Butwal Today

प्रथम मैत्रीपुर्ण वडा कप ब्याडमिन्टन

३० आश्विन २०८०, मंगलवार
अ+
अ-

बुटवल, ३० असोज । ब्याडमिन्टन खेल र खेलाडीको विकास गर्ने लक्ष्यसहित सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम मैत्रीपुर्ण वडा कप ब्याडमिन्टन प्रतियोगिता २०८० सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १५ स्थित ब्याडमिन्टन कोर्टमा सोमबार भएको प्रतियोगिताको समुह ‘ए’ मा प्रसाद गुरुङ र मदन सुवेदीको जोडी विजयी भएका छन । सरल थापा र मधु पुलामीको जोडी दोस्रो भए । चुरन थापा र राजु क्षेत्रीको जोडी तथा भरत थापा र केशव तिवारीको जोडी तेस्रो भए ।

यसैगरि समुह ‘बि’ तर्फ अर्जुन पौडेल र धन बहादुर तरामूको जोडी विजेता बने । पुस्कर थापा र दीपक केसीको जोडी दोस्रो भए । यसैगरि कुमार थापा र भक्त बहादुर थापाको जोडी र राजु बगाले र पहलसिह काउचाको जोडी तेस्रो भए ।

क्लबका अध्यक्ष पुर्ण प्रकाश थापाले वडामा नियमित अभ्यास गर्न खेलाडीहरुलाई प्रतियोगितामार्फत खेल प्रतिस्प्रर्धा र भातृत्व विकास हुने उद्येश्यका साथ खेल खेलाईएको बताए । कार्यक्रममा विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल नगर प्रवक्ता एवम बुटवल वडा न १५ वडाअध्यक्ष शिव राना, लुम्बिनी प्रदेश पर्यटन बोर्ड सिइयो रामु जोशी, नवरत्न माविका अध्यक्ष कृष्ण भुषाल, इश्वरी तारामुले सबै उमेर समुहका बिचमा खेलिने ब्याडमिन्टन खेलको पुर्वाधार विकासतर्फ सरकारको लगानी पर्याप्त भएको भन्दै अब स्वस्थ्य र राष्ट्रको लागि खेलको रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

प्रतियोगितामा ‘ए’ समुहमा आठ टिम, ‘बि’ समुहमा १५ टिमले भाग लिएको क्लब सचिव तथा खेल संयोजक टेक बहादुर कुंवरले बताए ।