Butwal Today

प्रथम टिकटक लाइभ खुल्ला गुरुङ नृत्य प्रतियोगिता हुने

३० आश्विन २०८०, मंगलवार
अ+
अ-

बुटवल, ३० असोज ।

“तमु क्येए पोँले ,प्ये ताँ ल्हु ताँ ल्वोले“ अर्थात गुरुङ भाषा बोलौ, संस्कार, संस्कृति सिकौ भन्ने मूल नाराका साथ सामाजिक संजाल टिकटक आइडी ग्रुपबाट प्रथम टिकटक लाइभ खुल्ला एकल तथा युगल नृत्य प्रतियोगिता भर्चुअल रुपमा आयोजना गरिने भएको छ ।

प्रयोगितामा सहभागी प्रतियोगीहरुले मौलिक गुरुङ पहिरनमा गुरुङ भाषाका गितमा आफ्नो नृत्य प्रस्तुत गर्नु पर्ने कार्यक्रमका संयोजक बबिता गुरुङ्ले जानकारी दिइन् । प्रतियोगितामा क्रमश प्रथम हुनेले नगद रु–१५ हजार र प्रमाणपत्र, द्वितिय हुनेले नगद रु–१० हजार र प्रमाणपत्र, तृतीय हुनेले नगद रु–५ हजार र प्रमाणपत्र त्यसैगरी प्रोत्साहन स्वरुप सान्त्वना दुई जना प्रतियोगिले २ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन । कार्यक्रम आउदो कार्तिक महिनाको १८ गते शनिवार दिनको ४.०० बजे देखि सुरु हुने गुरुङ नृत्य प्रतियोगितामा १५ बर्ष देखि माथिकाले भाग लिन सकिने र कार्यक्रममा गुरुङ गायक गायिकाहरुको पनि सांगेतिक प्रस्तुती रहने कार्यक्रमका सह–संयोजक कृष्ण गुरुङ्ले जानकारी दिए । भाषा संस्कार,संस्कृति सम्बर्द्धन र संरक्षण गर्न लागि यो ग्रुपले यसभन्दा अगाडि पनि गुरुङ भेषभुषा प्रतियोगिता भव्य रुपमा सम्पन्न गरिसकेको छ ।