ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

बुटवल–नारायणगढ सडक निर्माणमा भएको ढिलाईले यात्रुलाई सास्ती

२ कार्तिक २०८०, बिहीबार
२ कार्तिक २०८०, बिहीबार

यतिबेला सवैतिर दशैंको माहोल छ । संघीय राजधानी काठमाण्डौंबाट हरेक दिन दशौं हजारको संख्यामा दशैं मनाउन घर फर्किनहरूको लर्को छ । दशैंमा सहज यातायात्र सुविधा पाउने आशामा बसेका यात्रु अन्ततः बुटवल नारायणगड सडक खण्डको बिजोगले दुःख झेल्न बाध्य छन । पाँच बर्षदेखि उक्त सडक भएर यात्रा गर्नेहरूले दुःख र सास्ती पाईरहेका छन । दशैं मान्न घर फर्किनेहरू अहिले उक्त सडक खण्डको अवस्था देखेर निरास हुनुपर्ने अवस्था छ । आखिर नेपालमा यस प्रकारको चरम बेथिती कहिलेसम्म ? प्रश्न उठछ, तर सरकारसंगै यसको उत्तर छैन । निर्माण कम्पनीको दादागिरी छ । चारपटक त यो सडकको म्याद थपिएको छ तर पनि सडक निर्माण पूरा हुन सकेको छैन । नेपाललाई पूर्व र पश्चिमसंग जोडने महत्वपूर्ण मार्गका रूपमा बुटवल नारायणगढ सडक खण्ड रहेको छ तर यही सडक निर्माणमा बर्षौ लाग्ने जुन परिस्थिति सिर्जना भएको छ, यसले आम नेपालीलाई चिन्ता थपेको छ । यही नियति अरू राष्ट्रिय लोकमार्गको पनि हुने हो कि भन्ने आशंका उत्पन्न हुनु स्वाभाविक छ । नेपालमा कुनैपनि विकास निर्माणको काम समयमा नै सम्पन्न नहुने ठूलो समस्याको रूपमा रहेको छ । बुटवल नारायणगढ सडकखण्ड पनि यसबाट अछुतो रहन सकेन । जुन गतिमा निर्माण कार्य हुनुपर्ने हो त्यो नहुँदा यात्रुले मात्र होइन, पर्यटकहरूमा समेत गलत सन्देश जाने अवस्था आउन सक्छ । सडक विस्तार आयोजनाको हेलचेक्र्याइँ र लापरबाहीको कारण यात्रुले घण्टौं विताउनु पर्ने अवस्था छ । सडक निर्माणको क्रममा सरकारी अनुगमन पनि सुस्त छ ।

बुटवल–नारायणघाट सडकखण्ड पानी परेको बेलामा अवरुद्ध समेत हुँदै आएको छ । जसका कारण यातायात सञ्चालनमा समेत असहज अवस्था छ । यो मार्ग अवरुद्ध हुने गरेका कारण भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि चितवनको पर्यटकीय क्षेत्र सौराहामा समेत असर परेको छ । काठमाडौं जाने आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि अन्य वैकल्पिक मार्गहरू त्यति सहज देखिँदैनन् । त्यसैले अन्य मार्ग प्रयोग गरी आवतजावत गर्नेहरूले पनि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसैले यात्रुलाई सुलभ र सहज यात्रा गराउने सरकारको कर्तव्य मात्र नभएर दायित्व पनि हो । उक्त सडक भएर जाने पर्यटकीय स्थलमा पर्यटकको संख्यामा समेत कमी आएको छ । यसमा सरकार समेत दोषी छ । निर्माण सम्बद्ध कम्पनीलाई समयमा निर्माण सम्पन्न गर्न ताकेता नगर्नुको पछिको कारणको सरकारले जवाफ दिनुपर्दछ । निर्माण कम्पनीले यो सडक समयमै पूरा नगर्नुको कारण के हो ? कसले जवाफ दिने ? निर्माण कम्पनीको म्याद पटकपटक थप गर्नुपर्ने अवस्था किन आउँछ ? यो सवैको पछिको रहस्य र कारणमाथि बिहंगमरूपमा खोजी गर्नु जरुरी छ । अहिले दशैंको मौसम छ । दशैंमा सहज यात्राको आशा राखेका यात्रु सडककै कारण सास्ती सहन बाध्य भएका छन । यस प्रकारको कछुवा गतिको निर्माणले नेपालको विकास कहिलेसम्म होला ? सरकारसंग नै यसको जवाफ छैन । अव ढिलाई नगरि सडक निर्माणका लागि सरकारले ताकेता गरोस् । पटकपटक म्याद थप गरेर निर्माण कम्पनीलाई ढिलाईमा प्रश्रय दिने काम सरकार आफैले गर्दै आएको छ । सडक निर्माणमा भएको ढिलासुस्तीले सिमा नाघेको हुँदा अव फेरीपनि ढिलाई गर्ने निर्माण कम्पनीलाई दण्डित गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?