ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

यो वर्ष ६१ जिल्ला मनसुनबाट प्रभावित, ६३ जनाको मृत्यु

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

काठमाडौँ ।

नेपालमा यस वर्षको मनसुन गत आइतबारबाट बाहिरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपालमा यो वर्ष गत जेठ ३१ बाट मनसुन भित्रिएको थियो । मनसुनमा पूर्व जडान गरिएका ३४ वटा स्मार्ट साइरनबाट ८३२ वटा अलर्ट जारी भएका थिए । मनसुन नेपाल प्रवेश गरेकै दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो मानवीय तथा भौतिक क्षति भएका थिए ।

प्राधिकरणका प्रवक्ता धु्रब बहादुर खड्काका अनुसार मनसुन अवधिमा पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ घटना गरी कूल ८९२ घटना अभिलेख भएका थिए । विपद्का घटनामा ९२ जनाको मृत्यु भएको थियो भने १६८ जना घाइते भएको भएको उनले बताए । विपद्मा परी ३० जना मानिसहरु अझै बेपत्ता छन् । मनसुन अवधिमा ६ हजार एक सय ३० परिवार प्रत्यक्ष प्रभावित भएका थिए । त्यस्तै दुई सय ४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आवासतर्फ मात्रै करिब ३३ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ ।

मनसुन अवधिमा १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान प्राधिकरणले गरेको छ । त्यसैगरी २७ वटा झोलुङे पुल क्षति हुँदा १२ करोड, सडक, करिडोर तथा राजमार्गमा भएको क्षतिमा २८ करोड अनुमानित क्षति पुगेको प्राधिकरणले जनाएको छ । खानेपानी संरचनाहरुमा करिब ८ करोडको क्षति अनुमान गरिएको जानकारी खड्काले दिए । उनका अनुसार सिंचाइतर्फ ३ करोड ५० लाखको क्षति भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार संचालनमा आइसकेका १३ निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युतमा क्षति पुग्दा करिब नौ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

मनसुन अवधिमा बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी एकजनाको मृत्यु भयो भने ३० जना घाइते  भएको प्राधिकरणले जनाएको छ  । सो भूकम्पबाट ३ हजार एक ४८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ११२२४ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । प्राधिकरणका अनुसार एक २४ सार्वजनिक भवनमा पूर्ण र दुई सय पाँच भवनमा आंशिक क्षति पुगेको छ । प्राविधिक मूल्यांकनपछि राहत र पुनर्निर्माणको कार्य गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको प्राविधिकहरु सहितको टोलीबाट स्थलगत अनुगमन तथा निरीक्षण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?