ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ढिलाई नगरौं

२९ आश्विन २०८०, सोमबार
२९ आश्विन २०८०, सोमबार

अहिले नेपाली अर्थतन्त्र राम्रो छैन भन्ने कुरा जो कोेहीले पनि प्रष्ट रूपमा भन्न सक्दछ । बढ्दो महँगी, रोजगारीको अभाव, बैंक कर्जामा असहजता, उच्च ब्याजदर, घट्दो सेयर बजार आदि अर्थतन्त्रमा रहेका समस्याहरू हुन् भनी आम मानिसले बुझेका कुराहरू हुन् । अर्थतन्त्रका समस्याहरूलाई अझै बुझ्दै जाँदा अवस्था झनै जटिल रहेको प्रष्ट हुन्छ । स्वदेशमा लगानीमैत्री वातावरण नहुँदा पूँजी पलायनको खतरा पनि उत्तिकै छ । यसैगरी अवसर नहुँदा श्रम पलायन हुने क्रम रोकिन सकेको छैन । स्वदेशी उत्पादन घट्दै गइरहेको सन्दर्भमा बढ्दो मागका कारण आयात पनि बढ्दै गएको छ । यहाँसम्म कि कृषिजन्य वस्तुको पनि आयात उच्च छ । न्यून निर्यात र उच्च आयातले व्यापार घाटा डरलाग्दो अवस्थामा पुगेको छ । गरिबी, आय असमानता र बेरोजगारी नेपाली अर्थतन्त्रका विशेषता नै बनेका छन् । बैंकसँग लगानी गर्ने पैसा छ । तर, उच्च ब्याजदर र न्यून वस्तु मागका कारण उद्यमीहरूमा कर्जा माग गर्ने साहस छैन । वित्तीय नीति र मौद्रिक नीतिका निर्माता अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वयको अभाव छ । समग्रमा भन्नु पर्दा अर्थतन्त्रमा यतिबेला चुनौतिका चाङ छन् ।

राष्ट्रिय ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्म नेपालको कूल सार्वजनिक ऋण रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर पुगेको छ । पछिल्लो एक दशकमा सार्वजनिक ऋण चार गुणाले बढेको देखिन्छ । आर्थिक वर्ष २०७०/७१ मा नेपालले तिर्न बाँकी ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो । सो समयमा कूल गाह्र्रस्थ्य उत्पादन (जिडिपी)मा सार्वजनिक ऋण २८ दशमलव ५१ प्रतिशत थियो । अहिले आएर मुलुकको जिडिपीको तुलनामा कुल राष्ट्रिय ऋण दायित्व करिब ४३ प्रतिशत बराबर पुगेको छ । हुन त जिडिपिमा सार्वजनिक ऋणको अंश बढि भएमा त्यसलाई नराम्रो भनिहाल्न मिल्दैन । तर, ऋण लिएर त्यसबाट आय आर्जन हुने ठाउँमा खर्च गरिएन भने चाहे व्यक्ति होस् वा देश, त्यसले दुष्परिणाम निम्त्याउने निश्चित छ । नेपालको सन्दर्भमा पूँजीगत खर्चको निराशाजनक तस्वीर र बढ्दो चालू खर्चले गर्दा अर्थतन्त्रलाई सकारात्मक बनाउन सकेको छैन । त्यसैले यस्तो अवस्थामा सार्वजनिक ऋणको कुनै उपादेयता पनि देखिँदैन ।

पछिल्लो तथ्याङ्कले प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार दुई सय एक बराबर रकम ऋण दायित्व रहेको देखाएको छ । आयतन फैलाउँदो चालू खर्च र साघुँरिदै गएको पूँजीगत खर्चका कारण मुलुकको उत्पादन क्षमतामा नै ह्रास आएको छ । यस्तो आवस्थामा सार्वजनिक ऋण बढ्नुले वित्तीय हस्तान्तरण व्यवस्थापनमा ठूलो चुनौति खडा गरेको छ । चालू आर्थिक वर्षको बजेटमा तीन खर्ब दुई अर्ब सात करोड अर्थात् १७ दशमलव २५ प्रतिशत पूँजीगत खर्च र तीन खर्ब सात अर्ब ४५ करोड अर्थात् १७ दशमलव ५५ प्रतिशत वित्तीय हस्तान्तरणतर्फ रकम विनियोजन गरिएको छ । यसरी विकास निर्माणका लागि भनी छुट्याइएको पूँजीगत बजेटभन्दा पनि बढी रकम सार्वजनिक ऋण व्यवस्थापनमा छुट्याइनुलाई मुलुकको भविष्यका दृष्टिले राम्रो संकेत मान्न सकिँदैन ।

आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आय १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । यो रकम सो आर्थिक वर्षको देशको कुल गार्हस्थ उत्पादनको २६ प्रतिशत हो भने कुल राष्ट्रिय बजेटको ६८ प्रतिशत हो । जबकि २०६९/७० मा विप्रेषण आय ४ खर्ब ३४ अर्ब ५८ करोड थियो । यसका साथै उक्त समयमा व्यापारघाटा रु. ४ खर्ब ७९ अर्ब ८२ करोड थियो । यसरी हेर्दा यो दश वर्षको अन्तरालमा व्यापार घाटा ३०० प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यसैगरी विप्रेषण आय पनि पुगनपुग ३०० प्रतिशतले नै बढ्न पुगेको छ । त्यसैले विप्रेषणले मुलुकको अर्थतन्त्र चलायमान भएको मानिए पनि दीर्घकालमा यसले व्यापारघाटा वृद्धि गर्ने र परनिर्भरता वढाउने काम गरेको तत्थ्यांकबाटै पुष्टि हुनजान्छ ।

अनेक झन्झटिला प्रक्रिया पार गरेर युवाहरू कामका लागि विदेश जान बाध्य छन् । त्यसमाथि पनि उनीहरू वैदेशिक रोजगारीमा जाने प्रक्रियाको थालनीदेखि नै ठगिन पुग्छन् । पछिल्ला दिनहरूमा वैदेशिक रोजगारीका सन्दर्भमा ठगीको उजुरी पनि बढ्दै गएका छन् । आव २०७८/७९ मा मात्रै ७४२ वटा यस्ता ठगीका उजुरीहरू परेका छन् । यो बैदेशिक रोजगार विभागको तत्थ्यांक हो । उक्त विभागका ती उजुरीहरू अनुसार ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ ठगी भएको दाबी गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने यस्तो प्रवृत्तिले समाजमा अपराध र प्रतिशोधको प्रवृत्तिलाई समेत बढावा दिने गरेको देखिन्छ । वैदेशिक रोजगारीका लागि विदेशिनु एउटा कुरा हो । यहाँ त अध्ययनको नाउँमा युरोप र अमेरिका छिर्नेहरू पनि दिनप्रतिदिन बढ्दै गएका छन् । उनीहरू पुनः नेपाल फर्कन नपरे हुन्थ्यो भन्ने ध्याउन्नमा छन् । विदेशमै स्थिर सम्पत्ति खरिद गर्न नेपालबाट हुण्डी मार्फत अर्बौँ रुपिया विदेश गइरहेको छ । देशमा युवाहरूको संख्या घट्दै गइरहेको छ । प्रोढहरू पनि नाती नातीना स्याहार गर्ने भन्दै विदेशिरहेका छन् । पछिल्लो समय मानवसंसाधन पलायन निकै गम्भिर समस्या बनेको छ । यसले भविष्यमा देशमा विकराल समस्या सिर्जना गर्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा विप्रेषण आय बढ्दै गएको र त्यसलाई उत्पादनमुलक क्षेत्रमाभन्दा पनि आयातमा खर्च गर्ने प्रवृत्तिले गर्दा व्यापार घाटा पनि उच्च रूपमा बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको बैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड पुगेको छ । आयात १६ खर्ब ११ अर्ब ७३ करोड र निर्यात १ खर्ब ५७ अर्ब १४ करोड पुगेकाले व्यापार घाटाको तथ्याङ्क यस्तो देखिएको हो । नेपालको निर्यातलाई हेर्ने हो भने आयातको तुलनामा जम्मा नौ दशमलव ७५ प्रतिशत रहेको छ । यति मात्र होइन निर्यातबाट आएको कूल आम्दानीले नेपालको लागि पेट्रोलियम पदार्थ खरिद गर्न पनि पुग्दैन ।

