ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

‘आर्थिक संकटको असर दशैं बजारसम्मै’

१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

यतिबेला गाउँघरमा बेग्लै रौनक हुनुपर्ने हो । देश परदेशबाट दशैं मान्न स्वदेश फर्किएकाहरूको चहलपहल पनि बढ्नुपर्ने हो तर यो बर्ष विगतको बर्षहरूमा जस्तो उल्लास छैन । सवैतिर उही निरासा छ । विदेशबाट फर्किएकाहरू पनि आर्थिक अभाव र तनावकै कुरा गर्छन । सायद महंगी बढेकोले हुनसक्छ बजारमा खरिददारीको रौनक पनि छैन । मुलुकको आर्थिक विकास र सम्मृद्धिको आधारमाथि तुषारापात भैरहेको छ । देश आर्थिक हिसावले जर्जर छ । त्यसो त आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासको पहिलो सर्त हो– राजनीतिक स्थीरता । दैनिक शासन सञ्चालन गर्ने प्रशासन होस् या शासनका अन्य पात्र राजनीतिबाटै प्रत्यक्ष अप्रत्यक्ष रूपमा निर्देशित हुने गर्छन् । देशको प्रशासनलाई क्रियाशील, सिर्जनशील र नतिजा उन्मुख बनाउनेदेखि निजी क्षेत्रलाई वस्तु तथा सेवाको उत्पादन र वितरणमा अनुशासित बनाउनेसम्मका कार्यमा राजनीतिको प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । देश विकासको खाका कोर्ने र सोलाई व्यवहारमा रूपान्तरण गरी मुलुकलाई समृद्धिपथमा लैजाने मूल जिम्मेवारी राजनीतिको हो । तर यही राजनीति अहिले धमिलो बनेको छ । धमिलो पानीमा माछा मार्ने तत्वहरू सलबलाएका छन । जसका कारण मुलुकमा दशैं आएपनि दशैंको रौनक छैन । यो बर्षको दशैं उजाड उजाड हुने हो कि भन्ने चिन्ता छ । दशैंलाई रौनकमय बनाउन आवश्यक आर्थिक पाटो कमजोर हुँदा त्यसको असर सम्पूर्ण क्षेत्रमा परिरहेको छ ।

नेपालमा अथाह प्राकृतिक र साँस्कृतिक सम्पदा छन । पर्याप्त सम्भावना हुँदाहुँदै पनि दीर्घकालीन सोचसहितको राजनीतिक नेतृत्वको अभाव, परिवर्तन भइरहने शासन व्यवस्था, नीतिगत अस्थिरताका कारण हामी विश्वसामु गरिब मुलुकका रूपमा चिनिन बाध्य भैरहेका छौँ । २०४६ सालको जनआन्दोलनपश्चात् नेपालमा स्थापित बहुदलीय शासन व्यवस्थाले ठूलो आर्थिक क्रान्ति ल्याउने सपना बुनिएको थियो । देशमा आर्थिक पुनर्जागरणको युग सुरु भएको हो कि भन्ने भान परेको थियो तर ती सवै रसातलमा बिलीन भए । अर्कोतर्फ राजनीतिक अस्थिरतासँगै फेरबदल हुने सरकारको नेतृत्वले सरकारको नीति तथा कार्यक्रममा मात्र प्रभाव नपारी यसले हाम्रो समग्र आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय नीतिहरूमा प्रभाव परेको छ । अस्थिरताकै कारण सरकारको स्थायी संयन्त्र कर्मचारीतन्त्र समेत अहिले अन्यमनस्कमा छ । निजामति ऐनका बिषयमा भैरहेको बहस अन्तिम किनारसम्म पुगेको छैन । शैक्षिक क्षेत्र पनि त्यस्तै अन्यौलग्रस्त छ । अझ भनौँ राजनीतिक अस्थिरताका कारण देश दिशाविहीन बन्न पुगेको छ । जसले मुलुकको समग्र विकास प्रक्रिया तथा सेवा प्रवाहलाई जनमुखी, मितव्ययी र प्रभावकारी बनाउने विषयमा चुनौती थपेको छ । आखिर किन नेपालमा यस प्रकारको बिसंगति उत्पन्न भैरहेको छ ? सोचनीय बिषय छ । एउटा कारण आर्थिक तथा सामाजिक दुवै हिसाबले पछाडि पर्नुको एउटा प्रमुख कारण छोटो समयमा सरकार परिवर्तनको श्रृंखला बढ्नु पनि हो । सत्ता र शक्तिका लागि मुलुकलाई अस्थिरतामा धकेलिरहने हाम्रो वर्षौंदेखिको राजनीतिक परम्पराले नागरिकको राजनीतिप्रतिको विश्वास टुटाउँदै लगेको छ ।

मुलुकप्रतिको निष्ठा र नैतिकतालाई ओझेलमा राखेर गरिने यस प्रकारका क्रियाकलापले मुलुक उन्नतीको शिखर चढ्न सक्दैन । जसका कारण मुलुकमा सांस्कृतिक बिचलनको अवस्था आउने गरेको अहिलेको दशंैको अवस्थाले चरितार्थ गरिदिएको छ । राजनीतिलाई आर्थिक या अन्य कुनै फाइदा आर्जन गर्ने व्यवसाय हैन, समाजसेवामा समर्पित हुने अभियानका रूपमा जबसम्म बुझ्न र लिन सक्दैनौँ तबसम्म सत्ता र शक्ति वरिपरि राजनीति घुमिरहने निश्चित छ । त्यसैले नेताहरूले पनि अव आफैबाट परिवर्तन सुरु गर्नु जरुरी छ । जनतामा ब्याप्त निरासा र कुण्ठाको अन्त्यका लागि अवको भरमग्दुर प्रयास बाञ्छनीय छ । यो दशैंमा उत्साह जागृत हुन नसक्नुका पछि धेरै कारण होलान, त्यसमध्ये प्रमुख कारण यो पनि हो । तसर्थ यो दशैंलाई उल्लासमय बनाएर रौनक सिर्जना गर्ने वातावरण तयार गर्दै आगामी नयाँ नेपालको समुन्नत रूपरेखा कोर्नेतर्फ हामी सवै लागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?