ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

बुटवलका अधिकांश मिठाई पसलमा खान अयोग्य वस्तु प्रयोग

मिष्ठान्न व्यवसायी संघकै अध्यक्षको शिद्धबाबा मिष्ठान भण्डारको शाखा गोलपार्कमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल र उपभोग मिति सकिएको पेय पदार्थ भेटिएको हो ।
२ कार्तिक २०८०, बिहीबार
२ कार्तिक २०८०, बिहीबार

बुटवल,२ कात्तिक । बुटवलका नाम चलेका सहित अधिकांश मिठाई पसल ( मिष्ठान्न भण्डार) हरुले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने खान अयोग्य भइसकेका वस्तु प्रयोग गरेर विभिन्न परिकार बनाउने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले गरेको मिठाई पसलको अनुगमनका क्रममा नाम चलेको र चेन बिजनेस गरिरहेको गणपति मिष्ठान भण्डार,सिद्धबाबा मिष्ठान भण्डार सहितका मिठाई पसलहरुले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको हो ।

शिद्धबाबा मिष्ठान भण्डारको शाखा गोलपार्कमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल र उपभोग मिति सकिएको पेय पदार्थ भेटिएको हो । चाडपर्वको बेलामा बढी विक्रि वितरण हुने मिठाई सहितका परिकार तयार गर्ने क्रममा अधिकाशं मिष्ठान भण्डारमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल प्रयोग गरेको पाइएको हो ।

कराईमा तारेको तेललाई पटक पटक प्रयोग गरेर अखाद्य अवस्थामा पुग्दा पनि प्रयोग गर्ने गरेको पाइएको हो । अनुगमनका क्रममा बुटवल ट्राफिकचोकको गणपति मिष्ठान भण्डारमा प्रिmजमा राखिएको खाद्य सामग्रीमा ढुसी लागेको र खान नमिल्ने अवस्थामा पुगेको तेल प्रयोग गरेको भेटिएको हो । तारेको तेलमा टिपिएम मापन गर्दा ५० भेटिएको खाद्य गुण तथा नियन्त्रण कार्यालय भैरहवाका प्रविधिक निरिक्षक दिपक कुमार यादबले जानकारी दिए । यस्तो तेलमा २५ भन्दा कम टिपिएम हुनुपर्नेमा ५० टिपिएम भेटिएको हो ।यसरी तारेको तेलमा खानेकुरा पकाए खाए क्यान्सर रोगको जोखिम हुने गरेको खाद्य निरिक्षक यादबले बताए ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा उपभोक्ता हित संरक्षण मंच बुटवलका अध्यक्ष समुन्द्र जिसी सहितको टोलीले गरेको अनुगमनमा बुटवल १७ मोतिपुरमा रहेको दुर्गा मिष्ठान भण्डारमा ढुसी लागेको १० किलो पेडा फेला पारेको छ । फ्रिज भित्र राखिएको १० केजी पेडामा ढुसी लागेको फेला पारेपछि अनुगमन टोलीले तत्काल नष्ट गरेको छ । खाद्य पदार्थको भण्डारण , भान्सा , फ्रिजको सरसफाईको मापदण्डको पालना गरेर मात्र मिठाई र अन्य खानेकुरा तयार गर्न बजार अनुगमन समितिको संयोजक उपप्रमुख सावित्रादेवी अर्यालले निर्देशन दिएकी छन् ।
यस्तै आर्दश नगरमा रहेको महालक्ष्मी मिल्क सेन्टरमा अनुगमन गर्दा १३ पोका लेबल नभएको पनिर भेटेपछि तत्काल जफत गरेर नष्ट गरिएको छ । त्यस्तै ट्राफिक चोकमा रहेको कस्तुरी मिष्ठान भण्डारमा कराईमा तारेको तेल चेक गर्दा प्रयोग गर्न नमिल्ने र २ किलो रसबरीमा अखाद्य बस्तु भेटिएपछि नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए । उनले अधिकांश मिठाई पसलले जनताको स्वास्थ्यमा खेलवाड गरेको पाइएकाले बुटवलमा निरन्तर रुपमा अनुगमनको आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?