पछिल्लो समय बैंकहरूमा तरलता थुप्रिँदै गएको छ भने त्यसको प्रवाह बजारमा हुन नसक्दा अर्थतन्त्र अझै पनि चलायमान हुन सकेको छैन । असोज २४ गतेसम्मको तत्थ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा ५८ खर्ब ४५ अर्ब निक्षेप रहेको छ जबकि कर्जा ४९ खर्ब ५२ अर्ब मात्र पुगेको छ । यस प्रकार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात ८१.८६ प्रतिशतमा झरेको छ । त्यसैले अहिले बैंकिग क्षेत्रमा करिब ३ खर्बभन्दा बढि रकम ऋण प्रवाह गर्नसक्ने क्षमता रहेको देखिन्छ । विप्रेषण आप्रवाह बढ्दै जाने र कर्जा लगानीको लागि मागमा संकुचन आएको हुँदा बैंकहरूमा तरलता थुप्रिँदै गएको हो । यसरी बजारमा तरलता अभाव हुने तर, बैंकमा तरलता थुप्रिँदै जानाले अर्थतन्त्रमा सकस बढ्दै गएको छ । जसलाई शुभ संकेत मान्न सकिन्न । अन्तर्राष्ट्रियस्तरमा बढेको महँगीले उत्पादन लागतमा पारेको प्रभाव र महँगीअनुसार आम्दानी नबढ्नु अर्थतन्त्रकोे समस्याका मुख्य कारणहरू हुन् । उपभोक्ताको क्रयशक्तिमा गिरावट आएपछि बजारमा वस्तुको माग कम भएको र आन्तरिक लगानी ७० प्रतिशतले घटेको नेपाल उद्योग परिसंघको एक अध्ययनले देखाएको छ । अध्यनका अनुसार कृषिमा ८५, सवारी साधनको व्यवसायमा एक सय, सिमेन्टमा ८३, निर्माणमा ७१, जुत्ता उद्योगमा एक सय र ग्यासमा एक सय प्रतिशत लगानीमा कमी आएको छ । यस प्रकार कर्जा माग र निजी लगानी घट्न जाँदा स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरा सम्भव देखिँदैन, जुन अर्थतन्त्रको निकै ठूलो समस्या हो ।

जनता उच्च मुद्रास्फीतिको मारमा छन् । त्यसमाथि स्थानीय, प्रदेश एवम् सरकारले लिएको कर नीति एवम् बढ्दो करका दरहरूले झन चेपुवामा परेका छन् । यसले मुलुकको व्यवस्थाप्रति नै वितृष्णा पै्रदा गर्दे गएको देखिन्छ । सरकारी तत्थ्यांकले गरिबी १८ प्रतिशत्को हाराहारीमा रहेको देखाउँछ । वास्तविक रूपमा हेर्ने हो भने यो अंक अझै बढि भएको अनुमान गर्न सकिन्छ । चर्को मुद्रास्फीति र स्थिर आयका कारण पनि गरिबी झन् बढ्दै गएको तीतो यथार्थ हो । हुन त अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने उपायहरू त्यति जटिल छैनन् । तर, ती उपायले परिणाम दिन भने समय लाग्दछ । त्यसैले राजनैतिक नेतृत्वहरू आफ्नो पालामा गरेका प्रयासले अरूको पालामा नतिजा देखिने भएकाले पनि अर्थतन्त्र सुधारमा ध्यान दिएका छैनन् । आफ्नो र आफ्ना झोलेहरूको फाइदाका लागि मात्र काम गर्ने प्रवृत्तिको अन्त्य नहुँदा अर्थतन्त्रप्रतिको सम्बेदनशीलता देखिँदैन ।

नेपालको सम्भावनाका क्षेत्र भनेको उर्जा, पर्यटन र कृषि हुन् । यस तर्फ लगानी बढाउन वित्तीय एवम् मौद्रिक नीतिको तालमेल आवश्यक छ । यसका साथै बजेटमा पूँजीगत खर्चलाई प्राथमिकता दिनु जरुरी छ । अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्दै विकास निर्माणमा ध्यान दिनसके यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउन सक्छ । अतः सरकारले खर्च बढाउँदै जाने र त्यसको श्रोतका निम्ति करका दरहरू बढाउँदै जाने हो भने तत्कालका लागि सार्वजनिक ऋण मार्फत् समस्या टाल्ने काम गरिए पनि ढिलो चाँडो त्यसले अर्थतन्त्रको दुर्घटना गराउने निश्चित छ । अहिलेको मूल समस्या भनेको श्रम निर्यात र वस्तु आयातबाट चलेको अर्थतन्त्रको भावी चित्र कोर्न नसक्नु नै हो । यसरी भविष्यमा अर्थतन्त्रमा आउनसक्ने समस्या नदेख्नु र समाधानका उपाय नखोज्नु, सरकारको बद्नियत हो । त्यसैले यसबारे बेलैमा सचेतना आउनु जरुरी छ । विप्रेषणको विकल्प खोज्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबै एकजुट हुनु आजको महत्वपूर्ण आवश्यकता हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?