खेल क्षेत्रको महत्व रहेको चर्चा गरे । उनले चाडपर्वको मौलिकता जोगाउदै सभ्य र सुसंस्कृत रुपले आपसी एकता कायम राख्दै दशै तिहार मनाउन अनुरोध गरे ।

कार्यक्रममा छत्रेश्वरी १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम पहाडी, ६ का वडा अध्यक्ष टिकाराम बुढा लगायतले बोल्दै खेलकुद प्रवर्द्धन र मौलिक कला संस्कृति संरक्षणका लागि आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत कार्तिक ५ गते आइतबार लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सुनिता बुढा क्षेत्री लगायतका कलाकारले दमाचौरमा आएर सांगीतिक प्रस्तुती राख्नेछन् । मौलिक लोक कला संस्कृतिहरु सोरठी, पैसरी, पञ्चेबाजाको प्रस्तुती संगै राष्ट्रिय तथा स्थानिय स्तरका दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने र स्थानिय नव प्रतिभाहरुलाइ पनि स्थान दिइने कार्यक्रम संयोजक प्रकाश चन्दले जानकारी दिए ।

भलिवल प्रतियोगितामा १३ वटा समुह र फुटबल प्रतियोगितामा ८ समुहले प्रतिस्पर्धा गर्दैछन् । कला, संस्कृती, खेलकुद राष्ट्रको सानस् कृषी, शिक्षा, पर्यटन हाम्रो आह्वान भन्ने नारा सहित सुरु भएको कार्यक्रबमको उद्घाटन सत्रमा जनप्रतिनिधि, राजनिति दल, खेल समिती, कर्मचारी, बिधालयका प्रतिनिधि, विभिन्न संघ संस्था, पत्रकार , सुरक्षाकर्मि, खेलाडी , खेलप्रेमिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?