ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

दाउन्ने–दुम्कीबास मृत्युमार्गको परिभाषा बदल्ने संसारकोट वैकल्पिक मार्ग

२९ आश्विन २०८०, सोमबार
२९ आश्विन २०८०, सोमबार

नवलपरासी, २९ असोज । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डको बिकल्पमा सुरुवात गरिएको संसारकोट मार्गले मुर्तरूपमा पाउने भएको छ । प्रत्येक बर्ष मृत्यु मार्गको रूपमा पहिचान बनाएको बर्दघाट– दुम्कीबास सडक खण्डको पहिचान बदल्ने गरी यो सडक अगाडि सारिएको थियो ।

जिल्लाको बर्दघाट नगरपालिकाले अगाडि सारेको पूर्व–पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघीय सरकार प्रतिनिधिसभा सदस्य विनोद कुमार चौधरीले साथ दिने भएका छन् । साँसद चौधरीले पहल गरेर यसै बर्ष देखि सो मार्गमा काम गर्नका लागि पाँच करोड बजेट विनियोजन गराउँदै साथ दिइने संकेत देखाएका हुन् ।

साँसद चौधरीले बर्षाैदेखि स्थानीय तहबाट सो मार्गबारे उठ्दै आएको सो आयोजनाको मुर्त रूप पाउने देखिएको चौधरीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार भुमही, आमबास, संसारकोट दुम्बिबास लिँक रोड भनेर सो मन्त्रालयको रूपन्देही कार्यालयले कार्यान्वयन गर्ने गरि योजना समावेश भएका छन् । पहिलो पटक संघीय सरकारबाट पाँच लाख बजेट परेपछि स्थानीय उत्साही भएको सचिवालका पुरुषोत्तम सुवेदीले बताए । उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गतका योजनाहरूमा समावेश गरि संघीय सरकारले नै कार्यान्वयन गर्ने गरि चौधरीको विकास कार्यक्रम प्रगति विवरणमा उल्लेख गरिएको छ ।

विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको बर्दघाट नगरपालिकाले पहाडी क्षेत्र संसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रूपमा विकास गर्न सक्रियता देखाउँदै आएको थियो । नगरक्षेत्रको संसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हँुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाउँदै आएकोले अहिले संघीय सरकारले समेत बजेट विनियोजन गरे पछि नगरपालिकाको सो योजनाले सार्थकता पाउने उनको भनाइ थियो । तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रूपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पूर्वाधारको पहुँच पुयाउन लागिएको नगरपालिकाले जनाएको थियो । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको थियो ।

नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्याय समेतले कहिले संयुक्त र कहिले आ–आफ्नो विषयसँग सरोकार राख्ने क्षेत्रको नियमित अनुगमन,परिचालन गर्नुका साथै सबै जनप्रतिनिधि र जनतालाई विकासमा जुट्न उत्पे्रेरित समेत गर्दै आएका थिए । चुरे देखी तराई मधेश जोड्ने वर्दघाट नगरपालिका पुर्व गण्डकी प्रदेशसँग सिमा जोडिएको प्रदेश हो । नेपालकै मध्यभागमा रहेको वर्दघाट नगरपालिकामा पूर्वाधार विकास, सामाजिक, साँस्कृति विकाससँगै उद्योग, कृषि, पर्यटनलाई उत्तिकै महत्वका साथ काम गरिहेको छ ।
भौगोलिक रूपमा चुरे पहाडमा पर्ने सँसारकोट क्षेत्र पर्यटन तथा आर्थिक सम्भावना भएको क्षेत्र हो । यसको पहिचान गरेर नै नगरप्रमुख श्रेष्ठ र उपप्रमुख उपाध्याय बेला बेला सो क्षेत्रको भ्रमण अवलोकन गर्दै आएका छन् । स्थानीयको मागलाई सम्बोधन गर्दै सो क्षेत्रमा पहिला सडक पूर्वाधार र विद्युत सञ्चार पुयाउने लक्ष्य लिइएको छ ।

सोही अनुसार सडकको ट्याक खोल्ने र स्तरोन्नी गर्ने कार्य भई रहेको छ । संसारकोट नगरक्षेत्रको सिरान नै हो । यस क्षेत्रमा साधन स्रोत पुर्याएर संरक्षण र विकास गर्न सकिएमा जिल्लाकै लागि एक पर्यटकिय स्थल बन्ने सम्भावना पनि छ । तराईको गर्मि छल्न एकै छिनमा पहाडको शितल हावापानीमा पुग्न सकिन्छ । तर त्यहा पुग्नका लागि पहिलो सडक पुर्वाधार नै आवश्यक छ,सडक बनाउने कार्यमा अहिले नगरपालिका जुटेको छ । सडकको ट्याक खोलिए पछि त्यसलाई स्तरोन्नती गर्दै पक्कि सडकको रूपमा विकास गरिने लक्ष्य लिएको थियो । अहिले संघिय बजेटले समेत सो योजना सम्पन्न गर्न थप उत्साही बनाएको छ ।

सो क्षेत्रको विकासका लागि संघिय र लुम्बिनी प्रदेश सरकारसँग पनि बजेट कार्यक्रम माग गरिएको थियो । हालसम्म नगरपालिकाले आफ्नो स्रोत पनि परिचालन गर्दै आएको थियो । विगतका जनप्रतिनिधिले पनि सँसारकोटलाई महत्वका साथ नै काम गरेका थिए । तर संघिय जनपतिनिधिले सो कामलाई महत्व भने दिइएका थिएनन् ।

पछिल्लो समय सो सडकको आवश्यकता र पहिचान गर्न साँसद चौधरी आफै स्थलगत पुगेर अध्ययन गरेका थिए । सो क्षेत्रलाई सडक पुर्वाधारले जोड्न सके पहाडी क्षेत्रमा ठूलो आर्थिक स्रोतको सम्भाब्यतालाई अवसरमा परिणन गराउन सकिने साँसद चौधरीले महशुस गरि प्राथमिकतामा राखेर सडक निर्माणमा संघीय बजेट पार्न लगाएका हुन् । संघिय सरकारले अब निरन्तर बजेट हाल्ने गरि वैकल्पिक राजमार्ग विकास कार्यक्रममा समावेश गरेको छ ।

यस कार्य प्रति सो क्षेत्रका जनता साँसद चौधरी प्रति आभार ब्यक्त गर्दै आएका छन् । अहिले हालका जनप्रतिनिधिले पनि त्यसलाई निरन्तरता दिदै काम गर्न अग्रसर देखिएका छन् । यसले गर्दा केही बर्षमा नगरपालिकाको सिरान सँसारकोटमा आवागमन सहज हुने विश्वास नगरपालिकाले लिएको छ । यो जिल्लाकै लागि एक पर्यटकिय गन्तब्य बन्ने विश्वास गर्न थालिएको छ । पर्यटन क्षेत्र मात्रै नभई त्यहा बस्ने बासिन्दाका लागि पनि तराई झर्न सहज हुने वर्दघाटको बजारमा पहुँच पुग्ने छ । सडक,विद्युत,सञ्चार,खानेपानी लगायतका पुर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिएर नै काम गर्दै आएको छ । नगरपालिकाको चाहना र सोच अनुसार अन्य क्षेत्रबाट पनि सहयोग जुट्दै गएमा सँसारकोट वास्तवमा एक नयाँ अनुभुति गर्ने स्थलको रूपमा विकास हुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?