ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बुद्धवल्ली : भर्तृहरिको तपोभूमि र रचनास्थल

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

एकसय सैतिस वर्षको उमेरमा काठमाडौंको शिवपुरीमा ब्रह्मलिन हुनुभएका श्रद्धेय सन्त श्री शिवपुरी बाबाले स्वधर्म शिक्षणको क्रममा भक्तजनहरूलाई भन्नु भएको थियो – भर्तृहरिका तीन शतक कण्ठस्थ गर्नुपर्दछ ।
१. बैराग्य शतक ठिक आत्माका लागि हजार पुस्तक भन्दा बढिया छ ।
२. श्रृङ्गार शतक सांसारिक तथा व्यवहारिक बुद्धिका लागि बढिया छ ।
३. नीति शतक ठिक मन बनाउनको लागि बढिया छ ।

उहाँको शिवपुरीमा रहेको समाधीस्थलमा राजर्षि भर्तृहरिको निम्न श्लोक सिंगमरमरमा लेखेर टाँगिएको छ– ‘आफ्नो पाखुरालाई तकिया गरी, सूर्य चन्द्रलाई आफ्नो बत्ति बनाई समस्त इच्छाबाट मुक्त भएतापनि बैराग्यलाई आफ्नो श्रीमती बनाएर महाराजधिराज जस्तै खाली भँुईमा पल्टेर यहाँ आराम गरिरहनु भएको छ एउटा भिक्षु’ ।

श्री शिवपुरी बाबाले आफ्नो स्वधर्म शिक्षा र श्रीमदभगवत गीताको शिक्षा एवं शाक्यमुनि बुद्धको शिक्षामा भिन्नता नभएको बताउनु भएको छ । उहाँले शाक्यमुनि बुद्ध निकै माथिल्लो तहको बुद्धपुरुष भएर राजसभा देखेपनि राजा भने नदेखेको सिद्धपुरुषको रूपमा चर्चा गर्नु भएको पाइन्छ आफ्ना भक्तजनहरूसँग । जुन प्रसङ्गहरू भक्तहरूले शिवपुरी बाबाको स्वधर्म शिक्षाको रूपमा सङ्कलन गरी प्रकाशनमा ल्याएका छन् । उहाँले सनातन धर्मका त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरलाई पनि ठूलो महत्व दिनुभएको छैन । ‘पहिले म उनीहरूको अनुयायी थिएँ, अहिले उनीहरू मेरा अनुयायी छन्’ भनेर प्रष्टसँग बताउनु भएको पाइन्छ । शिवपुरी बाबाले दुई पटक संसार भ्रमण गरेपछि अन्तिम गन्तव्यस्थल काठमाडौंको पशुपति क्षेत्रको शिवपुरी डाँडालाई बनाउनु भएको थियो । उहाँले आफ्नो अनुभवबारे लेख्ने हो भने हजारौ सङ्ख्यामा पुस्तक तयार हुने कुरा पनि बताउनु भएको पाइन्छ । उहाँको जन्म भारतमा भएको थियो । एकसय वर्षको उमेरतिर उहाँ शिवपुरीमा बस्न आउनु भएको थियो । उहाँको नाम गोविन्दानन्द भारती हो । यस्ता सिद्ध बुद्ध व्यक्तित्वहरूको व्यक्तिगत जीवन बारेका विवरण भने प्रायः लुकाईएका हुन्छन् । शिवपुरी बाबाले पनि आफ्नो व्यक्तिगत जीवनबारे चर्चा गर्न नरुचाएको देखिन्छ । उहाँको जन्म एक धनाढ्य राजनीतिक तथा आध्यात्मिक परिवारमा भएको थियो । उहाँसँग भक्तहरूले व्यक्तिगत जीवनबारे सोद्धा स्वधर्मबारे मात्र सोध्न आग्रह गर्नुहुन्थ्यो । व्यक्तिगत जीवनका कुराले शिक्षा ओझेल पर्ने उहाँको भनाई छ ।

