ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मेरुदण्डको उपचारमा सहज पहुँच

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

आज असोज ३० अर्थात विश्व स्पाईनल (मेरुदण्ड) दिवस । आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदै छ । नेपालमा यो दिवस मनाउन थालिएको धेरै भएको छैन । स्वास्थ्यप्रति सचेत हरेक नागरिकले मेरुदण्डको जोखिमको विषयमा ज्ञान हासिल गर्नैपर्ने छ । मेरुदण्ड मानिसको सवैभन्दा सम्बेदनशील अंग हो । मानिसको जीवनको सुरुदेखि अन्त्यसम्मको सम्पूर्ण प्रकृयामा सवैभन्दा सकृय मेरुदण्ड हुने गरेको छ । यसमा केही समस्या भए मानिसको जीवन नै समाप्त हुन्छ । मानिस स्वस्थ्य रहन जसरी मुटु, मृगौला, फोक्सो जति महत्वपूर्ण छन, मेरुदण्डको भूमिका पनि त्यो भन्दा कम छैन । शरीरलाई चलायमान बनाउने सवै प्रकृयाको जननी मेरुदण्ड हो । यसर्थ मेरुदण्ड दिवसको अवसरमा यसको महत्व र भूमिकाका विषमया आम नागरिकलाई सचेत वनाउनु जरुरी छ । मेरुदण्डको उपचार सेवा पनि दुर्लभ नै छ । काठमाडौंमा मात्रै उपलव्ध यसको सेवा विस्तारै जिल्ला बाहिर पनि सुलभ हुँदै गएको छ । बुटवलको तिनाउ इण्टरनेशनल हस्पिटलले एक बर्षअघि यस क्षेत्रमा पहिलोपटक स्पाईन र ट्रमाको विशेषज्ञ सेवा सुरु गरेको छ । जसबाट विरामीले सेवा लिन सहज हुने भएको छ । यो यस क्षेत्रका जनताका लागि खुसीको कुरा हो । तर यसको उपचार निकै महंगो भएको धेरै गुनासो आएको छ । निश्चय नै जटिल उपचार भएकोले यसको खर्च स्वाभाविक रूपमा बढी हुन्छ तर त्यो भन्दैमा स्वास्थ्य जस्तो मानवीय सवालमा पनि ध्यान दिएर यसलाई आम नागरिकको सहज पहुँचसम्म पु¥याउनु जरुरी छ । खासगरि सरकारले मुटु र मृगौला रोगीलाई दिने आर्थिक सहयोग अव मेरुदण्डका विरामीलाई समेत उपलब्ध गराउनु जरुरी छ ।

त्यसो त मानिसको जीवन सहज वनाउन शरीरका हरेक अंगको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमा पनि स्पाईनल इन्जुरीदेखि घाँटी भांचिएको, ढाड भाँचिएको, ढाडको नसा च्यापिएका, मेरुदण्डको टिबि भएको, जन्मजात मेरुदण्ड बाङ्गो भएको तथा नसाको समस्या गंभीर स्वास्थ्य समस्या हुन । विगतमा मेरुदण्ड लगायतका समस्या भएका विरामी काठमाडौं तथा भारतका विभिन्न शहरहरूमा पुग्नुपर्ने वाध्यता थियो । शरीरको सबैभन्दा महत्वपूर्ण अंग भएकोले मेरुदण्डको उपचार वेलैमा नहुँदा अपङ्गता जस्ता समस्याहरू भोग्नुपर्ने नियती आउन सक्छ । यसतर्फ सवैको ध्यान जानु जरुरी छ । यद्यपि यो समस्या धेरै कमलाई हुन्छ । भैहालेमा उपचार जटिल र महंगो हुँदा सर्वसाधारणको पहुँच नहुन सक्छ । तर पछिल्लोसमय यो विरामीले सेवा पाउन थालेका छन । सेवाका लागि राजधानी नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अझैपनि स्पाईनलाई समस्यै होइन कि भन्ने भ्रम पनि छ । दुर्घटना वा चोटपटक लागेर घाईते भएकाहरूमा अधिकांशमा स्पाईनलको समस्या हुन सक्छ । तसर्थ ढिलै भएपनि यो दिवस मनाउन लागिएको छ । दिवसलाई प्रभावकारी वनाउनेतर्फ ध्यान दिनुपर्दछ । दिवस मनाएर औपचारिकता पूरा गर्ने मात्र होइन कि उपचारपनि सहजरूपमा उपलब्ध हुने वातावरण तयार गर्नु जरुरी छ । खासगरि नीजि क्षेत्रका अस्पतालमा यो सेवा धेरै प्रभावकारी रहेकोले आम नागरिकको सहज पहुँच पुगोस् । मेरुदण्ड भाँचिएकै कारण कसैले ज्यान गुमाउने वातावरण नबनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?