ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

‘राजमार्ग’ नै अस्पतालको पार्किङ्ग

प्रदेशकै विशिष्टीकृत अस्पताल भनिएको लुम्बिनी प्रादेशिक अस्पतालको मुख्य पार्कीङ्ग नै सिद्धार्थ राजमार्ग हो । अस्पतालले समयमा नै पार्कीङ्ग व्यवस्थापन गर्न नसक्दा सडकबाट दर्जन बढि साधनहरू चोरी भएका छन् । अस्पतालका सेवाग्राहीको सवारी साधन चोरी हँुदा जिम्मेवारी लिने निकाय कोही छैन ।
१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

बुटवल, १ कार्तिक । रूपन्देहीको मंगलापुरका किसन थापा श्रीमतीको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आउँदा पार्किङ्गमा समस्या भोगे । उनले श्रीमतीलाई पाँच दिनसम्म अस्पतालमा राख्दा निकै असहज महसुस गरे । श्रीमतीलाई चाहिने सामान लिन जानुपर्ने आएर कहाँ मोटरसाईकल राख्ने हो ठाउँ चाहार्दामा समय जान्थ्यो । यति ठूलो अस्पतालमा पनि यस्तो समस्या हेर्दा सामान्य लागे पनि समस्या भोग्नेलाई मात्रै थाहा हुने उनी बताउँछन् ।

उनले पहिले आउँदा पैसा तिरेरै अस्पताल हाताभित्र पार्किङ्ग गरेका थिए । पछिल्लो समयमा भित्र अस्पतालको गार्डले जान नदिने बाहिर पार्किड्ड गर्दा बाटो हिँड्ने मानिस स–साना व्यवसाय गर्ने व्यापारीलाई असहज त्यसमाथि मोटरसाईकल राखेपछि अव्यवस्थितका कारण निकाल्नै धौ–धौ । खाली स्थानमा राखे प्रहरीले राख्न नदिने । यसले अस्पतालमा सेवा लिन आउने सर्वसाधारणले सास्ती भोगिरहेको उनले बताए । पार्किङ्गको व्यवस्थापन अस्पतालले छिटो भन्दा छिटो गर्नुपर्नेमा उनको सुझाव छ ।

रूपन्देहीको मोतिपुरका राजु पौडेलले पार्किड्डको व्यवस्था नहुँदा आफ्नो साईकल नै हराएको बताए । अस्पताल बाहिर साईकल राखेर बिरामी दाई हेर्न गएको थिएँ । करिव एक घण्टामा आउँदा साईकल नै थिएन । चापी फोरेर साईकल नै कस्ले लग्यो पत्तै भएन । अनावश्यक रूपमा क्षति भयो । कस्लाई भन्ने पार्किड्ड भएको भए सुरक्षित त हुने नै थियो हराए पनि भन्ने ठाँउ हुन्थ्यो होला । यो विषयलाई अस्पतालले गम्भीर रूपमा लिन पौडेलले अनुरोध गरे ।
मोतिपुरकी जुना थापाले गएको महिना आफनो अन्टीले छोरी जन्मिाएपछि खुशीले भेट्न आईन । उनी पनि स्कुटर पर्किङको समस्यामा परिन । थापा भन्छिन् –‘साँझ परेको थियो अस्पतालमा पुगे । अस्पतालको गार्डले राख्न भने पछि मैले बाहिर रोडकै छेउमा स्कुटर राखे । त्यो दिन एकछिनमा ठूलो पानी प¥यो । पानी रोकिए पछि घर जान निस्कँदा स्कुटरको स्टाट नै भएन । अब के गर्ने बाटो छोड्न नि नहुनी रातीमा घर लैजान खुल्दैन आपत प¥यो मलाई । यति धेरै बिरामी आउने अस्पतालमा सामान्य पार्किग नहुनु भन्ने त दुखद पक्ष हो । यो विषयमा अस्पताल र सम्बन्धित निकायले ध्यान दिन पर्छ । उनी भन्छिन् –‘त्यो दिन रातीमा कस्तो आपत प¥यो पछि अस्पतालको गार्ड दाईसँग आफनो समस्या बताए पछि अस्पताल भित्र स्कुटर राखेर म घर फकिएको छु । ’
अस्पतालमा पाकिङ्ग समस्या मात्रै होईन, पछिल्लो समयमा पार्कीङ्ग बाहिरबाट दर्जन बढि मोटरसाईकल, स्कुटर चोरी भएका छन् । यसरी सरकारी अस्पतालबाट सवारी साधान चोरी भएपनि यसको कुनै पनि जिम्मेबार लिने निकाय नै छैन ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष अजयमान श्रेष्ठले पर्किङको समस्या भएको स्वीकादै आफुले छिटो नै समस्या समाधानका लागि ब्लड बैक अगाडी रहेको खाली जमिनमा पार्किङको व्यवस्था गर्न लागेको बताए । उनले अस्पतालले शुल्क लिएर पार्किग गर्न नपाउने भएकाले पनि समस्या सृजना भएको भन्दै यसका लागि बुटवल उपमहानगरपालिका र ट्राफिक प्रहरीसँग सहकार्यका लागि कुरा अगाडी बढाइएको बताए । त्यहाँ पार्किङलाई व्यवस्थित गर्न अस्पतालले दुई जना गार्डको व्यवस्था गर्ने सम्मको तयारी भएकाले दशै तिहार लगतै समस्या समाधान हुन श्रेष्ठले बताए ।
आजभोली सामान्य घर बनाउदा त पार्किगका लागि जग्गा छुट्याउने समयमा प्रदेश कै ठुलो अस्पतालमा पार्किग नहुँदा सर्वसाधारणलाई समस्या परेको छ । दैनिक सयौ बिरामी आउने अस्पतालमा यसरी पार्किगको समस्या हँुदा धेरै विरामी र विरामीका आफन्त मारमा परेका छन् । यो विषयमा अस्पताल प्रशासन र बुटवल उपमहानगरपालिकाको कहिले पुग्ला ध्यान रु अस्पतालमा सेवा लिन सवारी साधन लिएर आउने सेवाग्राहीको गहुँगो प्रश्न छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?