ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

जलवायु परिवर्तन अनुकूलनका लागि नेपालले ५० करोड पाउने

१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

काठमाडौं,१ कार्तिक । विश्व समुदायले जलवायु परिवर्तन अनुकूलनका लागि सङ्कलन गरेको रकमबाट नेपालले ५० करोड पाउने भएको छ । जलवायु परिवर्तनलाई कम गर्न नेपालले गरेका अभ्यास र मेहनतका आधारमा उक्त रकम आउन लागेको हो ।
त्यो सबै रकम यसपालि मुस्ताङ पठाउने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए । जलवायु संरक्षण बापत अन्तर्राष्ट्रिय संस्थाबाट नेपाललाई ५० करोड प्राप्त हुँदै छ, त्यो सबै रकम मुस्ताङलाई दिने प्रधानमन्त्री दाहालले बताए । गत साउन २८ गते मुस्ताङको कागबेनीमा बाढीका कारण ठुलो क्षति भएको छ । मुस्ताङ सबैभन्दा कम पानी पर्ने क्षेत्र पनि हो । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण बर्सात हुन थालेको छ । एक अध्ययन अनुसार मुस्ताङ जिल्ला नेपालमै सबैभन्दा बढी तापक्रम बढेको जिल्ला पनि हो । अन्य क्षेत्रमा वर्षेनी शुन्य दशमलब ०१ प्रतिशत तापक्रम बढ्छ भने मुस्ताङमा शुन्य दशमलब ०१ प्रतिशत तापक्रम वृद्धि भएको उक्त अध्ययनले देखाएको छ । यसको अर्थ अन्य क्षेत्रमा भन्दा १० गुणा बढी तापक्रम मुस्ताङमा बढेको छ ।

पछिल्ला समय नेपालको हिमाली क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ । हिउँ पग्लिने र त्यसबाट बाढी आएर धनजनको क्षति हुन थालेको छ । २०७८ सालमा मनाङमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ । हिमाली क्षेत्रका नागरिकहरूले वर्षाबाट जोगिन छाना फेर्न थालेका छन् । केही वर्ष अघिसम्म माटोकै घर र माटोकै छत भएका यहाँका घरहरूमा अहिले जस्तापाता र कंक्रिट देखिन्छ ।
घरको बनोट फेर्नुमा जलवायु परिवर्तनलाई हेरिएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार मुस्ताङमा जलवायु परिवर्तनले पारेका असरबारे स्थानीयसँग अन्तरक्रिया गर्ने क्रममा हिमालय क्षेत्रको संरक्षणका लागि सरकार गम्भीर भएर लागेको बताए । उनले अन्तर्राष्ट्रिय फोरमहरुमा पनि नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे निरन्तर आवाज उठाउँदै आएका छन् । संयुक्त राष्ट्र संघको महासभा र रोममा भएको खाद्य सम्मेलनमा नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असर र जनधनमा परेको क्षतिबारे जानकारी गराएको प्रचण्डले बताए ।

जलवायु परिवर्तनकै लागि यो कार्यक्रम राखिएकोले नेपालमा जोखिम न्यूनीकरणका लागि कोषको व्यवस्था गरिदिन पहल गर्ने उनले बताए । जलवायु परिवर्तनकै असरबारे प्रत्यक्ष जानकारी गराउन संयुक्त राष्ट्र महासङ्घको महासचिवलाई नेपाल घुम्ने निम्तो दिएको उनले सुनाए । फरक प्रसङ्गमा उनले मुस्ताङको उत्पादनलाई बजारीकरण गर्न नयाँ शिराबाट अगाडि बढाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?