आध्यात्मिक शिक्षाको जिज्ञासु भएकाले मलाई बडो अचम्म लाग्यो – यस्तो उच्च कोटीको महान सन्त जसले प्रभुको दर्शन गरि सक्नु भएको छ, उहाँले समेत राजर्षि कवी भर्तृहरीको शिक्षाको मुक्त कण्ठले प्रसंशा गर्नु भएको छ । उहाँको समाधिस्थलमा भर्तृहरी रचित श्लोक टाँगिएको छ । भर्तृहरीको शिक्षाको महिमा कति उँचो रहेछ । शिवपुरी बाबाको अर्को भनाइबाट पनि म आश्चर्य चकित छु – ‘एउटा गोप्य कुरा, यशुक्रिष्ट, बुद्धहरू पनि नयाँ जन्म लिएर अहिले कहिँ चुपचाप बसिरहेका छन्’ ।

यस्ता महान सन्त शिवपुरी बाबाले समेत प्रसंशा र प्रचार गरेको भर्तृहरी शिक्षाले हाम्रो देशमा भने महत्व पाएको छैन । भर्तृहरीले शिक्षा नेपालमा प्राप्त गर्नु भएको हो – बुद्धवल्ली (बुटवल) मा । अर्थात भर्तृहरी शिक्षा नेपालमा जन्मेको हो । बुटवल समिपको पाल्पाको दोभानको कुहिरे भिरमा रहेको गुफामा जन्मेको हो । यहि गुफामा प्राप्त गरेको ज्ञान उहाँले लोकमा बाँड्नु भयो । बैराग्य शतक, नीति शतक र श्रृङ्गार शतक जस्ता एक एक सय श्लोक भएका शतक त्रयको रचना गरेर । मानव चरित्रको प्रष्ट व्याख्या गरिएको यस्तो साहित्य सायदै संसारमा दोस्रो नहोला । लोकलाई बुझाउन सकियोस भनेर यि श्लोकहरू मुक्तकको शैलीमा रचित छन् । १७ औं शताब्दीतिर भर्तृहरीको शिक्षा युरोपमा प्रचार शुरु भएको मानिन्छ । पश्चिमाहरूले भारतको इतिहास, साहित्य, भाषा एवं धर्मको अध्ययन गरिनुलाई भारत विद्या भन्छन् । त्यसको शुरुवात राजर्षि भर्तृहरीका यिनै शतक त्रयको डच अनुवादबाट भएको मानिन्छ । जसलाई एक डच प्रचारक रोजक अब्राहिमले दक्षिण भारतमा सन् १६५१ मा प्रचार गरेका थिए ।

भारतमा प्रथम ब्रिटिस गभर्नर जनरल वारेन ह्याष्टिङ्गले श्रीमद्भागवत गीतालाई अङ्ग्रेजीमा अनुवाद गर्न लगाएका थिए । उनले नै भूमिकामा लेखेका थिए– “वृटिश साम्राज्य समाप्त होला, गीता सदैव रहिरहन्छ” ।
भर्तृहरीले अष्टसिद्धि प्राप्ति र शतक त्रयको रचना बुटवल समिपको दोभानको कुहिरे भिरको गुफामा बसेर गर्नुभएको थियो । श्रृङ्गार शतक उहाँ आफैको भोगविलासको अनुभव, नीति शतक चक्रवर्ति राज्य सञ्चालनको अनुभव र बैराग्य शतक बैराग्य पछि सन्यासी जीवन अनुभवको आधारमा रचिएका उत्कृष्ट रचना हुन । भर्तृहरी रचित वाक्यपदीय नामक व्याकरण ग्रन्थ पनि विख्यात छ । पाणिनीको व्याकरणको प्रयोग घटेर भाषिक सभ्यता बिग्रिसकेको अवस्थामा वाक्यपदीय लेखेर भर्तृहरिले लोकलाई भाषिक सभ्यतातिर पुनर्जागृत गरेको पाइन्छ । जमर्न लेखक हर्मन हेस्सेको सिद्धार्थ उपान्यासले सन् १९४६ को नोबेल साहित्य पुरस्कार पाएको थियो । मैले सिद्धार्थ उपन्यासको नेपाली अनुवाद अध्ययन गरेको छु । त्यसको तुलनामा यि शतक त्रय धेरै उच्च कोटीका छन् ।

