ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

गाउँको खसीबोका दशैंमा शहरलाई ‘कोशेली’

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

बुटवल, ३० असोज । नेपालीहरूको मुख्य पर्वको रूपमा रहेको वडा दशैं सुरु भएको छ । घरघरमा घटस्थापना पश्चात सुरु हुने बडा दशैं यो बर्ष यहि कार्तिक ७ गते परेको छ । कुनै बेला दशैंको लागि नेपाली खसीबोका उत्पादन नभएर भारतबाट आयात गर्नुपर्नेमा पछिल्लो समयमा नेपाली खसी बोकाहरू नै माग थेग्ने स्थितिमा पुगेको छ ।

खासगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्ग, बाँके, बर्दीया, कपिलवस्तु लगायतका जिल्लाबाट यो बर्ष पनि काठमाडौंमा सयौंको संख्यामा खसीबोका बिक्रीका लागि गएका छन् । व्यवसायीहरूले प्रदेशका पहाडी जिल्लाहरूमा घर घर गएर खसी बोका खरिद गरी काठमाडौमा बिक्रीका लागि लैजाने गरेका हुन । काठमाडांैमा जाने खसी बोकाको संख्या यकिन नभएपनि पशु क्वारेन्टाईन कार्यालय भैरहवाले ठाउँ ठाउँमा चेक पोष्ट राखेर गरेको अनुगमन तथा परिक्षणबाट ३ दिनमा ५ हजार ४ सय ५० भन्दा बढि खसीबोका काठमाडांैमा गएका हुन ।

पशु क्वारेन्टाईन कार्यालय भैरहवा का प्रमुख डा. भक्त न्युरेका अनुसार ३ दिनको अवधीमा कपिलवस्तुको बाटो हुँदै बर्दघाटबाट करिब ६ हजार खसी बोका काठमाडौंमा बिक्रीको लागि गएको जानकारी दिए । उनका अनुसार दशैं तिहारको लागि चाहिने खसीबोका यो क्षेत्रबाट दैनिक रूपमा जाने गरेका छन् । केही दिन पहिला मात्रै बर्दीया क्षेत्रबाट १२ सय ५० खसी बोका काठमाडौको लागि गएका छन् । यस्तै दाङ लगायतका पश्चिम नेपालको तराई क्षेत्रबाट अहिले ३ दिनको अवस्थामा ५ हजार ५ सय भन्दा बढि संख्यामा खसी बोका काठमाडांैमा गएका छन् । यी सबै नेपाली किसानले उत्पादन गरेका खसी बोकाहरू हुन ।

लुम्बिनी प्रदेशको दाङ जिल्ला मा पहाडी जिल्लाहरू प्यूठान, रुकुम, रोल्पा लगायतका स्थानबाट आउने खासीबोका त्यहाँ जम्मा हुने र व्यवसायीहरूले काठमाडांै लैजाने गरेका छन् । यस्तै गुल्मी, अर्घखाँची लगायतका जिल्लाबाट कपिलवस्तु जिल्लामा व्यवसायीहरूले जम्मा गरेर काठमाडौं लैजाने गरेका छन् भने पाल्पा, रूपन्देही, गुल्मी, स्याङ्जाको केही स्थानबाट समेत बुटवलमा खसीबोका जम्मा गरेर काठमाडौं तर्फ व्यवसायीहरूले लैजाने गरेका छन् ।

भारतबाट शुन्य आयात

यो पटकको दशैंको लागि हाल सम्मा प्रदेशका कुनै पनि नाकाबाट भारतबाट औपचारिक बाटो बाट एउटा पनि खसी बोका नेपाल आएका छैनन । पहिला नेपाली किसानले उत्पादन गरेको खसी बोका बिक्री हुनुपर्ने, किसानको बिक्री भएपछि मात्रै अन्य देशबाट आयात गर्ने अभ्यास अनुसार अहिले सम्म कुनै पनि खसी बोका आयात गरिएको छ ।

पशु क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरेका अनुसार ७ हजार खसी बोका भारतबाट नेपाल निर्यात गर्न पाउनुपर्ने भन्दै आवेदन आएको जानकारी दिँदै यसमा हाल सम्म कुनै पनि निर्णय नभएको बताए । खसी बोका उत्पादनमा नेपाली किसान नै आत्मनिर्भर भैरहेको सरकारी घोषणा अनुसार नै भारतबाट आयातमा जरुरी नरहेको उनको भनाइ रहेको छ । काठमाडौं उपत्यका बाट मात्रै दशैं तिहारको लागि करिब ५० हजार खसी बोकाको माग हँुदै आएको छ ।

व्यवसायी बाख्रापालक महासंघ केन्द्रीय संयोजक तथा निवर्तमान अध्यक्ष प्रेमसागर पौडेलका अनुसार बार्षिक रूपमा ३० हजार भन्दा बढि खसी बोका यो प्रदेशमा तयार हुने गरेका छन् । दशैंको लागि गत बर्ष किसान आफैले संकलन गरेर काठमाडौंमा पनि खसी बोका लगेको तर बिक्री नभएर फिर्ता ल्याएको तितो अनुभव रहेको भन्दै यो पटक भने सो अनुसार डिमान्ड नआएको बताए । तर व्यवसायीहरूले माग गरेको बेलमा ३० हजार भन्दा पनि बढि खसीबोका किसानको घरघरबाट निकाल्न सकिने उनको भनाई रहेको छ । प्रदेशका व्यवसायिक बाख्रा पालक किसान महासंघ संग ९ सय ३७ जना आवद्ध रहेका छन् । यो बर्ष भने आर्थिक मन्दीको कारण फार्म नै बन्द गरेर व्यवसायिक किसान घटेको पूर्व केन्द्रीस्य अध्यक्ष पौडेलको भनाई रहेको छ ।

संकलन केन्द्र चाहियो

खासगरी चाडपर्वको बेलामा सहज रूपमा व्यवसायीहरूले खसीबोका किन्न र किसानले समेत सहज रूपमा बिक्री गर्न पाउने गरी प्रदेशमा एउटा संकलन केन्द्रको माग गरिएको छ । व्यवसायिक बाख्रापालक किसान महासंघले विगत ७ बर्षदेखि संकलन केन्द्रको माग गर्दै आएको हो । यसको लागि सैनामैना नरपालिका क्षेत्र उपयुक्त हुने भन्दै जग्गा समेत माग गरिएको थियो । तर नगरपालिकाले सालझण्डी क्षेत्रको भिरको जग्गा दिएको कारण त्यहाँ निर्माण संभव नभएको किसान सुनिल अर्यालको भनाइ रहेको छ ।

करिब १ विघा जति क्षेत्रफल भएको जग्गा संकलन केन्द्रको लागि आवश्यक हुने पशु चिकित्सक डा. प्रदिप शर्मा पौडेल बताउँछन् । जसमा बाख्राको खोर सहितको पूर्वाधार, तारजाली सहितको पूर्वाधार आवश्यक हुन्छ । किसानहरूले विभिन्न पालिका संग जग्गा माग गर्दै आएको भएपनि जग्गा उपलब्ध नभएको कारण संकलन केन्द्र निर्माण गर्न नसकीएको किसानको गुनासो रहेको छ । संकलन केन्द्रको लागि चाहिने आवश्यक दाना, पानी, पूर्वाधार लगायतको व्यवस्थापन चाहिन्छ । जसमा पशुको प्राथमिक उपचार गर्ने स्थान समेत आवश्यक पर्ने प्राविधिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?