Butwal Today

कराते लुम्बिनी प्रदेशमा भरत पुरी

कराते खेल र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रदेश गठन गरिएको नवनिर्वाचित अध्यक्ष भरत पुरी (विवेश) ले बताए ।
३० आश्विन २०८०, मंगलवार
अ+
अ-

बुटवल, ३० असोज । नेपाल कराते महासंघ अन्तर्गत आइ.डब्लु.एफ.एन कराते डो संघ, लुम्बिनी प्रदेश अधिबेशनबाट भरत पुरी (विवेश) को अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्ष बिमल पौडेल, उपाध्यक्ष सुरेश अधिकारी, सचिब केशब खनाल, सहसचिब दिपेन्द्र केसी, कोषाध्यक्ष देब थापा तथा सदस्यहरुमा रबिन राना, श्याम भुसाल, कल्पना राना सोमै, लाल बहादुर खत्री, सीता थापा, गणेश बहादुर खत्री, किरण कुमार श्रेष्ठ, लेखा मनि खत्री, अजातसि राना मगर रहेका छन ।

नवनिर्वाचित अध्यक्ष भरत पुरी (विवेश) ले सन १९८२ मा जापानमा शुरुवात भएको यो खेलको अन्तराष्ट्रिय स्तरमा राम्रो पहिचान बनाएको भन्दै नेपालमा स्थापित गर्ने गरि योजना अघि सार्ने बताए । लुम्बिनी प्रदेशमा प्रशिक्षण र प्रतियोगिता आयोजना गरि वादो कराते खेल र खेलाडीहरु उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । अवसरबाट बन्चित खेलाडीहरुलाई प्लटफर्म दिने गरि विधागत खेलहरुसंग सहकार्य गरि अघि बढ्ने उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिब जय प्रकाश भट्टराई, प्रमुख प्रशिक्षक तथा केन्द्रिय महासचिब बुद्ध बहादुर नेगि, प्रदेश कराते संघका महासचिव बासु बश्यालले मार्शल आर्ट खेल खेलाडी उत्पादनमात्र नभई शारीरिक रुपमा स्वस्थ्य रहन र आत्मरक्षाको लागि समेत उपयोगी भएको बताए ।