बिडम्बनाको कुरा, दोभान–बुटवल क्षेत्रमा जन्मभएको भर्तृहरि शिक्षा नेपालमा लोप भएको छ । राणाशासन कालमा राजदरबारमा भर्तृहरि नाटक मन्चन गरिन्थ्यो । बाबा भरथरीको नामले लोकले उहाँलाई पुकार्दथ्यो । कवि शिरोमणि लेखनाथ पौड्यालले भर्तृहरिको बैराग्यको घटनामा आधारित भई तयार गरेको भर्तृहरि निर्वेद नाटक पाट्यक्रममा पनि समावेश थियो । संस्कृतका कवि हरिहरले शम्भुपति गुरु गोरखनाथ र अवन्तीका पति भर्तृहरिसँग सम्बन्धित भर्तृहरि निर्वेद नामक नाटक रचना गर्नुभएको छ । शान्त रस प्रधान ऐतिहासिक उक्त नाटकलाई योगी नरहरीनाथले हिन्दीमा अनुवाद गर्नुभएको छ । २० औं शताब्दीमा नेपालमा प्रचलित भर्तृहरि नाटक पनि हरायो । बुद्धवल्लीमा जन्मेर पश्चिमा मुलुकसम्म फैलिएको भर्तृहरि शिक्षाको महत्व हामी बुटवलवासीले अब बुझ्नु पर्दछ । यसको प्रचार प्रसार र पालना गर्ने/गराउनेतर्फ हामी लाग्यौ भने यसबाट मुलुकको विकासमा टेवा पुग्ने छ ।

रूपन्देहीमा शाक्यमुनि बुद्ध र बुद्ध शिक्षा जन्मेका त हुन नै । अर्का अद्वितिय त्यागी चक्रवर्ति राजा (भारतको उज्जैन राज्यका) भर्तृहरिले राजपाट त्यागीकन ज्ञानको खोजीमा हिमालय तर्फ जानेक्रममा दोभान–बुटवलको कुहिरे भिरको गुफामा तपस्या गरी अष्टसिद्धि ज्ञान प्राप्त गर्नु भएको थियो । शाक्यमुनि बुद्ध र भर्तृहरि जस्ता बुद्ध पुरुषको शिक्षाको प्रचार प्रसारमा हामी सबै जुटौँ । भर्तृहरि शिक्षाको सेवन गरेपछि संसारको जुनसुकै रचना फिक्का लाग्छ । एकपटक सेवन गरी हेरौँ त !

म भर्तृहरी जस्तो त्यागी पुरुष संसारमा कसैलाई मान्दिनँ । जसले ४७/४८ वर्षको लाउँलाउँ र खाउँखाउँ उमेरमा चक्रवर्ति राजाको पद र सयौँ रानीको सुख सयल त्यागेर ज्ञानको खोजीमा भारतको गोरखपुर हुँदै गोरखनाथको दिक्षा लिएर बुटवल (बुद्धवल्ली) मा आउनुभयो । बुद्धवल्लीमा उहाँको मनोकाङ्क्षा सिद्ध भयो । सिद्धबाबाको रूपमा लोकमा प्रसिद्ध हुनुभयो । बुटवल–दोभानको सिद्धबाबा मन्दिरमा गरिने एक सिद्ध पुरुषको पुजा उहाँको भएको जनश्रुति छ । यस सम्बन्धि खोज अनुसन्धान गरी बुटवलको सिद्धबाबा मन्दिरले भर्तृहरी नाथ स्मृति ग्रन्थ पनि प्रकाशित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?