ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

उद्योग संघमा काँग्रेस–एमाले निकट उद्योगीको संयुक्त प्यानलले ग-यो ‘क्लीन स्वीप’

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

बुटवल, ३० असोज ।

रुपन्देही उद्योग संघमा काँग्रेस–एमाले निकट उद्योगीहरुको संयुक्त प्यानलले क्लीन स्वीप गरेको छ ।
सोमबार विभिन्न पदका लागि भएको निर्वाचनमा माओवादी केन्द्र र नेकपा एस निकट उद्योगीहरुको स्वतन्त्र प्यानललाई हराउँदै काँग्रेस–एमाले निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको हो ।

सोमबार राति सकिएको मतगणनामा संघको द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री ४०० मत ल्याइ विजयी भ एभने उनका प्रतिष्पर्धी माया खनालले २८६ मत ल्याइन् । त्यस्तै कोषाध्यक्षमा युवराज आचार्य ३७८ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिष्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत पाए ।

त्यस्तै सचिवमा सुमन बस्याल ३९६ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी कमल ज्ञवालीले २९१ मत ल्याए । सहकोषाध्यक्षमा विशाल बेलबासे ४२५ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रेमबहादुर आलेले २६८ मत ल्याए ।

त्यस्तै महिला सदस्यमा मिना थापा तुलाधरले ४८९ र शारदा भट्टराईले ४५७ मत ल्याइ विजयी भएका छन् । त्यस्तै ८ जना खुला सदस्यका लागि भएको मतदानमा कृष्णप्रसाद पोखरेल ४८३, नारायणप्रसाद खनाल ४९२, मोहनीलाल रिजाल ४३१, बलबहादुर गोदार ४१५, अखिलेश गुप्ता ४२०, किरण खरेल ४८९, चक्रपाणी तिवारी ३७३ र अशोक कुँवर ४८० मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए । एकहजार १३ जना मतदाता रहेकोमा ७०३ मत खसेको थियो ।

संघको अध्यक्षमा भने यसअघि नै दिलीप भट्टराई निर्विरोध भइसकेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल यसअघि नै निर्विरोध भइसकेमा छन् । त्यस्तै एशोसिएट सदस्यमा प्रज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोविन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य पनि निर्विरोध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?